धिमालको अस्तित्वको अस्वीकार नगर आस्थाको केन्द्र फालिएपछि केरौन बरबयरवनका धिमालहरु असन्तुष्ट

धिमालको अस्तित्वको अस्वीकार नगर आस्थाको केन्द्र फालिएपछि केरौन बरबयरवनका धिमालहरु असन्तुष्ट

अर्जुन जम्नेली/विजय धिमाल
उर्लावारी १० फागुन
मोरङ, केरौन÷स्वच्छ, सफा पानीको मुहान, नजिकै विभिन्न रंगिन अविरले सजाइएको शिव लिङ्ग लगायतका मूर्तिहरु, वरिवरी ध्वजा सहितको त्रिसुल तर बाहिरभने धिमाल समुदायको अस्तित्व बोकेको प्रतिक कलशहरु कोल्टिएको, घोप्टिएको फोहोर मैलासंगै लडिरहेको ।
लाग्छ आदिवासी धिमालहरुको अस्तित्व जोडिएको ती सातकन्याको प्रतिक कलशहरु दुई बर्ष अघिदेखि निरन्तर रोइरहेको छ । दृश्य हेर्दा त्याहा पुग्ने दर्शकहरुलाई त यस्तो लाग्छ । सम्मानित स्थानबाट आफ्नो अस्तित्व झल्काउने कलशहरुलाई जवरजस्ति फ्याकिदिदा स्थानीय धिमालहरुको मनमा पक्कै शान्त छैनन ।
प्रसंग मोरङ केरौन—१ स्थित ‘कालिकोशी सातकन्या सिमसार तथा पर्यटकीय क्षेत्र’ निर्माणाधिन स्थालको हो । कालिकोशी खोलाको मुहान समेत रहेको त्यस स्थानमा एकातिर बाँसको घेराबारा भित्र शिव, पार्वती, गणेश लगायतका बिभिन्न देवी देउताको मूर्ति, त्रिसुल, तामाको कलशलाई रंगि विरंगी ध्वजाहरुले समेत सजाइएको छ । बाँसको रंगिन घेराबार बाहिर देब्रेपटी धिमालहरुको धार्मिक आस्ताको प्रतिक सातकन्या भित्रको सम्मानित स्थालबाट फालिएको अवस्थामा भेटियो ।
धिमाल र कालिकोशी
पूर्वी नेपालको सुनसरी इटहरीदेखि करिव साढे २२ किलो मिटर पूर्व पूर्व पश्चिम मुख्य सडकको मोरङ कनेपोखरी दक्षिण साढे ३ किलो मिटरको दुरीमा केरौन—१ घलेटोल पर्छ । केरौन र बयरवन गाविसहुदै बग्ने कालिकोशी खोला आसपासको बस्तिहरु धिमाल जातिकै आदिम बासोबास हो । औलो रोगको उन्मुलन पश्चात पूर्वी पहाडको विभिन्न ठाउँबाट बसाई आउने क्रममा अहिले त्यस क्षेत्रमा धिमाल जाति अल्पमतमा पर्दै गए । यी दुई गाविसमा डुम्रिघाट, कालिकोशी, जहदा, धापगाउँ र बयरवन गरी पाँच वटा टोल समितिहरु क्रियाशील रहेको छ । त्याहाका धिमालहरुले बार्षिक रुपमा जात्रि, सिरिजात अर्थात धार्मिक साँस्कृतिक कार्यगर्ने एउटा स्थाल हो डुम्रिघाट कालिकोशी ।
अपमानको कथा यसरी अघि बढ्छ
पानीको श्रोत अर्थात सिमसारको संरक्षण, धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय तहमा आय आर्जन लगायतको उदेश्य राखेर २०७० सालमा स्थानीय धनबहदुर विष्ट, कविराज गुरुङ, हेमबहादुर तिम्सिना, दुर्गा गौतम लगायतको पहल सुरु भएको बुझिन्छ ।
कालिकोशी सातकन्या सिमसार पथा पर्यटक विकास संस्थाको स्थापना भयो । त्यस समितिको तत्कालिन अध्यक्ष धनबहादुर विष्टको नेतृत्वमा आर्थिक संकलन गर्ने उदेश्य राखेर २०७१ साल माघमा दीनबन्धु पोख्रेलको उपस्थितिमा श्रीमद्भागवत सप्ताह धनधान्यञ्चल पूर्वाञ्चल व्यापी धार्मिकमहोत्सव महायज्ञ लगाउने निर्णय भयो । त्यस क्षेत्रमा सातकन्या भन्ने बितिक्कै आफूहरुले मान्ने सात बेराम ९कन्या०को कथा जोडिने धिमाल समुदायको दावि छ ।
स्थानीय ललबहादुर धिमालको अनुसार धिमालहरुले साली दिर बेराम, लाक्ष्मी दिर बेराम, ढाले दिर मेराम, जल दिर बेराम, सारस्वती दिर बेराम, इमाई डिङडिङ दिर बेराम गरी सातकन्याको सृष्टिको कथा आउछ । धिमालहरुले तिनै सात जना दिदी बहिनीलाई सातकन्याको रुपमा मान्दै आएका छन् ।
महायज्ञ हुने भएपछि उद्घाट लगायत सबै स्थानमा धिमाल लगायतका १८ वटा आदिवासी जनजाति संघ संगठनहरु पनि सहभागिताको लागि बोलाइयो । तर, महायज्ञ हुनु अघिनै डा। सोमप्रसाद खतिवडाको नाममा कालिकोशी सातकन्या सिमसार तथा पर्यटकीय क्षेत्र भनेर एउटा पुस्तक प्रकाशन गरेर गाउँमा वितरण सुरु भयो । पुस्तकमा सातकन्या भनेको सातवटा देवी नभएर एउटा हिन्दू देवीको नाम रहेको ब्याख्या भयो । उक्त पुस्तकमा धिमालहरुले मान्ने गरेको सातकन्याको इतिहास मेटाउने गरी ल्याइएपछि स्थानीय सुर्य धिमाल, प्रकास धिमाल लगायतले असहमति जनाउन थाले ।
धिमालको मिथक अनुसार अयोजक संस्थाको नाम सातकन्या राखिएपनि इतिहास बङ्याएर पुस्तक निकालेकोमा स्थानीय धिमालहरुको असहमति रह्यो । सातकन्याको ब्याख्या जवरजस्ति हिन्दूकरण गरेर पुस्तक निकालिएकोमा विवाद भइरहेको बेला प्रस्थावित स्थानमा आयोजकहरुले फेरि शिवजीको मूर्ति ल्याएर राखियो । १२० पृष्टको पुस्तकको साथ पर्याप्त सल्लाह नगरी शिवजी लगायतको हिन्दू धर्मको मूतिहरु राखिन थालेपछि त्यस कार्यप्रति असहमति राख्दै धिमाल मिथक अनुसारको सातकन्या राखिनुपर्ने माग गरे । हिन्दू धर्म ग्रन्थहरुमा अहल्या, द्रौपदी, तारा, सीता र मन्दोदरीलाई पाँचकन्या भनिए पनि सातकन्या त्यति स्थापित छैन् । प्रकाशित उक्त पुस्तकमा सप्तषर््िाकी पत्नीलाई सप्तकन्या भन्ने गरेको भनेर हिन्दू धर्मसँगै जोडिएको छ ।
विवाद भएपछि प्रस्तावित पर्यटकीय क्षेत्रमा सवै धर्मको प्रतिकहरु राख्ने सहमति भयो । सोही सहमति अनुसार धिमाल समुदायले सात वटा कन्याको नाम सहितको व्यानर र सात वटा माटोको कलशहरु ल्याएर राखे । कन्याहरुको नाम सहितको व्यानर राखेको केही बेरमै धिमालहरुलाई हटाउन दवाव दिन थालियो । धिमालको व्यानर हटाउन नमान्दा आयोजकहरुबाट कमल, विनोद लगायतका धिमाल युवाहरुलाई कुटपिटको प्रयास समेत भएको स्थानीय सुर्य धिमालले बताए । सातकन्याको नाम सहितको धिमालको ब्यानर हटाउने र नहटाउनेवीच झडप हुन खोजेपछि शसस्त्र र जनपद प्रहरीको ठूलो उपस्थिति भएको थियो । प्रहरीले समेत धिमालहरुलाई नै व्यानर उठाउन दवाव दिएपछि ब्याध्य भएर हटाउनु परेको सुर्य धिमालको भनाइ छ । व्यानर मात्र होइन धिमाल समुदायले राखेको सातकन्याको नाम सहितको कलश शिव, पार्वती, गणेशको मूर्तिहरु भएको स्थानबाट बाहिर निकालेर फालियो । धिमालहरुको अस्तित्व बोकेको कलशहरु फाल्नेहरुको खोजी गर्दा त्यसवेला साम्प्रदायिक दंगाको वातावरण बढेपछि चुपचाप बसेको स्थानीय धिमालहरु बताउछन् । यद्यपि अन्य मूर्तिहरु भएको सम्मानित स्थानबाट झिकेर बाहिर फालिएको अन्त्यन्त तितो यथार्थ बोकेको ती कलशहरुको कथा दोहो¥याउन भने धिमालहरुले छाडेका छैन् । चासो गर्दै कोही त्याहा पुगेको खण्डमा त्यही कथा फेरि दोहोरिन्छ ।

महायज्ञबाट रकम सुन्य
महायज्ञमा १ करोड बराबरको आर्थिक संकलन भएको आयोजक संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका थिए । ज्ञानमहायज्ञमा ३० लाख नगद, २२ कट्ठा जमिन, ३ सय ३९ मन धान, ३० मन चामल र ७ लाख वचन दान सहयोग उठेको महायज्ञ आर्थिक समिति संयोजक टंक चुडालको भनाई सहित संचार माध्यममा सार्वजनिक भएको थियो ।
महायज्ञको मुल उदेश्य आर्थिक संकलन गरेर त्यस क्षेत्रको विकास गर्नु थियो । कालिकोशी सातकन्या सिमसार तथा पर्यटन विकास संस्थाको गत भदौ १८ गनेको अधिवेसनले कविराज गुरुङ अध्यक्ष बनेका छन् । गुरुङ महायज्ञ लगाउदा संस्थाको संरक्षक थिए ।
यद्यपि समितिको कोषमा अहिले नगद नभएको अध्यक्ष गुरुङले बताए । रकम के भयो भन्ने प्रस्नमा वर्तमान अध्यक्ष गुरुङले ११ लाख कथा वाचक दीनबन्धु पोख्रेललाई दिएको सुनेको उनले बताए । अरु रकम यातायात, प्रकाशन, सञ्चार लगायतमा खर्च भएको बताए । महायज्ञमा भएको आर्थिक र जग्गा केही नउठेको अध्यक्ष गुरुङले बताए ।
कथा वाचक दिनबन्धु पोख्रेलले महायज्ञ कै बेला आफ्नो बाबु दिनबन्धु पोख्रेलको नाममा एन।पी। फाउण्डेशन बनाउन प्रस्ताव गरेका बताइएको छ । केही महिना अघिसम्म दिनबन्धु पोख्रेलले फाउण्डेशन बनाउन प्रस्ताव गरेपनि आफूले अस्वीकार गरेको संस्थाका बर्तमान अध्यक्ष गुरुङले बताए । संस्थाले उक्त क्षेत्रको विकासको लागि स्थानीय विकास, पर्यटन, वन र संस्कृतिक मन्त्रालयमा मन्दिर निर्माण लगायतको बिषयमा आर्थिक प्रस्ताव पेस गरिएको अध्यक्ष गुरुङको भनाइ छ । रकम आउने नआउने केही जानकारी नआएको उनले बताए ।

धिमाललाई विस्थापित गर्ने सरकारी योजना भएको आरोप
इसमाता अन्लाइन प्रतिनिधिसँगै केरौन पुगेका धिमाल समुदायको सामाजिक संस्था धिमाल जाति विकास केन्द्रका केन्द्रीय महासचिव केदार धिमालले केरौनमा भएको हर्कत राज्यको धिमाललाई साँस्कृतिक हिसावले सिध्याउने खेल भएको आरोप लगाए । धिमालहरु प्रकृति जल, जमिन, रुख, विरुवा अर्थात प्रकृतिलाई पुजा गर्छन । सोही अनुसार केरौनको घलेटोल स्थित कालिकोशीको मुहानमा धिमालहरुले पुजा गर्दै आएकोमा विस्थापित गर्न स्थानीय प्रशासन समेत लागेको महासचिव धिमालको आरोप छ । डाँगिहाट लक्ष्मीमार्गमा पनि धिमालहरुले साँस्कृतिक चाड मनाउदै गरेको स्थान प्रहरी प्रशासन समेत लागेर अतिक्रमणको नाममा खोसिएको महासचिव धिमालले बताए । यस्तै बयरवनको भलुवा भन्ने स्थानमा समेत टेलिकमको टावर राख्न खोजिएपनि धिमालहरुको अस्वीकारपछि अन्त सारिएको धिमालले बताए ।

अख्तियार र मानवअधिकार आयोगमा मुद्धा
केरौन मोरङमा धिमालहरुको अपमानित ब्याबहार प्रस्तुत भएपछि संस्थाको तत्कालिन धनबहादुर विष्ट र बर्तमान अध्यक्ष कविराज गुरुङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल काठमाडौंमा उजुरी परेको छ । महायज्ञको नाममा विभिन्न सरकारी निकाय तथा सर्वसाधारणबाट उठेको रकम शक्ति दुरुपयोग गरी भ्रष्टचार भएको, धर्मको नाममा ठगि गर्दै स्थानीय स्तरमा सद्भाव समेत भढ्काउने काम गरिएकोले कारबाही माग दावि गरिएको छ ।
नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह९लाहुर्निप०ले अख्तियार मात्र होइन राष्ट्रिय मानव अधिकार आयोगमा समेत पेस भएको छ । कविराज गुरुङ र धन वहादुर विष्टको कारण धिमाल समुदायको धार्मिक सांस्कृतिक अधिकार उल्लंघन र मानव अधिकारको समेत उल्लंघन भएको दावि गर्दै पीडकलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग दावि भएको छ ।
उजुरी पत्रमा घट्नाको सम्पूर्ण विवरण उल्लेख गर्दै सरकारी तथा गैर सरकारी निकायहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुमा ब्यवस्था गरिएको आदिवासीहरुको अधिकारहरुलाई उल्लंघन गरेको उल्लेख छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को २ र १८, सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि धारा १, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा १ ९१० र २ ९२० उलंघन भएको उल्लेख छ ।
नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा १ ९१० र १८ ९१० मा ब्यवस्था गरिएको धार्मिक तथा साँस्कृतिक अधिकारलाई उल्लंघन गरिएको त्याहा उल्लेख छ । आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र«संघीय घोषणपत्रको धारा १८ ले प्रत्याभूत गरेको सहभागिताको अधिकार, १९ ले गरेको ९एफ।पी।आइ।सी।० सम्बन्धी अधकिार, ११ र १२ ले गरेको साँस्कृतिक अधिकार र ३२ ले प्रत्याभुत गरेको आदिवासीहरुको भूमि तथा प्राकृतिक स्रोत र साधानमाथिको अधिकारलाई उल्लंघन गरिएको छ । नेपालको संविधानको धारा १६, धारा ५१९ञ०९८०बमोजिम आदिवासीहरुको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने हक, २६ ९१० ९२० र ३२ ९२० द्वारा प्रत्याभूत आफ्नो परम्परा धर्म संस्कृतिको संरक्षण संरक्षण र अभ्यास गर्ने संवैधानिक हकबाट बन्देज लगाएको हुँदा सांस्कृतिक मानव अधिकारको उलंघन भएको दावि गर्दै कडा कारबाहीको माग दावि गरिएको छ ।

सिमसारको संभावना र धिमाल समुदायको दावि
प्रस्ताव गरिएको सिमसार गाउँको वीचमा पर्दछ । जरुवा पानीको निक्कै ठूलो मुहान छ । भलबाढी आउदैन । कालिकोशी खोलाको मुहान भएकोले केरौन, बयरवन र दर्बेशा गाविसको अधिकांश खेती त्याही खोलाले सिंचाई गर्दै आएको छ । त्यस कारण पानीको स्रोत जोगाउन विभिन्न कार्यक्रम ल्याउन आवश्यकता छ ।
तर, खोलाको भाग बाहेक त्याहा सार्वजनिक जग्गा छैन् । मुहान वरिवरीको जग्ग निजी उपभोगको मात्र रहेको छ । बस्तिको वीचमा पर्छ । महायज्ञमा गरिएको वचन दानको जग्गा पनि कसैले पास गरेर दिएका छैन् । यतावत रुपमा खेति भइरहेको छ । पानीको मुहानमा पुग्ने दुई वटा सडकबाट खोलिएको छ । त्याहाको भौगोलिक अवस्था हेर्दा कल्पना गरिएको जस्जो पर्यटकीय क्षेत्र बन्ने संभावना कम देखिन्न ।
स्थानीय केही व्यक्तिले भने सडक खोलेर घडेरी विक्रीको लागि सिमसारको हल्ला चलाइरहेको भनाइ पनि छ । एकसाथ दुई दुई वटा सडक खोलेर सिमसार बन्ने त होइन त्यस वरिपरी झन मानव बस्ति बढ्ने देखिन्छ । मानव वस्ति बढ्दा पानीको श्रोत झन सुक्ने वातावरणको सिर्जना हुनसक्छ ।
धिमालहरुको प्रकृति पुज्ने स्थान भने पानीको मुहानदेखि करिव ४ सय मिटर दक्षिण पश्चिममा छ । पुर्खाहरुले पहिला त्यही मुहानमा जात्री लगायतको साँस्कृतिक कर्म गर्नेगरेको स्थानीय धिमालहरुको दावि रहेको छ । राज्यले जग्गा दर्ता गर्न थालेपछि बसाई सरी आएका गैर धिमालहरुले मुहान वरिपरी निजी बनाएपछि प्रकृतिको पुजा गर्ने स्थाल तल सार्नु परेको धिमाल समुदायको दावि छ ।
कालिकोशी खोलाको नाम पनि धिमाल भाषामा कार्नी ९सिममा पाइने एक प्रकारको साग० र कुसी ९मुन्टा० पाइने स्थान कार्नीकुर्सी कारिकुशीहुदै कालिकोशी भएको धिमालहरुको दावि रहेको छ । सातकन्या बेराम र कालिकोशी धिमालकै पौरानिक मिथकहरुबाट सिमसारको नाम राखेपछि हुने कार्यक्रम तथा सम्पूर्ण योजनामा धिमाल समुदायले सहभागिता खोज्नु स्वभाविक हो । समानता र सहभागिताको अधिकार खोज्दा धिमाल समुदायको व्यानार जवरजस्ति झिक्न लागाउने, उनीहरुको अस्तित्व बोकेको सातकन्या ९कलश० फालिदिने कार्य अस्वभाविक र अमर्यादित कार्य हो । महायज्ञसँगै त्याहा प्रत्येक बर्षको माघ १ देखि ३ दिनसम्म हिन्दू धर्म परम्परासँग जोडेर मकर मेला लगाउन सुरु भएको छ । धिमालहरुको कथा र अस्तित्व मेटेर जवरजस्ति गर्नु अन्यय पूर्ण कार्य हो । त्यसैले सिमसार वा पर्यटकीय क्षेत्रको रुपमा स्थापित होस वा माघे मेलाको रुपमा मात्र विकास होस स्थानीय धिमालको मन्द आवाजको सरकार अर्थान आयोज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्