चिकित्सकको आन्दोलन : कोशी अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाँप

चिकित्सकको आन्दोलन : कोशी अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाँप

विराटनगर । डिउटीमा खटिएका चिकित्सक माथि आक्रमण भएपछि मुलुकभरका निजी तथा सरकारी अस्पतालमा कार्यररत चिकित्सकहरुले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् ।

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा मुलुकभरका चिकित्सकहरुले आईतबार आकस्मिक कक्षा बाहेकका सेवा बन्द गरेका कारण बिरामीहरुले सास्ती भोग्न बाध्य भएका छन् ।

भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरेका कारण संघले शनिबार विज्ञप्ति जारी गर्दै कामहरु बन्द गर्ने निर्णय गरेका थिए ।

घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । तर दोषीमाथि कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।

यसैविच चिकित्सकहरुले ओपिडी बन्द गरेका कारण विराटनगरमा रहेको कोशी अस्पतालको आकस्मिक सेवामा विरामीको चाँप बढेको छ ।

अस्पतालमा ओपिडी सेवा बन्द गरेपछि आकस्मिक कक्षमा डाक्टरहरुलाई विरामी चेकजाँच गर्न भ्याई नभ्याई छ यतिबेला ।

अन्य बेला ५० देखी ६० जना सम्म बिरामी आउने गरेकोमा आईतबार १ सय ५० भन्दा बढी बिरामी आकस्मिक कक्षामा चेकजाँचको लागि आएको कोशी अस्पतालका आकस्मिक कक्षका ईन्चार्ज गजेन्द्र यादवले जानकारी दिए ।

कोशी अस्पतालमा दैनिक ८ सय भन्दा बढी ओपिडी सेवामा विरामी आउने गरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्