कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा कारागार चलान

<span class='c1'>कीर्ते मुद्दा लागेका झापा जिल्ला</span> <span class='c2'>मालपोत कार्यालयका सुब्बा कारागार चलान</span>

झापा । मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ ।

घटना सार्वजनिक हुनासाथ फरार लुइँटेल आफैँ हाजिर भएपछि जिल्ला अदालतले ५० लाख धरौटी बुझाउन आदेश दिएको थिायो । सो धरौटी नबुझाएपछि बुधबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत माघमा शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर कागजात कीर्ते गरेर करोडौँ मूल्यको जग्गा हडप्न खोजेको आरोपमा प्रहरीले १६ जनामाथि अनुसन्धान सुरु गरेको थियो । पीडित विष्टको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ जनामध्ये चारजना जेल चलान र दुईजना धरौटीमा रिहा भएका छन् ।

अन्य फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्