पनिकामा परीक्षासंग सम्बन्धीत विज्ञहरु नहुदा परिक्षा मर्यादित भएन

पनिकामा परीक्षासंग सम्बन्धीत विज्ञहरु नहुदा परिक्षा मर्यादित भएन

बिनु तिम्सिना

बिराटनगर फाल्गुन ९

त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर चिन्तामणी पोखरेलले विश्व विद्यालयले परिक्षा सम्बन्धी विज्ञ नियुत्ति गर्न नसक्दा विश्व विद्यालयको परीक्षा मर्यादित र व्यवस्थित हुन नसकेको बताउनुभएको छ ।

पूर्वाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सनिबार  विराटनगरमा सम्पन्न त्रिभुवन विश्वविद्यालय र यसको परीक्षा प्रणाली विषयक विचार गोष्ठीमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले विश्व विश्वविद्यालयले परीक्षा जस्तो संवेशदनशिल विषयमा परीक्षा नियन्त्रण कार्यालयमा विज्ञको व्यवस्था गर्न नसेकाले परीक्षा प्रभावकारी हुन नसकेको बताउनुभयो ।

पनिकामा परीक्षासंग सम्बन्धीत विज्ञहरु नहुदा हरेक वर्ष हुने परीक्षामा बजारमा आएका गेस पेपर र गाइडका आधारमा प्रश्न पत्र तयार हुने गरेको उहाले बताउनुभयो । परीक्षामा प्रश्नहरु दोहोरीने र बजारका गेसपेपर र गाइडका भरमा प्रश्न पत्र तयार गर्ने परिपाटिको अन्त्य नभएसम्म विद्यार्थीलाइ कक्षा कोठामा राखेर सिक्ने वातावरण बनाउन नसकिने र गुणस्तरीय जनशक्ति निर्माण गर्न समेत नसकिने उहाले बताउनुभयो । प्रश्नपत्र निर्माण कर्ताले गाइड , गेशपेपर र पुराना प्रश्नपत्रहरुबाट परीक्षाको प्रश्न तयार गर्ने परिपाटिले वास्तविक लेखकका पुस्तक पढ्ने भन्दा गाइड र गेसपेपर पढ्ने विद्यार्थीहरुको उत्पादन भइरहेको उहाको भनाइ छ । कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्टार लिलाराम उप्रेतिले आंगीक क्याम्पसहरुले प्रयोगात्मक विषयको नम्बर पठाउन ढिला गर्नेगरेका कारण परीक्षाको नतिजा निकाल्न ढिलाइ हुने गरेको बताउनुभयो ।

होमसेन्टर र पेयिङ सेन्टर पद्दतिले पनि परीक्षामा बिकृति आएको उहाको भनाइ छ । त्यस्तै कार्यक्रममा बोल्दै मानविकी संकायका डिन प्राध्यापक डाक्टर चिन्तामणी पोखरेलले राजनितिक दवावका कारण टियुको परीक्षा मर्यादित हुन नसकिरहेको बताउनुभयो । परीक्षा संचालनका लागि नियुत्तहुने केन्द्राध्यक्ष तथा पर्यवेक्षक नियुत्तिमा हुने राजनितक भागवण्डाको खेलले परीक्षा मर्यादित बनाउन नसकिरहेको उहाको भनाइ छ । कार्यक्रममा विश्वविद्यालयको वर्तमान परीक्षा प्रणालीका विषयमा महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पुका प्राध्यापक वेदराज आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै पनिकाका उपप्रशासक नविन्द्रप्रसाद भण्डारीले विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वार्षिक परीक्षा प्रणालीको कार्यसम्पादनमा देखिएका समस्याा र समाधानका उपायहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्