लिम्बुवानद्वारा पूर्वाञ्चल बन्द फिर्ता

लिम्बुवानद्वारा पूर्वाञ्चल बन्द फिर्ता

संघीय लिम्बुवान राज्य परिषद पालुङवा समूहले अरुण पूर्वका नौ जिल्लामा आह्वान गरेको तीन दिने आम हड्तालको अन्तीम दिन आज बन्द फिर्ता लिएको छ । झापाको बिर्तामोडमा गएराति भएको सरकारी प्रतिनिधि र परिषदका नेताहरुबीच भएको वार्तामा ५ बुदे सहमतिमा टुंगिएपछि परिषदले आमहड्तालको कार्यक्रम फिर्ता लिएको हो । सरकारसग यसअघि भएको ५ बुदे सहमति कार्यान्वयन हुनुपर्ने, अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने तथा तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने लगायत माग राख्दै सोमबार तीन दिने आमहड्ताल घोषणा गरेको थियो । परिषदका महासचिव सेसेहाङ खजुमले आगामी असोज ९ गते नेपाल सरकारसग पुन:  वार्ता गर्ने सहमति भएपछि बन्द फिर्ता लिइएको जानकारी दिनुभयो हड्तालका कारण सोमबार र मंगलबार पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, धनकुटा, ते¥थथुम लगायतका जिल्लाको जनजीवन प्रभावित भएको थियो । आमहड्ताल फिर्ता भएपछि बिहानैदेखि पुर्बमा सवारीका साधन सञ्चालनमा  आएका छन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्