मैले देखेको तिज र आज भोगेको तिज

मैले देखेको तिज र आज भोगेको तिज

-नगेन्द्र मणि न्यौपाने (काका)
म पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुर चित्लाङमा जन्मिएको हुँ ! मेरो बाल्यकाल त्यही चित्लाङमै बित्यो । जुन समय म बाल्य अवस्थामा थिए, त्यतिबेला हरेक चाडपर्वले मनमा छुट्टै उमङ्गको डेरा जमाउ थियो । पर्वको रौनकताले घर आँगनमा अत्यन्तै रमाइलोको अनुभूति गराउथ्यो ।
जब बारिमा मकै पाक्नै लाग्थ्यो नागपन्चमीमा गुरु पुरोहितहरुले घरमा नाग टासेपछी तिजको दिनगिन्ती शुरु हुन्थ्यो । कुशे औसीका दिन कुश घरमा भित्रिए पछि तिजको तरखर शुरु हुनथ्यो । तिजको लागि दर खाने कुरा जुटाउने देखि चेलीबेटी लिन जाने क्रम शुरु हुन्थ्यो । त्यो बेला नत अहिलेको जस्तो यातायातको सुबिधा थियो नत आधुनिक सञ्चारका कुनै सेवा थियो ।

माथि लेक खर्कमा गोठ हुन्थ्यो । त्यो समयमा तिजका लागि दुध र घ्युका परिकारहरु बन्थे । गोठबाट दुध घ्यु लगायतमा वस्तु घरमा ल्याइन्थ्यो । टाढा टाढाबाट चेलीबेटीहरु माईतीले घरको आँगन ढाकिन्थ्यो ।
पानी झरी खोला नाल केही नभनी माईती चेलीलाई लिन जानुपर्ने हुन्थ्यो । माईती लिन नगएसम्म घरबाट छोरी चेलीलाई माइत पठाउने चलनै थिएन ।
हरितालिका अर्थात तिजका दिन साँझमा दर पकाउन शुरु हुन्थ्यो । चेली र माईती भेला भएर तिजको दिन मध्यरातमा दर खाईन्थ्यो । दर खाने राति आफु केटा भएर होला सायद नबोलाई फूपू र दिदी आमाले दर खानुहुन्थ्यो । बिहान उठेर रुनु बाहेकको अरु कुनै बिकल्प नै रहदैन थियो आफूसँग । त्यो रौन्कता, त्यो विगत अहिले त दन्त्य कथा झैँ लाग्न थालेको छ ।

तिज पर्व नितान्त महिलाहरुको चाड हो । त्यो समयमा यो चाड कुनै जाती र समुदायका महिलाहरुले मात्र मनाउने चल रहेको थियो । बारिमा मनग्य काक्रा नास्पाती फलेका हुन्थे तिजको भोलि पल्ट दिनभर पानी पनि नखाई ब्रत बसेका ब्रतालुले आफ्नै बारीमा फलेका काक्रा नास्पाती लगायतका फलफुल खाने चलन थियो । ब छिमेक भेला भएर सगिनी गलायत अन्य लोक भाका गीत गाएर रमाईलो गर्ने परम्परा रहेको थियो ।अहिले पनि त्यो बेलाको तिज सम्झदा छुट्टै रमाईलो अनुभूति हुन्छ । पछिल्ला दिनहरुमा एउटा निश्चित घेराबाट निस्किएर तिजको महत्व सर्वब्यापी बन्दै जानू राम्रो पक्ष रहेको भएपनि भड्किलो हुँदै जानुले चाँडको रौनकता र पमौलिकता हराउदै गएको आभास भएको छ ।
तर, पछिल्ला दिनमा आफ्नो मौलिकतालाई क्रमश बिर्सदै तिज मनाउने बाहना शुरु भएको छ ।

वर्षमा एकदिन त्यो पनि रातको समयमा खाएर मनाउने हाम्रो मौलिक चाड तिज हो । तर अहिले तिजका नाममा अनेक खाले बिकृतीहरु देखिन थालेको छ । तिज पर्वलाई अहिले खर्चिलो भडकिलो बनाईदै लगिएको छ । मौलिक संस्कार र सस्कृती हाम्रो पहिचान हो । तथापी पनि यस्ता कुरा हरुलाई बेवास्था गर्दै भडकिलो बन्दै गएको छ । अहिलेको तिजमा संचारको सहि सदुपयोग गर्न नजान्दा पनि भाबी पुस्ताहरुले तिजको मर्म त भावनालाई बुभ्न नसक्ने गरि परिस्कृत हुँदैछ । तिजको नाममा बडदो देखासेखीले यो चाडलाई भडकिलो मात्र बनाएको छैन खर्चिलो पनि त्यतिकै बन्दै गएको छ । अहिलेको तिजमा गाईने तिजे गित र नृत्यले पश्चिमा शैलीको सिको गरेको जस्तो भान गराउदै लगेको छ ।अहिले तिजमा महगा लत्ता कपडा देखि गरगहना लगाउनै पर्ने अनिवार्य जस्तै बनेको । तिजमा खाने परिकार पनि फेरीदै गएका छ्न । चाड पर्व मनाउदा रमाइलो गर्ने वाहानामा बिकृती र बिसंगतीले स्थान पाउदै गएको भान गराउन थालेको छ । त्यसैले आफ्नै मौलिक परम्पराका सस्कार सस्कृतीहरु नेपाल र नेपालीको पहिचान हो । यस्लाई मर्न र मार्न दिनु हुँदैन ।

आफ्नो गच्छे अनुसार परम्परालाई अनुसरण गर्दै चाडपर्व मनाउने बानीको सिको गरौँ भाबी पुस्तालाई त्यो अवसर जुराई दिन सकौँ । हरितालिका तिजको सबैमा शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्