पत्रकारमाथि हातपात तथा दुव्र्यवहार गर्ने तीन जना पक्राउ

पत्रकारमाथि हातपात तथा दुव्र्यवहार गर्ने तीन जना पक्राउ

महेन्द्रनगर, धनुषा । धनुषाको मिथिला नगरपालिकामा पत्रकारमाथि हातपात तथा दुव्र्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मिथिला नपा–८ लालगढमा एभिन्यूज तथा रातोपाटीका पत्रकार राजेश विद्रोहीलाई हातपात गर्दै दुव्र्यवहार गरेको आरोपमा मिथिला नपा– ८ बस्ने १९ वर्षीय अजय श्रेष्ठ, २२ वर्षीय गणेश श्रेष्ठ र २० वर्षीय तीलक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपर्नेले मिथिला नपा– ८ लालगढस्थित दिदीभेना स्टाप लाइन होटलमा आज दिउँसो  फोटो खिचेको निहुँमा पत्रकार राजेशलाई हातपात गर्दै मोबाइलसमेत फुटाइदिएका हुन् ।
पत्रकारलाई कुटपिट गरिएको घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी टोलीले तीनैजना आरोपीलाई पक्राउ गरेको र हाल सार्वजनिक अपराध मुद्दामा म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्