विराटनगरमा नक्कली विद्युत्त परियोजनाकाे नाममा ठगी गर्ने ओझा जेल चलान

<span class='c1'>विराटनगरमा  नक्कली विद्युत्त परियोजनाकाे नाममा</span> <span class='c2'>ठगी गर्ने ओझा जेल चलान</span>

विराटनगर,६ पुस।  विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दामा संलग्न गुणराज ओझा पुर्पक्षको लागि थुनामा गएका छन्। जिल्ला अदालत मोरङका मुख्य न्यायधीश राजुकुमार खतिवडाको १ नम्बर इजालमा शुक्रबार भएको थुनछेक बहसपछिको आदेशले ओझालाई थुनामा राख्न आदेश दिएका हुन्।  मोरङको लेटाङ नगरपालिका ३ घर भइ हाल विराटनगर ५ जामुनगाछीमा बस्दै आएका ५५ वर्षीय ओझा अदालतको आदेशपछि पुर्पक्षको लागि थुनामा गएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरकुमार ओझाले जानकारी दिए। मोरङ प्रहरीले ओझालाई मंसिर ११ गते राति पक्राउ गरेको थियो।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बुधबार ठगिअन्तर्गत मुद्दा अदालतमा दर्ता गरेको थियो। बिहीबार बहसपछि शुक्रबार थुनछेक बहस भएको हो। बहसमा वादीकोतर्फबाट सरकारी वकिलको कार्यालयबाट जिल्ला साहयक न्यायाधिवक्ता उमेश अधिकारी, अधिवक्ता विनायराज पाण्डे, पिकम राई, कविता बस्नेत र ज्ञानेन्द्र थापाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट अधिवक्ता पुरुषोतम नेपाल र उद्धवचन्द्र घिमिरेले बहस गरेका थिए।  नक्कली विद्युत्त परियोजना र विजनेस म्यानेजमेन्ट ग्रुप खोलेर ठगि धन्दा चलाउँदै आएका ओझाले एक जनाबाट ५ हजारदेखि चार लाख रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। काम गर्ने कर्मचारीलाई नयाँ अफिस संचालन गर्न गाह्रो परेको बाहना देखाउँदै ओझाले पैसा लिँदै सुरक्षागार्डदेखि माथिल्लो ओहदामा रहेका कर्मचारीहरूलाई ठगी गर्दै आएको देखिन्छ।

ओझाले कम्पनीको सेयर दिने भन्दै राजेन्द्र अधिकारी चार लाख रुपैयाँ, नक्कली कम्पनी खुलेर खरिदारमा नियुक्त गरेका सन्तोष कार्कीको ५६ हजार, चालक  ईश्वर श्रेष्ठबाट एकलाख ३५ हजार, इन्दिरा ढकाललाई नासुममा नियुक्ति गर्दै ८० हजार, अधिकृतमा गोविन्द भगतसँग तीनलाख, खरदारमा मालता काफ्ले अधिकारीको दुईलाख रुपैयाँ ओझाले लिएको भन्दै उनीहरूले मोरङ प्रहरीमा उजुरी दिएका छन्। ओझाबाट ठगिएको भन्दै मोरङ प्रहरीमा २१ वटा उजुरी परेको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहको आफू विश्वास पात्र रहेको बताउने ओझाले विराटनगर महानगरपालिका ४ कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएका थिए।

ओझाले २०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका थिए। महिनौंसम्म तलब नदिई सापटी लिएको रकम समेत फिर्ता नगरेपछि खोजी गर्दा कम्पनी नै फर्जी भएको खुलेको थियो। उनले कम्पनी रजिष्ट्ररको कार्यालयमा समेत दर्ता नभएको पाइएको छ। कर्मचारीले तलब माग्दा ओझाले बाउन्स चेक दिने गरेका पीडितहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्