विराटनगरको समूहले अन्तर्राष्ट्रिय ब्राण्डका कोल्ड ड्रिङ्क्स नेपाली बजारमा ल्याउने

विराटनगरको समूहले अन्तर्राष्ट्रिय ब्राण्डका कोल्ड ड्रिङ्क्स नेपाली बजारमा ल्याउने

विराटनगर, चैत्र २ ,

विराटनगरको दुर्गालक्ष्मी समूहले अन्तर्राष्ट्रिय ब्राण्डका ६ प्रकारका कोल्ड ड्रिङ्क्स नेपाली बजारमा ल्याउने भएको छ ।अमेरिकी कम्पनी आरसी कोलाका पेय पदार्थलाई नेपाली बजारमा ल्याउने तयारी गरेको हो।

के हो आरसी कोला ?

आरसी कोला एक सय १४ वर्ष पुरानो र चिसो पेय पदार्थ उत्पादकमा विश्वमा तेस्रो नम्बरमा पर्छ।

उत्पादन लगत्तै बजार बजार पुर्‍याउन ढुवानी सहज हुने भन्दै मकवानपुरको मनहरी गाउँपालिका-६ मा पर्ने सुनाचुरीमा भेन्चुरा बोर्टलर्स प्रालि नामको उद्योग स्थापना गरेको छ। भेन्चुराले कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेय पदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन र बजारीकरण गर्ने तयारी गरेको छ। उद्योगमा जर्मनी, फ्रान्स र अमेरिकाबाट झिकाइएका मेसिन जडानको काम भइसकेको छ ।

हालका प्लान्टअनुसार उद्योगले एक घण्टामा १२ हजार बोतल उत्पादन गर्नेछ। तत्काल २५० एमएल, ५०० एमएल, एक लिटर र सवा दुइ लिटर गरी चार थरीका बोतलमा उत्पादन गरिने संचालक सुबास आचार्यले बताए ।

-बिजमन्डुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्