कोरोनाबारे यी १० हल्ला, जसमा कुनै सत्यता छैन !

कोरोनाबारे यी १० हल्ला, जसमा कुनै सत्यता छैन !

एजेन्सी । विश्वव्यापी रुपमा कोरोनाभाइरसको संक्रमण तीव्र छ । कोरोना भाइरसको संक्रमणबारे कयौं मनगढन्ते कुरा हुँदै आएका छन् । मानिसहरु कोरोनाबारे अफवाहको शिकार भइरहेका छन् । कोरोना भाइरसबारे जोडिएका १० अफवाह जसलाई हामीले सत्य सोँचिरहेका छौं । १० गलत हल्लाको यहाँ चर्चा गरिएको छ ।

१– यस्तो भनिँदै आएको छ मौसमको तापक्रम बढी भएको अवस्थामा कोरोना भाइरस नष्ट भएर जान्छ । जबकि यस्तो भएको कुनै प्रमाण फेला परेको छैन । गर्मी बढेसँगै केही समयका लागि भाइरस निष्क्रिय हुनसक्छ । तर नष्ट भने हुँदैन ।

२–केही मानिसले यो पनि भन्दै आएका छन् कि तातो पानीले नुहाएमा कोरोना भाइरस शरीरबाट हटेर जान्छ । तर साचो कुरा के हो भने तातोपानीले नुहाउँदैमा तपाईँ कोरोना भाइरसको संक्रमणबाट बच्न सक्नुहुन्न । आफुलाई सुरक्षित राख्ने हो भने एकमात्र विकल्प नियमित रुपमा हात धुनु हो ।

३– कतिपय मानिसले चीनद्वारा उत्पादन भएको सामग्रीमा कोरोना भाइरस हुनसक्ने बताइरहेका छन् । यो हल्लामा विश्वास गर्न सकिँदैन । किनकि सामान एक स्थानबाट अर्को स्थानसम्म पुर्याउँदा जति समय लाग्छ त्यति दिनसम्म भाइरस जीवत रहन मुस्किल हुन्छ । यो अवस्थामा मौसम तापक्रम र अवस्थामा पनि परिवर्तन भइसकेको हुन्छ ।

४– कतिपयले शरीरमा ‘अल्कोहल’ छरेर भाइरसबाट बच्न सकिने तर्क समेत गर्दै आएको पाइन्छ । सोच्नुस् यदि यो भाइरस तपाईँको शरीरमा प्रवेश गरिसकेको छ भने अल्कोहल शरीरमा छर्केर कसरी भाइरस मर्न सक्छ ?

५–यस्तो पनि हल्ला फैलाइएको छ कि जनावरबाट पनि कोरोना भाइरस फैलिन सक्छ । अहिलेसम्म यो कुराको पुष्टि भने भएको छैन । त्यसैले आफ्नो सरसफाईमा विशेष ध्यान दिनुस् ।

६–अर्को दाबी के छ भने निमोनिया र  ‘हायमोफिलस इनफ्लूएन्जा’ जस्ता रोगको लागि बनेको ‘भ्याक्सिन’ ले कोरोना भाइरसको उपचार हुन सक्छ । जबकि यो भाइरस एकदम नयाँ हो । त्यसैले यसको उपचारमा पनि नयाँ ‘भ्याक्सिन’कै आवश्यकता पर्दछ ।

७–प्रतिरोधात्मक क्षमता बढाउने औषधिको प्रयोगले कोरोना भाइरसको उपचार हुनसक्ने तर्क पनि गर्ने गरेका छन् । ‘एलोपेथिक’ या  ‘होमियोपेथिक’जस्ता औषधिले प्रतिरोधात्मक क्षमता बढाउन सक्छन् । तर मनमा यो भ्रम नपाल्नुस् कि यस्तो औषधिको सेवनले कोरोना भाइरसबाट बाच्न सकिन्छ ।

८–कोरोना भाइरस फैलिएसँगै एम ९५ सर्जिकल मास्कको कारोबार तीव्ररुपमा बढेको छ । जबकि स्वास्थ्य विशेषज्ञले नै यो दाबी गरिसकेका छन् कि स्वास्थ्यकर्मीले मात्रै यो मास्कको प्रयोग गर्न जरुरी छ । यसबाहेक संक्रमित व्यक्तिले पनि मास्क प्रयोग गर्न सक्छन् । मास्क पूर्णरुपमा बचाउ होइन । त्यसैले सामान्य व्यक्तिले सरसफाईमा ध्यान दिनु उचित हुन्छ । यदि तपाईँलाई मास्क प्रयोग गर्नु नै छ भने सस्तो मूल्यमा पाइने ‘सर्जिकल मास्क’ प्रयोग गर्न सक्नुहुन्छ ।

९.–आफ्नो मनमा यो भम्र नपाल्नुस् कि कोराना भाइरस रोगीलाई ‘एपन्टवाइटिक’बाट निको पार्न सकिन्छ । यदि अस्पतालमा तपाइँलाई ‘एन्टिवाइटिक’ दिइँदै छ भने त्यो केवल किटाणुको ‘इन्फेक्शन’को कारणले दिइएको हो ।

१०–कतिपयले कोरोना भाइरसकै त्रासका कारण कुखुराको मासु र अण्डा समेत खान बन्द गरेका छन् । यस्तो होइन । यो भाइरस मानिसको खोकी र ह्याछुँबाट बाहिर आउँछ । त्यसैले राम्रोसँग पकाएर वा उमालेर मासु र अण्डा खान सकिन्छ ।
एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्