बुढीगंगा युवा सम्मेलन : युवाको संख्या ५ सय लक्ष्य राखिएकाेमा ९ सय पुग्यो

बुढीगंगा युवा सम्मेलन : युवाको संख्या ५ सय लक्ष्य राखिएकाेमा ९ सय पुग्यो

विराटनगर, ७ पुस । मोरङको बुढीगंगा गाउँपालिकामा ६ स्थित नारायण माविको प्रङगणमा आजदेखी युवा सम्मेलन सुरु भएको छ । जन जागृति युवा क्लबको आयोजनामा गरिएको २ दिने युवा सम्मेलनमा ५ सय युवालाई बोलाईएकोमा संख्या बढेर ९ सय पुगेको छ । ‘समृद्ध राष्ट्र निमार्णमा नेपाली युवाहरूको भुमिका दायित्व र अवसर’ भन्ने मुल नाराको साथ सुरुभएको सम्मेलन शनीबार समापन हुँदैछ । कार्यक्रमकाे उद्घाटन एक नम्बर प्रदेशका अान्तिरक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।
‘दुई दिनसम्म संचालन हुने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले युवालाई प्रशिक्षण दिने क्रम जारी रहेको आयोजक समितिको अध्यक्ष मकर बुढाथोकीले जानकारी दिए । सम्मेलनको पहिलो दिन उद्घाटनसँगै साँस्कृतिक कार्यक्रम गरिएको छ । सम्मेलनमा युवाहरूलाई प्रशिक्षण उद्यमशिलताको क्षेत्रबाट लक्ष्मी गिरी, बसन्त अधिकारी र अन्य विभिन्न क्षेत्रको बारेमा सीता पोखरेल, अशोक चौधरीलागयत युवालाई मोटिभेट गर्दैछन् । सम्मेलनको उद्घाटनको दिन हाँस्यकलाकार मनोज गजुरेल र गायक साजन राईले प्रस्तुती दिएको साँस्कृतिक कार्यक्रमको संयोजक रमेश भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्