सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई वटा खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ क्लब खेल्दैछन् । ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दशरथ रङ्गशालामै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।

खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ । हिजो भएका खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० गोलले हराएको थियाे भने सङ्कटा क्लब र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेलेका थिए । अस्तिदेखि सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १४ क्लब सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्