निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व लिनुपर्छ :गौतम

निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व लिनुपर्छ :गौतम

वि.सं. २०४६ सालमा शाखा अधिकृत पास गरेर निजामति सेवामा प्रवेश गरेका बाबुराम गौतमले ललितपुर उप महानगरपालिकामा कार्यकारी अधिकृत स्थानिय विकास मन्त्रालयमा अधिकृतको रुपमा कार्य गरीसकेको अनुभव त्यसपछि सुरुमा बाजुराको कामु स्थानिय विकास अधिकारी भई त्यसपछि अछाम, रुपन्देही, उदयपुर, धनकुटा हुँदै हाल साउन महिनादेखि नेपालको दोस्रो ठूलो सहर विराटनगर रहेको मोरङमा स्थानिय विकास अधिकारीको रुपमा कार्यरत छन् निजामति सेवालाई सरकारको साथी जनताको सेवक भएको सम्पूर्ण राजनीतिक तहबाट तर्जुमा गरिएका नीतिहरु मूख्य कार्यान्वयन कर्ता हो भनी परिभाषित गर्छन् उनी स्थायी घर गुल्मी जुहुङ्ग भएका गौतमले संस्कृत साहित्यमा, त्रिविको नेपालीमा पहिलो डिग्री एमपीए समेत गरेका छन् प्रस्तुत , उनैसंग गरिएको कुराकानीको मुख्य अंश :

 

# तपाईको नजरमा जिल्लाको विकासका प्रमुख सम्भाव्यताहरु के के हुन् ?
मोरङ जिल्ला औद्योगिक जिल्ला पनि हो यसैले उद्योगको विकास पनि पहिलो नै हो कृषि दोस्रो पक्ष हो किनभनें यहाँ उत्पादनशिल भूमि कृषिको आधुनिकिकरण गरेर यसलाई व्यवसायिकरण गरेर किसानहरुको जीवनस्तर माथि उकास्न सक्छौं अर्को, पहाडी क्षेत्रमा कतिपय नगदे वालीको रुपमा जडिबुटी चिया खेतीलाई विकास गरेर लैजान सकिन्छ यी सबै गर्नका लागि पहिलो कुरा भौतिक पूर्वाधारहरु नै आवस्यक ग्रामिण सडकलाई पहिलो प्राथमिकता दिनुपर्छ त्यसपछि पूर्वाधारहरुमा विद्युतिकरण, खानेपानी सरसफाईको पनि उत्तिकै जरुरी विकासका लागि मोरङ जिल्लालाई विभिन्न क्याटागोरीमा राखेर हेर्नु पर्छ

# जिल्लाको विकास योजना निर्माणका निम्ति सहभागिता मूलक छलफलहरु हुने गरेका छन् कि छैनन् ?
स्थानिय स्वायत्त शासन ऐन २०५५ नियमावली २०५६ मा आधारित भएरै हामी विकास प्रकृयालाई अगाडि बढाउँछौं जिल्ला विकास समिति स्थानिय निकायहरुको विकास प्रकृया सहभागितामूलक पद्धतिमा चलेको हुन्छ योजना प्रकृयादेखि लिएर अनुगमन मूल्यांकनसम्मका विविध पक्षमा सहभागितामूलक पद्धतिलाई हामी अपनाउँछौं योजना तर्जुमाकै कुरा गर्नुपर्दा गाविसहरुमा गाउँ परिषदबाट आएका योजनाहरुलाई इलाका स्तरमा छलफल गर्छौं इलाका स्तरीय छलफलमा माग भई आएका योजनाहरुलाई बजेटको आधारमा जनताहरुकै प्रत्यक्ष सहभागितामा प्राथमिकीकरण गर्छौं त्यहाबाट जिल्ला विकास समितिमा ल्याइन्छ विविसमा पनि विभिन्न विकास सम्बन्धि उप समितिहरु हुन्छन् ती योजना तर्जुमा समितिमा राखेर जिल्लाको उचाईमा राखेर छलफल गर्छौं जिल्ला परिषदमा निर्णय गर्छौं यसरी हेर्दाखेरी जिविसको विकास निर्माण प्रकृया अत्यन्त सहभागितामूलक यो सिधै केन्द्रबाट वा जिल्लाबाट कसैलाई योजना दिएर विकास निर्माणका काम गर्ने होइन स्वयं जनताहरुले आवस्यकता महसुस गरेका योजनाहरुलाई प्रकृयामा ल्याएर कार्यान्वयन गर्छौं

 

# हाल जिल्लामा चलिरहेका विकास योजनाहरु के के छन् ?
मूलतः भौतिक पूर्वाधारका योजनाहरुमा हामीले सडकलाई प्रथमिकता दिएका छौं त्यसमा ग्रामिण सडक कृषि सडकहरु निर्माण गर्नुपर्ने हुन्छ गत आर्थिक वर्षका योजनाहरु सबै सम्पन्न भएका छन् अहिले भर्खर नयाँ आर्थिक वर्ष सुरु भएको बजेट आउनेक्रममा , अहिलेसम्म हामीलाई अख्तीयारी पनि आएको छैन निर्माणाधिन अवस्थामा रहेको सडकमा लेटाङदेखि धनकुटाको नम्बर बुधवारेसम्म जोड्ने सडक निर्माणलाई निरन्तरता दिइने यो अत्यन्तै रणनीतिक सडक भएकोले जिविसले लगानी गर्ने निर्णय गरेको हो

 

# योजना कार्यान्वयन कत्तिको प्रभावकारी रुपमा भइरहेको ?
विभिन्न उपभोक्ता समिति मार्फत् हामीले योजनाहरु संचालन गरिरहेका छौं त्यसैले जति उपभोक्ता समितिहरु सकृय हुन्छन्, संगठित भएर आउँछन् त्यतिनै प्रभावकारी गुणस्तरीय काम हुन सक्छन् एकातिर उपभोक्ता समितिमा हाम्रा विकास निर्माणका कामहरु निर्भर हुन्छन् भने अर्कोतिर क्वालिटी कन्ट्रोल गर्नका लागि प्राविधिक जनशक्तिको पनि ठूलो भमिका हुन्छ गत वर्षमा जसरी प्रभावकारी रुपमा कामहरु भएका छन्, यस आर्थिक वर्षमा पनि त्यतिकै राम्रो काम गर्न सकिन्छ भन्ने मलाई लागेको

# बजेटले विकास योजनाहरुको मागलाई कति प्रतिशत धान्न सकेको स्थिति ?
जहिले पनि हामीकहाँ मागहरु धेरै हुने ती मागहरुलाई सम्बोधन गर्ने गरी सर्वत्र बजेट नहुने यो नै ठूलो समस्या हो अर्थात् माग आपूर्तिबीचमा ठूलो खाडल जता ततै आवस्यकताहरु छन्, गर्नुपर्ने कामहरु धेरै छन् तर हामीसंग बजेट सीमित त्यसैले मागहरुलाई प्राथमिकीकरण गरी बजेट विनियोजन गर्छौं त्यसमा पूर्णरुपमा संतुष्टि नहुन पनि सक्छ, हाम्रो तर्फबाट अधिकतम प्रयास गरिरहेका छौं

 

# स्थानियस्तरबाट कस्ता किसिमका विकासका मागहरु बढी हुने गरेका छन् ?
सबैभन्दा बढी सडककै मागहरु बढी हुने गरेको त्यसपछि पुल, कल्भर्ट, तटबन्ध, विद्यालय भवन आदि मागहरु बढी आउने गरेका छन् कतिपय मन्दिरमा कर्कटपाता चाहियो भन्दै पनि आएका छन्

 

# निर्वाचित जनप्रतिनिधि नहुँदा कस्ता समस्या उब्जीएका छन् ?
स्थानीय निकाय वास्तवमा निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व लिनुपर्ने हो उहाँहरु सबैको काम अहिले स्थानिय विकास अधिकारीले सम्पादन गरिरहनु परेको छोटो गरी भन्दा काम गर्ने शिलशिलामा निश्चय पनि अप्ठ्यारा स्थितिलाई पार गर्नु परेको हुन स्थानिय निकायमा सर्वदलिय संयन्त्र जुनसुकै समस्यामा हामी बसेर छलफल गर्छौं तर निर्वाचित प्रतिनिधि कुर्सीमा बसेकै बेलाको जस्तो अवस्था छैन एउटा भार बहन गरीरहे जस्तो मनोवैज्ञानिक रुपमा हामीलाई परिरहन्छ

 

# विकास निर्माणमा राजनीतिक दलहरुको सहभागिता सहयोग कस्तो पाइरहनु भएको ?
भर्खरै मोरङ जिल्लामा आएको छु, यो छोटो समयको अनुभवमा यहाँका राजनीतिक दलको समन्य सहयोग राम्रो पाएको छु यस भन्दा पहीला कार्यरत धनकुटा जिल्लामा पनि नमूनाकै रुपमा सहयोग पाएको थिएँ मलाई विश्वास , मोरङमा पनि त्यो सहयोग पाउने छु उहाँहरुको सहयोगले यहाँको विकास गर्न अत्यन्त ठूलो भूमिका खेल्ने
यो छोटो अवधिमा केही प्रशासन सुधारका कार्यहरु गर्नुपर्ने देख्नु भयो कि ?
मैले शाखाहरुको व्रिफिङ पनि लिन पाएको छैन विकास निर्माणका कार्यलाई तीब्रता दिनका निमित्त मेरो छोटो अनुभवमा भनें एउटा कार्ययोजना बनाएर हामी अगाडि बढ्नु पर्छ जस्तो लागेको जिविसको कार्ययोजना भनेको विकास निर्माणका सम्पूर्ण योजनाहरुको लगत अनुमान गरेर तयारी गर्नु हो त्यसपछि उपभोक्ता समितिसंग मिलेर अनुगमन मूल्यांकनमा जानुपर्छ भन्ने लागेको दोस्रो मोरङको आम्दानीलाई कसरी बढाएर लाने भन्ने सोचेको छु अर्को ग्रामिण विकास नै हो

 

# अधारभूत पूर्वाधारको हिसाबले जिल्ला कत्तिको विकसीत ?
मोरङ जिल्लामा धेरै प्रकारका आयोजनाहरु संचालन भए मोरङ सुनसरी सिंचाई आयोजनाले सिंचाईका संदर्भमा धेरै सडकहरु निर्माण गरेको जिविसले धेरै ग्रामिण सडकहरु निर्माण गरेको केन्द्रिय सरकारले राष्ट्रिय सहायक राजमार्गहरु निर्माण गरेको विराटनगर उप महानगरपालिका नेपालको सबैभन्दा ठूलो उप महानगरपालिका हो यसले पनि आफ्नो नगरक्षेत्रमा धेरै सडकहरु पूर्वाधारका कामहरु गरेको विकास निर्माणका कामहरु धेरै भएका छन् यसरी तुलनात्मक हिसाबले हेर्दा मोरङ देशका अरु जिल्लाभन्दा धेरै अगाडि

 

# समग्रमा जिल्लाको विकासका सजिला /अप्ठ्याराहरु के के छन् ?
अप्ठ्यारा मैले अनुभवै गरेको छैन भर्खरै आएको हुनाले पनि मैले अप्ठ्यारा तिर ध्यान दिएको छैन अर्को कुरा मागहरु धेरै आउने तर बजेट पर्याप्त नहुने कारणले गर्दा जिविसले जति सेवाहरु दिनु पर्ने थियो त्यति गर्न नसक्दा जनतामा केही असंतुष्टि हुन्छ की भन्ने आशंका मात्रै मलाई
# नयाँ आर्थिक वर्षमा कुन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुहुन्छ ?
भौतिक पूर्वाधारमा बजेट विनियोजन हेर्दा सडकनै त्यसपछि खानेपानी, सडक ग्राभेल, झोलुङ्गे पुल, स्वास्थ्य पनि हो

 

# जिम्मेवारी निर्वाह गर्नेक्रममा के कस्ता अप्ठ्यारा/चुनौति व्यहोर्नु परेको ?
यो जिल्लामा मैले केही पनि अप्ठ्यारा परिस्थितिको सामना गर्नु परेको छैन सकारात्मक दृष्टिकोणले भन्दा छिटोभन्दा छिटो समयभित्र विकास निर्माणका गतिविधिहरुलाई संचालन गर्ने हाम्रो अगाडि चुनौति गत ..मा बजेट ढिलो आयो, विकास निर्माणका काममा बाधा पुग्यो बजेटलाई समय भित्र कार्यान्वयन गर्न बडा मुश्किल र्यो

 

# स्थानिय जनताको सहयोग वा असहयोग के पाउनु भएको ?
स्थानिय रुपमा संचालन गरिने योजनाहरुमा स्थानिय जनताको एकदमै राम्रो सहयोग हुन्छ किनभनें उहाँहरुकै लागि गराइएका योजनाहरु भएकाले आफैंलाई लाभ हुने योजनाहरुमा आफैंले संचालन गर्न पाउँदा निश्चय पनि सहयोग भैहाल्छ नी मैले जनताहरु एकदम उत्साही भएको पाएको छु मलाई लाग्छ यो उत्साहले भोली एकदम सकारात्मक प्रभाव पार्छ

 

# जिल्लाको विकास कसरी गर्न सकिन्छ ?
विकास भन्ने वित्तिकै धेरै कुराहरु जोडिने गर्छ पहिलो विकासलाई संचालन गर्ने उपयुक्त जनशक्ति चाहिन्छ उदाहरण हेर्न सक्छौं हामी अन्तराष्ट्रिय क्षेत्रमा जापानले किन त्यति छिटो विकास गर्न सक्यो ? दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानले १९६० देखि १९८० मा जाँदाखेरी वीसवर्षको अवधिमा यति धेरै विकास ¥यो कि त्यो विकसित देशमा दरीयो यसरी नमूना औद्योगिक राष्ट्रको रुपमा जापान आयो त्यसको मूल आधार भनेको लिडरसिप जनशक्ति हो दोस्रो कुरा हामी कहाँ पर्याप्त बजेट हुनु जरुरी त्यस्तै कार्ययोजना राम्रो चाहिन्छ, अनुगमन जनसहभागिता ज्यादै महत्वपूर्ण कुरा हो यी कुराहरुलाई व्यवस्थापन गरेर जान सक्यौं भनें जिल्लाको विकास हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्