बरिष्ठ भाषाशास्त्री बाल कृष्ण पोख्रेल

बरिष्ठ भाषाशास्त्री बाल कृष्ण पोख्रेल

बरिष्ठ भाषाशास्त्री बाल कृष्ण पोख्रेलका  साहित्यिक नामहरु - रुपावासी / वसन्त / वत्सल / र्इसावापुर / लक्ष्मीविलास पाध्या केकेमनुक्च्यो पोखरेल / गढतिरे साहिलो / हिमालपाने बराल रहेका छन | उहाको जन्म - वि.सं. १९९०, भाद्र, कृष्णाष्टमी, चिसापानी गढी, मकवानपुरमा भएको हो | उहा हाल बिराटनगर–१३ मा बसोबास गर्दै आउनु भएको छ | उहाले लामो समयसम्म नेपालि भाषा विज्ञानको प्राध्यापन गर्नु भएको छ | उहाको अधिकांस समय इतिहास र साहित्य लेखन मै बित्ने गरेको छ |  उहाले कथा / उपन्यास / समालोचना / काब्य क्षेत्रमा आफ्नो कलम चलाउदै आउनु भएको छ | पोख्रेल नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदश्य प्राज्ञ हुनुहुन्छ | उहाको पहिलो प्रकाशित रचना  वि.सं. २००८ मा "युगबाणी" मा प्रकाशित "झ्याउरे नै किन -" भन्ने शीर्षकको लेख हो | त्यो भन्दा अघिनै २००७ सालमा उहाले २ रात २ दिनमा एघार कथा लेखे पनि सबै नरहेको बताउनु हुन्छ | २००३ सालमा नै कबिता लेखेर साहित्यमा प्रवेश गरेको बताउने बरिष्ठ भाषाशाश्त्री पोख्रेल अहिले करिब १४ सय पृष्ठको  'नेपालीबाट अंग्रेजी अनि नेपाली ' नामक बिशाल शब्द प्रकाशनको अन्तिम तयारीमा रहेको बताउनु हुन्छ | प्रस्तुत् छ आवर बिराटनगरका सम्पादक सुरेश कार्की र सरोज कार्कीले गरेको कुराकानी :

बालकृष्ण पोख्रेलका कृतिहरु  -
१) शान्ति सेना - कविता संग्रह - वि.सं. २०१०
२) रसिला कविता - बाल कविता संग्रह - वि.सं. २०२५
३) साना-सानी - बाल कविता संग्रह - वि.सं. २०२५ -४) सौरी - खण्डकाब्य - वि.सं. २०४०
५) एकादेशमा - बाल कथा संग्रह -६) फुटेको ऐना - कथा संग्रह - वि.सं. २०२९
७) सुनगाभा - कथा संग्रह - वि.सं. २०२९ -८) सोधाई र जवाफ - कथा संग्रह - वि.सं. २०२१
९) कानेखुशी - कथा संग्रह - वि.सं. २०३४ -१०) कलेज स्तरमा निबन्धै निबन्ध - निबन्ध संग्रह
११) उकुस मकुस - निबन्ध संग्रह -१२) तेस्रो एकमुखे रुद्रक्षको खोजी - निबन्ध संग्रह
१३) हिमाली रचना - बाल निबन्ध संग्रह -१४) हस्ताक्षर हुन नपाउँदै - नाटक
१५) यातना - उपन्यास -१६) खोलावारि खोलापारि - उपन्यास -१७) मित्रता - उपन्यास
१८) परिचय - उपन्यास -१९) जोर जुलुस - उपन्यास -२०) तीनकथा - उपन्यास
२१) सेतो सिन्दुर - उपन्यास -२२) सुनीरा - उपन्यास -२३) झिमझिम परेली - उपन्यास
२४) कल्पनाको डीलबाट - उपन्यास -२५) बरालिएको मान्छे -२६) पराई मान्छे - उपन्यास
२७) हिमाली साहित्य भाग ४-१० सम्म -३१) पाँचशय बर्ष- अनुसन्धानात्मक
३२) नेपाली भाषा र साहित्य -३३) एक मन सात चिन्तन - समालोचना -३४) राष्ट्रभाषा - भाषिक कृति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्