देशका धेरै ठाउँको मौसम आज सफा रहने

देशका धेरै ठाउँको मौसम आज सफा रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले तुवाँलो लागेको छ । तर, तुवाँलो बिस्तारै हट्दै गइ मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँमा घाम लाग्ने छ । प्रदेश-१ का एक/दुई ठाउँमा भने आज फाट्टफुट्ट पानी पर्ने र प्रदेश-१ कै केही हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो ।

आज हिजो अस्तिको जस्तो मौसम बद्ली हुने छैन । मौसमविद्का अनुसार अहिले नेपालमा मौसमलाई असर गर्ने खालको उल्लेखनीय प्रणाली छैन । आज काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

चिसो बढ्दै गएसँगै अधिकतम तापक्रम घट्दै जान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्