– निश्चल पाेखरेल
चिल्ला फराकिला सडक, त्यसको छेउमा पैदल यात्रु को लागि फराकिला भिन्दै बाटो, हरेक गल्लिमा पैदल यात्रुको लागि भनेर बाटो काट्न जेब्रा क्रस तथा आकासे पुल पर्याप्त मात्रामा, हरेक ट्राफिक गतिविधि सी सी टि भी बाट निगरानी, ठुला सवारी को लागि भनेर शहर भन्दा धेरै टाडा बाट भिन्दै ठुल्ठुला बाटो, न कतै खाल्डाखुल्डी न त धुलो, हो त्यस पछि मात्र हर्न निषेध गर्नु ठिक हुन्छ भनेर सोच्दै हुनुहुन्छ होइन त ? हो हामी जस्ता धेरै ले सोच्ने नै यसरी नै हो : बिराटनगर जस्तो अब्यवस्थित ट्राफिक, खाल्ड खुल्डी बाटो, बाटो काट्नको लागि न त जेब्रा क्रस न आकासे पुल अनि कसरि लागु हुन्छ “नो हर्न” को नियम ?

के साचिनै धेरै छिट्टो भएकै हो त बिराटनगर लगायत प्रदेश १ मा “नो हर्न” को नियम? पक्कै पनि होइन। अझ विचार गर्ने हो भने यो नियम लगाउन धेरै ढिलो चाही भएको हो। माथि उल्लेखित बाटो मा त सायद आफै नै कम हर्न बज्छ होला त्यो बेला मा त यो नियम नै लगाउन पर्दैन होला किन भने कुनै पनि ठाउमा आफ्नो सवारी निस्फ्रिक्री चल्छ भने कसले हर्न बजाउछ र ?

खाल्डा खुल्डी बाटोमा नै कुनै पनि सवारी आफ्नो रफ्तारमा कुदाउन सकिदैन र ट्राफिक समस्या पनि यही बढि हुन्छ, अझ कुनै सवारीले ओभरटेक गर्न खोजो भने दुर्घटना हुने सम्भावना पनि झन बढि हुन्छ र हामीहरु लाई ओभरटेक गर्नु परे हर्न बजाउदै ओभरटेक गर्छौ जुन चिल्ला फराकिला सडक भन्दा खाल्डा खुल्डी भएका सडक मा दुर्घटना हुने सम्भावना धेरै गुना बढि हुन्छ, साथै यही हर्न ले गर्दा स्वस्थमा पनि धेरै समस्या उत्पन्न भएको कुरा (हर्न को करण ले प्रेसर बढ्ने, कान को समस्या आउने आदि) पनि बिभिन्न पत्रपत्रिकामा नआएका होइन त्यही भएर यी समस्या हरु लाई रोक्न “नो हर्न” को नियम बिराटनगर जस्तो बिग्रेको बाटो भएको शहर मा झन अति उपयुक्त छ। जसमा मेरो केहि अनुभव पनि छ:

म काम को सिलसिलामा काठमाडौँ तिर बस्छु। कुरा २०७३ चैत्र तिर को हो जब काठमाडौँ मा २०७४ बैशाख १ गते देखि काठमाडौँ उपत्यका मा हर्न बजाउन निषेध गरिने कुरा एकाएक फैलिदै थियो। यो नियम सुनेर म दंग थिए सायद म हर्न कम बजाउने पनि भएर होला तर पनि सुरुमा त यो नियम लागु हुने मा पनि सङ्का थियो किन भने म जस्ता धेरै सवारी चालकहरु ओभरटेक गर्दा होस् वा भिडभाड मा सवारी चलाउदा होस् हर्न बिना कसरि सवारी चलाउने होला भन्ने दोधारमा थियौ। पत्रपत्रिका, टिभी, तथा बिभिन्न सामाजिक संजाल मा पनि यो नियम नमान्ने सवारी चालकलाई कारवाही हुने कुरा पनि हरेक दिन जसो मुख्य समाचार सरि आइराखेको थियो र साथै कुन कुन बेला हर्न बजाउन पाउने हो त्यसको जानकारी पनि दिराखिएको थियो। त्यस ताका मेरो आफ्नो बाइक को हर्न बिग्रेको थियो। तर जब हर्न बजाउदा कारवाही हुने र कुन बेला कसरि बजाउन पाइन्छ भन्ने जानकारी थाहा पाए त्यस पछि आफ्नो बाइक को हर्न बनाउन कुनै पनि समय खर्च गरिन र चैत्र अन्तिम हप्ता तिर यो नियम लागु हुन्छ भनेर संका गर्दा गर्दै पनि मैले आफ्नो बाइक को हर्न बनाए।

२०७४ बैशाख १ गते बिदा भएर मात्र हो या कारवाही हुने डर ले हो हर्न बज्न लगभग पुरै नै घटीसकेको थियो। काठमाडौँ प्रवेश गर्ने मुख्य मुख्य बाटो होस् वा भित्रि हरेक बाटो मा “हर्न निषेध” को बोर्ड हरु जता ततै देखिन थालेको थियो। यो नियम मा हिडेको म जब २ महिना पछि अर्थात् असार पहिलो हप्ता तिर जब म बिराटनगर आए गर्मि भन्दा पनि मलाई गाडी हरु को हर्न ले सताउन थालेको थियो त्यही भएर यहाँ सिटि सफारी को यात्रा गर्दा पनि मैले कति पय सिटि सफारी चालकहरु लाई अनुरोध गर्नु परेको थियो बरु मलाई हतार छैन तर यो हर्न चाही नबजाई दिनु होला तर पनि उनीहरु लाइ नानी देखि लागेको बानि कहाँ म एक सर्वसाधारण व्यक्तिले भने को लग्थियो र न बजाउनु भन्दा भन्दै पनि उनीहरुले धेरै चोटी नै बजाई सक्थीए। जुन कुरा को छुटकारा मैले पुनः काठमाडौँ गए पछि मात्र पाउन सके।
समय बितै गयो हर्न बिना नै सवारी चल्ने बातावरण मा म बस्दै गए। तर जब भदो महिना लाग्यो म सोच्न थाली सकेको थिए दसैँ बिदा मा बिराटनगर जादा बरु त्यो गर्मि सहुला, यहाँ को लामखुट्टे सहुला तर त्यो हर्न कसरी सहने होला जस्तो लागि रहेको थियो । तर जब मध्य भदोमा बिराटनगर सहित प्रदेश १ का १४ जिल्ला मा पनि असोज १ देखि हर्न निषेधित हुने समाचार आयो तब म पनि ढुक्क भए यो हर्न ले अब चाही दुक्ख दिदैन भनेर।
जुन नियममा लागु हुन्छ भनेर म ढुक्क थिए त्यो नियम बिराटनगर आएर थाह पाए जुन नियम काठमाडौँ जस्तो धेरै सवारी साधन भएको ठाउमा मा लगाउदा पहिलो दिन देखिनै परिवर्तन देखिन थाल्यो तर त्यहि नियम बिराटनगरमा द्रोश्रो हप्ता सम्म आउदा पनि आखिर किन परिवर्तन नदेखिए को होला । के दशैँ भनेर छुट दिएको हो त ? छुट भनेको त अरु नै कुरामा दिएको भए हुन्थियो होला यो नियममा त न नदिएकै बेस।

सम्वन्धित निकाय लाई पनि केहि सुझाब दिन चाहन्छु :

बिराटनगर प्रवेश गर्ने हरेक नाकामा बिराटनगर सहित प्रदेश १ मा “नो होर्न” को जानकारी सहित को बोर्ड होस्। जुन मैले नै देखिन
म बिराटनगरमा हुँदा सबै भन्दा “नो हर्न” को नियम उलंग्घन गर्ने मा भारतीय सवारीसाधनहरु देखे त्यसैले सकिन्छ भने जोगबनी सिमाना देखिनै “नो हर्न” को बोर्ड प्रयाप्त मात्रामा होस् ।
नियम उलंग्घन गर्नेलाई कारवाही पनि होस् ।
कुन र कस्तो बेला हर्न बजाउन पाउने हो त्यसको जानकारी पत्र-पत्रिका, संचार मध्यम तथा सामाजिक संजाल मार्फत दिइयोस ।

“नो हर्न” नियम सफल होस्, सबैले पालना गरौ। यो नियम अरु को लागि होइन हामी आफ्नै को लागि हो।


प्रतिक्रिया लेख्नुहोस