परिवार नियोजनका साधन सहज रुपमा उपलब्ध नभएको गुनासो

परिवार नियोजनका साधन सहज रुपमा उपलब्ध नभएको गुनासो

काठमाडौं । सरोकारवालाहरुले नेपालमा अझै पनि परिवार नियोजनको साधन सहज रुपमा उपलब्ध हुने अवस्था नरहेको बताएका छन् ।

परिवार स्वास्थ्य महाशाखाका प्रमुख अशेष रेग्मीले सहज रुपमा उपलब्ध नभएकै कारण अझै पनि विवाहित २७ प्रतिशत महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे । विहिबार काठमाडौंमा आयोजित परिवार नियोजनसम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले परिवार नियोजनको साधनलाई सेवाग्राही मैत्री बनाउन चुनौति रहेको पनि उल्लेख गरे । नेपालमा ४२ प्रतिशत किशोर÷किशोरीहरुलाई परिवार नियोजनको साधनबारे कुनै जानकारी नै नभएको विभिन्न अध्ययण प्रतिवेदनले देखाएको छ ।

सरकारले हरेक नागरिकले आफ्नो इच्छा अनुसार सन्तान जन्माउने अधिकार प्राप्त गर्न सकोस् भन्ने उद्देश्यका साथ परिवार नियोजनको साधनसम्बन्धि चेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्