“कर्मचारीतन्त्र पूरै भ्रष्टाचारमा चुलुम्ब डुबेको अवस्था छ” – राजु श्रेस्ठ

“कर्मचारीतन्त्र पूरै भ्रष्टाचारमा चुलुम्ब डुबेको अवस्था छ” – राजु श्रेस्ठ

२०४१ साल पौष १३ गते संखुवा–सभाको खाँदबारी न.पा. २ चेवा भन्ने गाऊँमा बुबा तुलसीराज श्रेष्ठ र आमा भिमकुमारी श्रेष्ठको कोखबाट raju daiजन्मिएका राजु श्रेस्ठ लामो समय देखी पुर्वान्चलमा सुचनाको हक अभियानताको रुपमा काम गर्दै आएका छन । २०६८ साल चैत्र २७ गते जिल्ला प्रशासन कार्यालय मोरङ्गमा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरि जिल्लामा कति वटा समितिहरु रहेका हुन्छन् भन्ने लिखित निवेदन दर्ता गरि यो अभियान सूरु गरेका उनले सुशासन र पारदर्शिताको लागी काम गर्दै आएका छन ।  प्रस्तुत छ सामाजिक क्षेत्रमा लामो समय बिताएका श्रेस्ठसँग आवर विराटनगर डट नेटका बिबेक दाहालले गरेको कुराकानीको अंश:

१.सुचनाको हकको अभियानता हुनुहुन्छ , के हो सुचनाको हक ?

यो अधिकार हामी सबैको मौलिक अधिकार हो । सूचनाको हक भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएका सार्वजनिक महत्वको काम, त्यससँग सम्बन्धी कारबाही र निर्णयसँग सम्बन्धीत कुनै पनि लिखत, सामग्री वा जानकरी हो । यस्तो जानकारी नागरिकले हेर्न, पढ्न, प्रमाणित कपि लिन तथा अनुगमन गर्न पाउने अधिकार नै सूचनाको हक हो । यसले सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहिता बढाउदछ । यसरी सार्वजनिक निकायबाट पाउने सेवा सुबिधाको लागि पनि सूचनाको हक प्रयोग गरि खोज्न र लिन सकिन्छ ।

२. के सुचनाको हक नेपालमा भस्ट्राचार नियन्त्रण गर्ने हतियार बन्न सक्छ र?

वास्तवमा नेपालमा हुने भ्रष्टाचारलाई मैले चार भागमा बाढ्ने गर्दछु । पहिलो परम्परागत भ्रष्टाचार जुन टेबलमुनीबाट गरिन्छ त्यसले काम छिटो छरितो पना ल्याउछ । दोस्रो इन्भोइस करप्सन जस्लाई बिल मिलाएर गरिने भ्रष्टाचार । तेस्रो पोलेसी करप्सन जस्लाई नीतिगत भ्रष्टाचार । चौथो भनेको मिलजुली हुने भ्रष्टाचार यसलाई चै म भ्रष्टाचारको लोकतान्त्रीकरण भन्छु । यी सबैमा सूचनाको हकलेको प्रयोग गरि भण्डाफोर गर्न र त्यस्ता भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिन्छ । जसले गर्दा सूचनाको हकलाई भ्रष्टाचार नियन्त्रण गर्ने औजारको रुपमा लिन सकिन्छ ।

३. आम मानिसमा सुचनाको हकको बारे जानकारी कत्तीको रहेको पाउनु भएको छ ?

वास्तवमा नेपालमा सूचनाको हक सम्बन्धी ऐन आएको आठ वर्ष भइसकेको छ । सुरु सुरुको अवस्था भन्दा अहिले सूचनाको हक प्रयोग गरि सूचना माग्ने जमात निकै बढेको अवस्था छ । तर अझै पनि आम मनिसहरुले चै यसको मुल मर्म थाहा नपाएको अवस्था छ । यो अधिकार सबै वर्गमा पुग्न चै सकेको छैन् ।

४ .एउटा सामाजिक अभियानता हुनुहुन्छ ,नेपालको बर्तमान सामजिक र राजनीतिक अवस्था कस्तो देखनु हुन्छ ?

नेपालमा २०४६ साल पछि यो शिशु प्रजातन्त्र हो भनेर विकासमा अवरोधहरु भए । पछि फेरी २०६३/०६३ को जनआन्दोलन भयो ठूलो परिर्वन भयो गणतन्त्र पनि आयो, तर फेरी यो संक्रमणकालको अवस्था नै छ भन्दै विकास र सुधारको अवस्था देखिएको छैन् । कर्मचारीतन्त्र पूरै भ्रष्टाचारमा चुलुम्ब डुबेको अवस्था छ । भ्रष्टाचार नियन्त्रण गर्न बनेका संवैधानिक निकायहरु आफै घुस लिदा लिदै रंगेहात भेटिएका समाचारहरु आउछन् । त्यस्ता संवैधानिक निकायहरुलाई अनुगमन गर्ने कानुनी व्यवस्था पनि फितलो छ । नेपालमा सूचनाको हकले राजनीतिक दलपनि सार्वजनिक निकायको रुपमा व्यख्या गरे पनि त्यसको व्यवहारिक प्रयोग नभएको अवस्था छ ।

 ५ .देशको यो हलत हुनुमा दोश कस्को देख्नु हुन्छ ?

यो देशमा भएका मौजुदा ऐन कानुनको व्यवहारीक प्रयोग नहुन नै यो देशको हालत यस्तो भा हो । सबैले राजनीतिक दलालाई मात्र दोषि देखि रहेको अवस्था छ । तर उनीहरु मात्र हैन तपाईं  हामी सबै दोषि छौं । सानो तिनो काम गर्ने देखि ठूलो ओहोदामा बस्ने सम्ममा कामको जिम्मेवारीपन नभएको अवस्था छ । तपाईलाई नयाँ ठाउँमा जानु भयो भने रिक्सा चालक, होटलवाला देखि सबैले ठग्ने कोसिस गरि रहको हुन्छ । यस्तै प्रकारको हाम्रो सोच, मानसिकता र दृष्टिकोणले गर्दा यो देशको अवस्था यस्तो भएको हो ।

६. तपाईं जस्ता सक्षम युवाले राजनितीमा नआएर पनि यस्तो भएको जस्तो लाग्दैन ?

वास्तवमा राजनीति आफैमा नराम्रो कुरा होइन । यो त राजनीति गर्नेहरुले राजनीतिलाई पेशाको रुपमा लिएकोले नै राजनीतिलाई नराम्रो भनिएको हो । राजनीति गर्नु भनेको कुनै पार्टीमा सदस्ता लिनु मात्र हैन तटस्त नागरिकका हैसियतले खबरदारी र निगारानी गर्नु पनि म चै राजनीति नै भन्छु ।

७ . तपाईंको बिचारमा भस्टचार किन हाम्रो समाजमा मौलाउदै छ र जरा गाडेर बसेको छ ?

यसका धेरै कारणहरु छन् । ती मध्ये हाम्रो सोच चै प्रमुख र मुल कारण हो । मौजुदा ऐन कानुनको प्रभावकारी कार्यान्वयन नहुनु । त्यस्तै देखा सिखि गर्नु । सबै क्षेत्र र तहमा राजनीतिक भागवण्डा हुनु ।

 

८ .बिकसित देशहरुमा पनि हुन्छ भस्ताचार , त्यहाँ हुने र नेपालमा हुने एकै किसिमका हुन त ?

ट्रान्परेन्सी इन्टरनेशनले २०१४ मा प्रकाशित गरेको भ्रष्टाचार सुचांक अनुसार १७५ देश हरु मध्ये नेपालले २९ अंक प्राप्त गरि १२६ औं स्थानमा आएको अवस्था हो । त्यस सर्वेक्षण अनुसार १०० मा ९२ अंक प्रप्त गरी डेनमार्क कम भ्रष्टाचर हुने मुलुकमा रहेको देखाएको छ । तर त्यहाँ पनि शुन्य भ्रष्टाचार चै छैन् । यसले गर्दा भ्रष्टाचार सबै देशमा छ तर ती त स्वभाविक रुपमा फरक हुन्छ ।

९ . दैनिक १७०० युवा नेपाल छाडेर बाहिर जान्छन , के लग्छ तपाईंलाई युवा अभियानकर्मी भएको नाताले , के गर्न सकेमा युवा पलायन घटाउन सकिन्छ ?

देशमा रहेका शैक्षिक बेरोजगार युवाहरुलाई रोजगारमुलक शिक्षाको आवश्यकता छ । युवा पलायन रोक्नका लागि राजनीतिक स्थायीत्व हुन जरुरीछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्