देवराज सुबेदी, भोजपुर,
मन मिलेपछी धेरै काम हुन सक्छ भन्ने उदाहरण पेश गरेका छन् बैदेशिक रोजगारीमा गएका युवाहरुले । विदेशिनु पर्दाको पिडा वेदना पोख्ननेऽ राजनीतिको आलोचना गर्ने माध्यम बन्दै गइरहेको फेशबुकलाइ सकfरात्मक सोच चिन्तन तथा काम र गाँउको विकासको लागि छलफल गर्ने माध्यमको रुपमा उपयोग गर्दै आफ्नो कमाइलाइ गाँउको विद्यालयको विकासका लागि करिव एकलाख असि हजार बराबरको सहयोग जुटेको छ ।
प्रसंग भोजपूर जिल्लाको उत्तरी गाविस देउराली वार्ड नं पाँच तथा सातको केहि भुभाग समेटेको दाङसिङजोर गाँउको हो । यस क्षेत्रको एकमात्र शैक्षिक थलोको रुपमा रहेको दाङसिङजोर प्रावि शैक्षिक जनशक्ति¸ स्रोत साधन र विद्यार्थी संख्याको अभावमा रुग्ण वन्दै गईरहेको छ । हाल दुई स्थायी¸ एक अस्थायी¸ एक वालकक्षा शिक्षक र एक पियन रहेको उक्त विद्यालयमा यस शैक्षिक सत्रमा साठी जना विद्यार्थी भर्ना भएका छन् । ति विद्यार्थी मध्ये एक तिहाई भन्दा कम विद्यार्थी मात्र नियमित हुने र विचमै कक्षा छोड्ने दर उच्च रहेको छ । विद्यालयको सेवा क्षेत्र धेरै भएर पनि तराई र शहरतिर वसाई सर्ने क्रम तिव्र भएको र भएका वालवच्चा समेत पढाउने उमेर भएपछि शहरतिर लैजाने प्रचलन विकाश भएको छ । अर्कोतिर नागरिकता वनाउने उमेर पुगेसँगै पासपोर्ट वनाई विदेशिने क्रम वढिरहेको छ । आफुले पढ्न नसकेको वा नपाएको त्यहि पिडालाई अनुभूत गरि वैदेशिक रोगजारीमा रहेका यसै विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयमा कम्प्युटर शिक्षा र अंग्रेजी माध्यमबाट शिक्षण गराउने वातावरण वनाउन सहयोग जुटाएका हुन् ।
मलेशिया¸ दुवई कतार लगायत देशमा रहने शंकर महत¸ फडिन्द्र खत्री¸ घनेन्द्र खत्री¸ लगायतले फेसवुकमा स्टाटस सेयर गर्दै गाँउको विकाशमा सहयोग गर्न अभियान नै संचालन गरे । त्यसपछि फेसवुककै 'HAMRO DANGSINGJOR' र सहयोगी हातहरु ग्रुप च्याटबाट पहिलो चरणमा विद्यालयलाई एक कम्प्युटर र एक प्रिन्टर जुटाउने निर्णय भयो । च्याटमा सक्रिय रहनेबाटै सहयोगको घोषणा हुँदै जाँदा एक लाख भन्दा वढि रकम संकलन हुने भएपछि वैंक खातामा रकम जम्मा हुन थाल्यो । त्यसमा नेपालमै विभिन्न पेशा र रोजगारीमा रहने सहयोगी हातबाट समेत गरी छोटो अवधीमै एक लाख एकसट्टी हजार तीन सय पन्चानव्वे र लोकेन्द्र कार्कीबाट करिव विस हजार मुल्य वरावरको एक प्रिन्टर सहयोग उपलव्ध भयो । उक्त रकमबाट मर्मत संभार कोषमा रु नौ हजार छ सय वयासी राखि चार कम्प्युटर¸ एक प्रोजेक्टर खरिद गरि प्रिन्टर समेत गत वैशाखमा एक कार्यक्रम गरी विद्यालयलाई हस्तान्तरण गरियो ।
गाँउमा रहेर उक्त कामको संयोजन गरेका हाल पञ्च मावी दिक्तेल खोटांगमा शिक्षण गर्ने भुपाल खत्री भन्छन् जन्मभुमिको माया¸ सवैको साथ र सहयोगले काममा हौसला मिलेको छ तर यसको दिगो व्यवस्थापन¸ निरन्तरता र शिक्षण सिकाईमा यसको प्रभावकारी उपयोगिता वढाउन चुनौतिपूर्ण पनि छ । विद्यालय व्यवथापन समिति अध्यक्ष जीवन थापाले शिक्षकलाई नै पहिला कम्प्युटर सिकाउनुपर्ने भएकाले एक महिनाको लागी छिमेकी विद्यालयका कम्प्युटर शिक्षक अर्जुन ढकालले तालिम दिन सुरु गरिसकेको जानकारी दिए । प्रअ शेर वहादुर पौडेल यि कामलाई सकारात्मक रुपमा लिँदै आगामी वर्षदेखि कक्षा १ देखि अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरिने योजना सुनाउछन्। सहयोग जुटाउने मध्येका एक अभियन्ता शंकर महत थप सहयोग गर्न र अन्य सहयोगी हातहरु समेत सहयोग गर्न ईच्छुक रहेको र यसलाई क्षेत्र विस्तार गरी क्रमश: गा.वि.स. र जिल्ला स्तरमा सहयोग सहभागिता जुटाई नमुना कार्य गर्ने सोच रहेको बताउछन् ।
सहयोगी हातहरुको कार्य वास्तवमा प्रशंसनिय रहेको छ । यस कार्यबाट आगामी दिनमा विद्यालयले केही हद सम्म सकरात्मक उपलव्धि दिने अपेक्षा गर्न सकिन्छ । घट्दै गएको भर्ना दर उकास्न¸ सिकाई प्रतिको वितृष्णा मेट्न र शिक्षामा गुणस्तरीयता ल्याउन यि सामाग्री उपयोगी बन्न सक्छन् । कम्प्युटर वाटै पढ्न सकिने विद्युतीय शिक्षाको विकास भईसकेको हुँदा यसले विद्यार्थीहरुलाई प्रविधि मैत्री ज्ञानमा आधारित अभ्यस्त वनाउन सकिन्छ । तर दिगो व्यवस्थापनको चुनौती पनि उत्तिकै छ । यसको सहि उपयोगिता हासिल गर्न मौजुदा शिक्षकको क्षमता विकास¸अभिभावक र सम्बन्धित पक्षहरुको अनुगमन¸अपनत्व र सवै पक्षको निरन्तर सहयोगको खाँचो रहने छ ।