बिराटनगरमा गुडिरहेको बसबाट खस्दा एक जनाको मृत्यु

बिराटनगरमा गुडिरहेको बसबाट खस्दा एक जनाको मृत्यु

मोरङ, साउन १२, बिराटनगरमा बुधबार राती गुडिरहेको बसबाट खस्दा एक जनाको मृत्यु भएको छ।

मृतकको नामथर वतन खुल्न सकेको छैन। अन्दाजी ३५ वर्षका ती पुरुष साँझ करिब ०७;३० बजे महेन्द्रचौकमा विराटनगरबाट धरानतर्फ जादै गरेको को १ ख ४५४२ नम्बरको बसबाट अचानक खस्दा गम्भीर घाइते भएका थिए।

उनको उपचारकालागी कोशी अंचल अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।मृतको शव कोशी अंचल अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्