विराटनगरमा अपाङ्गगता भएका व्याक्तिहरुद्धारा तिन दिने हस्तकला प्रदर्शनी सम्पन्न

विराटनगरमा अपाङ्गगता भएका व्याक्तिहरुद्धारा तिन दिने हस्तकला प्रदर्शनी सम्पन्न

विराटनगर

प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल
विराटनगरमा प्रदेश स्तरीय अपांगता(फरक क्षमता) भएका व्याक्तिहरुद्धारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी सफलताको साथ सप्पन्न भएको छ।

उक्त प्रदर्शनी विराटनगर ११ पान्चाली स्थित सगरमाथा पार्टि प्यालेस अगाडी उनिहरुद्वारा उत्पादित सामाग्री चैत्र २६ गतेदेखी २८ गते सम्म गरिएको आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर १ विराटनगरको आयोजना तथा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मार्फत स्वास्थ्य कार्यलय मोरङको सहयोगमा सप्पन्न ३ दिने प्रदर्शनीमा विभिन्न घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको थियो ।
अपाङगता(फरक क्षमता ) भएका व्यत्तिहरुको श्रमको प्रवद्र्धन गर्ने उद्देश्यका साथ हस्तकला र कृषी सामाग्रीहरु प्रर्दशनीमा राखीएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर १ का कार्यक्रम अधिकृत बिमल बस्नेतले बताए ।

त्यसैगरी उक्त प्रदर्शनीमा फाउण्ड परियोजना अन्तर्गत द लेप्रोसि मिसन नेपाल (टिएलएमएन)को सहयोग बाट ब्यवसाय सुरु गरेका केहि ब्यक्तिहरुसंग कुरा गर्दा विराटनगरका नारायण शर्मा भन्छन् , हो म दृष्टिविहिन छु तर म बेरोजगार भएको थाह पाएर बिपिनसरहरुले मलाई अगरबत्तिको तालिम मात्र दिनुभएन ब्यवसाय सुरु गर्न विउपुजि रु २३ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ जसको मद्दतले आज म स्वरोजगार भएको छु र भविष्यमा यस ब्यवसायलाई ठुलो उद्योगको रुपमा बढाउदै लैजाने आफ्नो योजना रहेको छ। त्यसैले म टिएलएमएनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

त्यस्तै सुन्दरहरैचा निवासी अर्का दृष्टिविहिन दुर्गानाथ योगि भन्छन् आफुले यो ब्यवसाय २०६२ सालमा प्लान नेपालको सहयोगले सुरु गरेको हो । त्यस्बेला प्लान नेपालले स्वरोजगार तालिम भनि मुडा ,कुचो,नाङ्लो आदि बनाउन सिकाएको थियो र अहिले बेरोजगार अपाङ्गता (फरक क्षमता) भएका ब्यक्तिहरुलाई उनिहरुको दक्षता अनुसारको रोजगार दिलाउने संस्था टिएलएमनले आफुलाई पनि अगरबत्ति तालिम प्रदान गरेको र उक्त ब्यवसाय सुरु गर्न २३ हजार ५ सय रुपैयाँ विउपुजि सहयोग गरेको छ जसले आफुलाई काम गर्न थप उर्जा मिलेको छ ।

कानेपोखरि निवासी अर्कि महिला उध्यमि दिल कुमारि लिम्बु भन्छिन् , म र मेरो श्रीमान दुबैजना अाँखा देख्दैनौं , हाम्री एउटि सानि छोरि छिन् र बुढिसासुआमा हुनुहुन्छ ।हामिलाई दैनिक जिवनयापन गर्न निकै गार्हो थियो तर हाम्रो दुख देखेर फाउण्ड परियोजना र विराटनगर महानगरपालिकाले हामिलाई स्वरोजगार बनाउनका लागि मसला बनाउने तालिम र ब्यवसाय सुरु गर्न २३ हजार ५ सय रुपैयाँ समेत सहयोग गर्नुभयो जसले गर्दा हामिलाई धेरै सहयोग भएको छ।

त्यसैगरि प्रदर्शनीमा हामिले एउटा धरानबाट आएकि महिला उद्यमि प्रतिमा दहाललाई भेट्यौं जसको कहानि अलिक फरक लाग्यो । प्रतिमाको २०६४ सालमा साइकलबाट लडेर स्पाइनल कर्ड इन्जुरि भयो जसले गर्दा उनको कम्मर देखि मुनिको भाग चल्न छाड्यो तर उनले हार मानिनन् र सङघर्षमय जिवनलाई स्विकार्दै आफुले आफु अनि आफ्नो सानो नानिका लागि भएपनि बाच्नुपर्छ भन्ने सोचेर बिना कुनै तालिम बिस्तारै बिस्तारै सामानहरु घरमै बसेर बनाउदै बेच्न थालेकि छिन् र यदि कोहि सहयोगि हातहरुले सहयोग गरे आफ्नो ब्यवसाय अझै फैलिने थियो भन्ने लागेको छ तर आजसम्म कसैको सहयोग आफुले नपाएको उनि बताउँछन् ।

प्रर्दशनी स्थलमा प्रदेश नम्बर एकका विभिन्न जिल्लाहरुबाट सहभागिता रहेको थियो । उनिहरु भन्छन् आफुहरुले मेहनतले बनाएका सामाग्री प्रदर्शनीमा राखेका छौं । प्रदर्शनी स्थलमा आएर अवलोकन गरि हाम्रो शिपको कदर गरेर खरिद गर्नुहुने र आउँदा दिनहरुका लागि सल्लाह , सुझाव अनि प्रतिक्रिया दिएर आफ्नो होसला बढाइदिनुहुने सबैजनालाई धन्यवाद दिएका छन् ।

हो अपाङ्गता(फरक क्षमता) भएता पनि आफु आफै स्वरोजगार हुनु पर्छ भन्ने मान्यता राख्दै आफ्नो सिपको प्रयोग गरि स्वरोजगार हुन चाहने व्याक्तिहरुको इच्छा शक्तिको सम्मान गरौँ । उनिहरुलाई कहिल्यै भेदभाव नगरौँ उनीहरुको सम्मान र मान गर्न आजैबाट सिकौैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्