कोलकतामा नेपाली कलाको वान्समोर

<span class='c1'>कोलकतामा नेपाली</span> <span class='c2'>कलाको वान्समोर</span>

सुमन तिमल्सिना
कोलकता (भारत) मंसिर २४

हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले......
पिरतीको भाका बोल्छ फुल मञ्जरीले ।।....
पितीको खिल गढ्यो तिम्रो गलबन्दीमा
चोखो माया साँचेकी छु मैले चौबन्दीमा ।।
अन्जु पन्तले गाउनु भएको यो गितमा छम्छमी नृत्य गरि रहेकी मोरङ झोराहाट की अनु श्रेष्ठ भारतको कोलकतामा आयोजना भएको सार्क स्तरिय कार्यक्रममा नृत्य प्रस्तुत गर्दै हुनुहुन्थ्यो ।
झण्डै ५ मिनेटको यो गित सकिए लगत्तै आएको तालिको पर्रासँगै वान्समोरको आवाज एकाएक आएपछि नेपालबाट गएको टोलीको मन थामी नसक्नु प्रफुल्लीत भयो । सार्क कल्चर एशोसिएशनले भारतको नदिया जिल्ला आशन नगरमा आयोजना भएको कार्यक्रममा सहभागि हुन पुगेको नेपाली टोलीले नेपाली संस्कृती झल्कने बिभिन्न नृत्य तथा कला प्रस्तुत ग¥यो ।
बंगाली भाषा बोल्ने समुदायको बाहुल्यता भएको सो ठाउँमा कसैले पनि बंगाली भाषा बाहेक हिन्दी या अंग्रेजी कुनै भाषा पनि जान्दैनन् । तर नेपाली नृत्य प्रस्तुत गरेकी अनुको मात्र हैन मनिषा बरालको नृत्यले पनि धेरै बंगाली भाषीलाई नेपाली संस्कृती प्रति आकर्षित ग¥यो ।
झोराहाट नाट्य समुह सहितको टोली कार्यंक्रममा सहभागि हुन मोरङबाट कोलकता गएको थियो । बिराटनगरबाट झण्डै ६ सय ५० किलोमिटरको दुरी पार गरेर कार्यक्रममा सहभागि हुन पुगेको टोलीको नेतृत्व राजेन्द्र गुरागाई र भरत गुरागाईले गर्नु भएको थियो । photo anu
कार्यक्रममा भारतका हरेक प्रान्त सहित बंगलादेश, भुटान, श्रीलंका तथा नेपालका कलाकर्मी सहभागि कार्यक्रममा बंगलादेशबाट आएका कलाकर्मीले बंगलादेशमा गाईने लोकगित प्रस्तुत गरेका थिए । बंगलादेशकी गायिका ममता रानीले नेपाली कला संस्कृतीको प्रशंसा गर्दै नेपाली गित र संगित निक्कै मिठो रहेको तर्क गर्दै आफुले गाउँदै आएको गित सबै सामु प्रस्तुत गर्नु भएको थियो ।
नेपाली टोलीका तर्फबाट गएका झोराहाट नाट्य समुहका अध्यक्ष तथा नाट्य निर्देशक भरत गृुरागाईले नेपाली कलालाई अन्तराष्ट्रिय रुपमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको अनुभव सुनाउनु भयो ।
नेपाली नाटक मात्रहैन त्यसमा मिसिएको गित संगितले धेरै जमातलाई हौस्याएको उहाँको भनाई छ । भारतको नाकाबन्दीबाट थला परेको नेपाली कलाकारीतामा अन्तराष्ट्रिय रुपबाट प्रशंसित हुन पाउनु निक्कै खुसी र गर्वको कुरा रहेको उहाँको तर्क छ ।
हिन्दी भाष नै नबुझने बंगालीहरुले नेपाली नाटकको स्वाद भने चाख्न सकेनन् । नाटकको निक्कै रौनकताका साथ पुगेको टोलीले प्रस्तुत गरेको नाटकमा संवाद नबुझ्ना कलाकारलाई नै असजिलो महसुस भएको थियो ।
यस अघि बंगलादेशमा आफ्नो प्रस्तुती गरेको नेपाली टोलीले भारतको गुहाटी पछि कोलकतामा आफ्नो प्रस्तुती गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्