सामजले फाल्यो तर राष्ट्रले फालेन भक्तलाई

सामजले फाल्यो तर राष्ट्रले फालेन भक्तलाई


हरि अधिकारी
विराटनगर÷ अन्तरजातिय बिवाह गरेको भन्दै जिउदै किरिया गरी चारपाटा मोडेर समाजबाट निकालिएको व्यक्ती हुन झापा विर्तामोडका भक्त खवास । कुरा २०५० सालको हो । दलित केटी स“ग विवाह गरेको भन्दै समाजका ठुला बडा भनाउदाहरु भेला भए र दान गर्न गाइको बाछीपनि ल्याए । त्यसपछि पण्डितले किरिया सुरु गरे र समाजका सवै मिलेर थुके ।
अन्त्यमा गाइको गौतले छकिएर उनकी आमाले भनिन ‘ यहा भन्दा अगाडी तैल नटेक्नु । त हाम्रो लागि मरिसकिस हामीले तेरो किरिया ग¥यो ।’ जन्मदिने आमाले छोरोलाई जिउदै मरिस भन्दा छोरोको मन कस्तो होला ? जिउदै किरिया गरेर समाज र परिवारले निकाले उनि केही समय मानसिक तनावमा रहे ।
झापा दुवागडी–४ स्थायी घर भएका उनको किरिया गरिसकेपछि फर्केर जाने कुरै भएन् । घर निकाल भएपछि उनि पत्नी सिता विश्वकर्मालाई लिएर चारआलीमा डेरा गरेर बस्न थाले । परिवार र समाजले तिरस्कार गरेपनि उनले हिम्मत हारेनन् । परिवार र समाजले फालेपनि राष्ट्रले फालेको छैन् भन्दै उनि संघर्ष गरी रहे ।
घर निकालीएपछि उनि भारतको सिक्किम पुगे । सिक्कि पुगेपछि उनको जिन्दगीले नया मोड लियो । नेपालमा साना तिना मान्छेले फोहोर उठाउथे । तर भारतमा स्वतन्त्रता दिवसको दिन ठुलाबडा हाकिमले सफा गरेको देखेर उनलाई पनि स्वदेशमा आएर केही गर्ने आत्म विश्वास पलायो । केही गर्ने सोच लिएर फर्किए ।
स्वदेश फकिएर उनले विर्तामोडको मुक्ती चोकबाट ‘बातावरण जोगाउ’ अभियान सुरु गरे । सवैतिरबाट बातावरण प्रदुषण भइरहेको अवस्थामा उनि एक्लो थिए जोगाउने अभियानमा लाग्ने ।
बातावरण जोगाउन भन्दै फोहोर महिला विरुद्ध अभियान सुरु गरे । अभियान सञ्चालन गर्दा उनलाई सवैले पागल भन्ने गर्थे । सुरुमा फोहोरमैला विरुद्ध अभियान सञ्चालन गर्दा सवैले उनलाई पागल भने । तर पहिले पागल भन्नेहरु उनकै अभियानमा सरिक भएका छन् ।
बातावरण जोगाउ भन्दै देशै भरी अभियान सञ्चालन गर्दै आएका छन् भक्त खवास । बातावरणलाई जोगाउन भन्दै उनि साइकल मात्र प्रयोग गर्छन् । उनले ७५ वटौ जिल्ला साइकलबाट घुमिसकेका छन् । २०६४ सालमा साइकलबाट ८ महिना लगाएर नेपाल घुमेका उनले बातावरण जोगाउन स्कुल स्कुलमा अभियान सञ्चालन गर्दै आएका छन् । उनले देशभरका ७ हजार एकसय २८ वटा विद्यालयहरुमा बातावरण जोगाउन सचेतना जगाउदै आएका छन् ।
समाज र परिवारबाट तिरस्कृत भएका खवास बातावरण जोगाउने अभियानमा लागेपछि सवैले सहयोग गरेको बताउछन् । उनले भने ‘ २१ बर्ष भयो । घरको आगन टेकेको छैन् । घरपरिवारमा किरिया(मृत्युपछिको काम) गरिसकेका छन् । बातावरण जोगाउने अभियानमा लागेको छु । सुरुमा पागल भन्नेहरु अहिले मेरो अभियानमा लागि परेका छन् ।’
बातावरण जोगाउने अभियानमा लागेका उनलाई सवैले पागल भनेपनि तत्कालिन साहयक प्रमुख जिल्ला अधिकारले लेखनाथ पोखरेलले सहयोग गरेका थिए ।
बातावरण जोगाउने अभियानमा लागेका उनले जनजागरण बातावरण नेपाल नामक सस्था खालेका छन् । जहा गएपनि साइकलमात्र प्रयोग गर्ने उनले भावुक हुदै भने ‘ दलितकी छोरी विहे गरेको भन्दै परिवार र समाजले त फाल्यो तर राष्ट्रले फालेन ।’
बातावरण जोगाउन जनचेतना फैल्याउदै हिडका उनको सगरमाथ चढने धोको रहेको बताउछन् । उनलाई बातावरण जोगाउन योगदान पु¥याएको भन्दै लायन्स क्लव अफ विराटनगर मोरङले सम्मान गरेको छ । बातावरण जोगाउने देशभरी नै अभियान सञ्चालन गरेका उनलाई बुधवार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको क्लवका दितिय उपाध्यक्ष डा.बालकृष्ण साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्