बालविवाह रोक्न बिराटनगरका बालबालिका सक्रिय भएसँगै बाल विबाह गर्नेको संख्यामा कमी

<span class='c1'>बालविवाह रोक्न बिराटनगरका बालबालिका सक्रिय भएसँगै</span> <span class='c2'>बाल विबाह गर्नेको संख्यामा कमी</span>

'बालविवाह रोक्न बालबालिकाले अभियान थालेको छोटो समयमै ठूलो उपलब्धि भयो', धिमालले भने। त्यसो त बालमैत्री नगर बनाउने उद्देश्यले अभियान थालेको विराटनगर उपमहानगरपालिका पनि बालबालिकाका सबालमा संवेदनशील बन्न थालेको छ। बालसहभागितालाई ध्यान दिंदै उपमहानगरपालिकाले बालमैत्रीनगर घोषणा गर्न अन्तिम चरणको तयारी गरिरहेको उपमहानगरपालिकाले यो वर्षको निती तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा पनि बालबालिकालाई नै प्रमुख अतिथि बनाएको थियो। सँधै मन्त्रीहरूलाई बोलएर अतिथि बनाउने उपमहानगरपालिकाले बालमैत्री विराटनगर हुनलागेको जनाउ दिन यो वर्ष बालबालिकालाई नै प्रमुख अतिथि बनाएको हो ।

बालमैत्री नगर घोषणाका लागि तयारी अन्तिम चरणमा पुगिसकेको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार विराटनगर उपमहा

नगरपालिकाले बालमैत्रीका लागि आवश्यक मापदण्ड र सूचकहरू पुरागरिसकेकाले यसै बर्ष बालमैत्री नगर घोषणाको तयारी गरिएको हो । उनले भने'विराटनगरलाई यसैवर्ष बालमैत्री नगर घोषणा गर्दैछौं।'

विराटनगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारीस"गै नगरमा निश्कृष्ट प्रकारको काम गर्ने बालश्रमिकहरूको संख्यामा पनि कमी भएको छ। नगरमा ४ वर्षदेखि निश्कृष्ट प्रकारको बालश्रमिक घटाउन अभियान चलाइएको थियो । विराटनगरका होटल, उद्योगलगायतमा अनुगमन गरी निश्किृष्ट प्रकारको काम गरिरहेका बालबालिकाको उद्दार पनि गरिएको थियो। नगरमा ५ वर्ष देखि अभियान सञ्चलन गरेका कारण २०६९मा नगरमा २ हजार ७सय ८१ बालश्रमिकको संख्या घटेर २०७२मा ५ सय ५२जनामा सीमित भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले विराटनगरका होटल, घर तथा उद्योगहरूमा बालश्रमिक राख्न नपाउने व्यवस्था कडाइकासाथ लागुू गरेको छ । बालवालिकालाई जोखिमपूर्ण काममा लगाउन नमिल्ने धिमालले बताए । उनले भने, 'बालबालिकालाई जोखिमपूर्ण काममा लगाएको पाइए श्रमिकको उद्दार गरी श्रमम लगाउनेबाट क्षतिपूर्ती भराउने गरेका छौं।'

श्रममा लगाएको प्रकृति हेरेर श्रमिकलाई उद्धार गरी अभिभावको जिम्मा लगाउने र श्रममा लगाउनेबाट २० हजार रुपैयाँसम्म क्षतिपूर्ती भराउने गराएको उनले जानकारी दिए । नगरक्षेत्र भित्र सञ्चालनका लागि दर्ता भएका होटलहरुलाई बालश्रम मुक्त होटल लेखेको स्टीकर टास्न अनिवार्य गरिएको छ । बाल श्रम मुक्त नगरे होटलहरुको दर्ता र नविकरण नै नगरिने धिमालले बताए । उनले भने, 'होटल, साना उद्योग लगायत जोखिम पूर्ण कामहरुमा बाल श्रम प्रयोग गर्न दिदैनौ ।' २०६८ सालको जनगणना अनुसार विराटनगरमा ७९ हजार ९ सय ७ जना बालबालिका छन् । जुन कुल जनसंख्याको ३९.७३ प्रतिशत हो । विराटनगरको कुल जनसंख्या २ लाख १ हजार १ सय २५ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्