जात्रि-सृजातमा व्यस्त धिमाल समुदाय

<span class='c1'>जात्रि-सृजातमा व्यस्त</span> <span class='c2'>धिमाल समुदाय</span>

विजय धिमाल
राजघाट १२ जेष्ठ
नयाँ वर्षको सुरुवात सँगै बैशाख २ गते देखि धिमाल जातिहरुको महान पर्व जात्रि÷सृजात सुरु भएको हो । हाल धिमाल बस्तिहरुमा ढोलको आवाज ढङढङ जुन्जन थालेको छ । कतै मेला त कतै पुजा लगाएर कतिपय ठाउँहरुमा यो पर्व सम्पन्न भैसकेको छ भने कतिपय ठाउँहरुमा यसको सुरुवात वा तयारी भैरहेको अवस्था छ । पुरुष पहिरनको त कुरै छाँडौ धिमाल महिला तथा युवतिहरु भने आफ्नो जातिय पहिरन सहित मेला भर्न व्यस्त भएको पाइन्छ । बुढापाकाहरु पनि के कम यत्रतत्र जात्रि-सृजात भर्न व्यस्त भएको नै पाइन्छन ।
received_712637615545563
धिमाल कस्ता जातिहुन त ? भारतियहरुको अगमन भन्दा करिब इ.सं. १००० वर्ष पहिल्यै देखि पूर्वी तराइ भेगको घना वनजंगल वा चारकोषे झाडी र हिन्स्रक जिवजनावर लड्लै आएको इतिहाँस छ । धिमाल आदिवासि जनजाति भित्रको सिमान्तकृत जाति भित्र पर्दछ । धिमाल जातिहरु मुख्यत ः मोरङ, झापा र सुनसरी जिल्लाहरुमा सिमित रहेका छन् । तर हाल नेपालको विभिन्न जिल्लाहरुमा बसोवास गर्ने क्रम जारी छ । किबंदन्ती अनुसार धिमालका पुर्वजहरु स्थाइ बसोबास गर्दैनथे । फिरन्ते अवस्थामा सिकार खेल्दै एक–एक समुह भएर बस्ने गर्थे । कालान्तरमा धिमाल जाति अस्थयी नभइ स्थाइ रुपमै गोलबद्घ भएर १०–१५ घरदेखि ५०–१०० घरसम्म बसोबास गर्दै आएको धिमाल जातिय विकास केन्द्रका केन्द्रिय सदस्य दिपक धिमाल बताउछन् । जे भएपनि परापूर्वकाल देखिनै आफ्नो कला, संकार, संस्कृति, भाषा र भेषभुषा संरक्षण ,सम्द्र्घन गर्दै आएको पाइन्छ धिमाल जाति । पहिरनको सवालमा भने पुरुषले भन्दा महिलाहरुले आफ्नो जातिय पहिरनको संरक्षण साथै धिमाल पहिचान झल्काएको प्रष्ट छ ।

उहिले तराइमा बसोबास गर्न निकै कठिन थियो । तराई बसोवास चानचुने कुरो थिएन । उसताका तराई क्षेत्र घनाजंगल थियो। धिमाललाई अ‍ैँलो प्रभावित तराईको भुमिपुत्र भन्दा दुइमत नहोला । यो जातिको आफ्नै धामि÷पुरोहित (ओझ) हुन्छ । विविध पुजाआजा, जन्म, मृत्यू, विवाह, संस्कार र संस्कृति आफ्नै जातिको पुरोहितद्वारा कार्य सिद्घ गरिन्छ । यद्यपि, यतिबेला कतिपय धिमाल बन्धुहरुले अन्य जातिको पुरोहितद्वारा पनि जजमानि गरेको पाइन्छ । ग्रामथान तथा महाराजथान र्निमाण गरी वर्षमा एक पटक धिमालहरु पुखौँ देखि पुजा गर्ने चलन रहिआएको छ । ग्रामथान तथा महाराजथानमा पुजाआजा गर्दा फलफुल लगायत सुँगुर, बोका, बाख्रा, हाँस, कुखुरा, परेवा आदिको बलिदिने र रक्सी पनि चढाउने चलन रहेको धिमाल जातिय विकास केन्द्रका न्याय विभागिय प्रमुख कुमार धिमालले बताए ।

धिमाल गाँउ टोल बस्तिहरुको ग्रमथान÷महाराजथानहरुमा मेला लगाइ गरिने पुजालाइ जात्रि भनिन्छ । र यो जातिको मूख्य बाजा ढोल बजाएर प्रतिस्पर्धा गरि प्रथम, द्वितिय, त्रितिय र सानत्वना हुनेलाइ क्षमता अनुसार नगद रुपैया बाट पुरस्कृत गरिन्छ । तर हाल आएर कतिपय गाउँटोलहरुमा प्रमाण पत्र र ट्रफि सहित नगद दिने पनि गर्दछन । ढोल प्रतिस्पर्धामा छिमेकी गाँउ टोलका धिमाल जाति नै हुन्छन । कतै १० त कतै २०÷२५ गाउँटोलहरु बट ढोल प्रतियोगीमा सहभागी रहेको पाइन्छ । जहाँ मेला लाग्दैन वा लगाइदैन, ढोलको प्रतिस्पर्धा गरिदैन त्यसलाई सिरिजात भनिन्छ । कसै कसैले भने यस जात्रि÷सृजात पुजालाई ढङढङे मेला वा पुजा भनेर यो ऐतिहासिक पर्वकै अपब्याख्या गरेको पनि भएको छ । यतिसम्मकी, ढङढङे मेला भनेको केटाले केटी र केटीले केटा हेर्ने अर्थात केटाकेटी रोज्ने मेला हो भनेर यस पर्वलाई भद्दा र बिकृत बनाउनेहरुको कमी छैन । वयस्कहरुले यस पर्वलाई जसरि चित्रण गरेपनि धिमाल जातिय विकास केन्द्रले भने यस्ता हल्का टिप्णी गर्न र प्रवृति देखाउन रोक लगाउदै आएको छ । परापूर्वकालमा मन परेकी स्त्रीलाई जबरजस्ती काँदमा हालि पुजापाठ गर्ने कोठामा केहिदिन बन्धक बनाएमा आफ्नी श्रीमती वा बुहारी बनाउने प्रचलनलाई धिमालहरु कार्दैनन् । तर जात्रि÷सृजात मनाउनुको अर्थ भने अतितमा जंगलका हिंस्रक जनावर, अनेकौँ रोगव्याधि, महप्रलय, अनाबृष्टि, अतिबृष्टि, अनिकाल, खडेरी, आगलागि लगायत अनेकौँ संकटहरु बाट बच्न र बचाउनका खातिर ग्रामथान÷महाराजथानमा देरादिर(भगवान)घरदेखि केहिपर वा धिमाल समुदायको पूर्वपट्टी थान र्र्निमाण गरि वर्षको एक पटक पुजाआजा परापूर्वकादेखि हाल सम्मगर्दै आएको धिमाल जातिय विकास केन्द्रको सामाजिक नियामावलीमा उल्लेख छ । यो पुजा गरिसकेपछि ती अराजक तत्व लगायत जीव–जनावरदेखि विविध कुराहरुले नसताओ भनेरपुरै आफ्नो गाउँलाई तन्त्रमन्त्रले बाँध्ने गरेको धिमाल जातिय विकास केन्द्रका केन्द्रीय धामी अध्यक्ष जय बहादुर धिमाल बताउछन् ।

धिमाल जातिको थानमा कुनै मुर्ति-प्रतिमा हुदैन । यीनिहरु माटोद्वारा बनाइएको हस्तलिपी निर्मित हात्ती, घोडा र बाख्रा र वनजंगल, खोलानाला, जीवजनावरलाई पुकारी पुजाआजा गर्ने गरेको पाइन्छ । यस पुजाआजामा धिमाल जाति मात्र नभएर गैर धिमालहरु पनि आफ्नो मनोकांक्षा पुरा हुनेगरेको वा भएको भनि विश्वासका साथ थानमा लाम्बद्घ भइ पुजामा संलग्न भएको पाइन्छ । जात्रि-सृजात पुजाको सुरुवात विक्रम सम्वतको नयाँ वर्ष प्रवेशको वैशाख २ गते मोरङको भोगटेनी राजारानी धिमाल डाँडाबाट प्रारम्भ हुने धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष नगेन्द्र बहादुर धिमाल बताउछन् ।
वैशाख २ गते मोरङको भोगटेनी राजारानी जात्रि लगतै झापाको धिमालगढमा बैशाख ३ गते लगाइदै आएको छ । त्यस्तै मोरङ जिल्लाको आसपास खोर्सानेमा बैशाख १५ गते, उर्लावारी तिनघरेमा बैसाख १९ गते माटिगाउमा जेठ २१ गते, पथरीमा जेठ ३ गते, रिङगुवामा ११ जेठ गते, किर्तिपुर क÷ख मा जेठ ७÷९ गते, कालाबान्जारमा जेठ २२ गते, सुनझोडामा जेठ २३ गते, बालुहाइमा असार २ गते, जदाहमा जेठ १ गते, तेलकुडिमा जेठ २ गते, ऐयाबारी क र ख मा जेठ २७, काकुममा जेठ १५ गते बेलबारी, बयरबन, उर्लाबारी, अठियाबारी, आम्वारी, दुर्गापुरी, इन्द्रेझोडा, केरौन, हसन्दह, सम्पुका, थापाडाँगी, सुपकुवा क र ख, डुम्रे, कटहरे, भुसि, सालवारी, रिंगुवा, कुशे शनिश्चरे, किर्तिपुर, भातेगौडा, तितिरिझाक, तिलाइझर, डाँडागाउँ, जनघट्टा, पाङग्रेझलास, अठियाबारी, इटहरा, खाइवाटोल, मधुल्ला, लक्षिमिझर, भिङगामारी आदि ठाउँहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्