जनता अल्मलिएको हैन नेता अल्मलिएको रहेछ

<span class='c1'>जनता अल्मलिएको हैन</span> <span class='c2'>नेता अल्मलिएको रहेछ</span>

विजय धिमाल
राजघाट ६ असोज
मोरङको राजघाट गाउ“ विकास समितिको १, २ र ९ नम्बर वार्ड उर्लाबारी नगरपालिकामा गाभिने अन्य तल्लो भेग जोडिने प्रस्ताव आए पछि राजघाटका जनताहरु आन्दोलित छन ।
जिल्ला बाट यस्तो सिमाङकन खाका आएपछि ९९ प्रतिशत जनता नेता बिरुद्ध अस्विकार गर्दै विरोध सभा कार्यक्रम गर्दै सडकमा उत्रेका छन । जनताको माग भनेको पुरै राजघाट गाविस उर्लावारी नगरपालिका संग गाभिनुपर्ने माग रहेको छ । सुविधाका आधारले राजघाटको अन्तिम सिमाना देखि उर्लाबारी पुग्न करिब १५ किलोमिट छ भने तल्लो भेगतिर समेटिएमा करिब २१ किलोमिटर छ । स्थानिय ताथा जिल्ला नेताहरुले जबरजस्ति राजघाट टुक्राउन लागेको वा राजनैतिक भागबन्ड गरेको जनताको बुझाइ छ । यस्तो हर्कत जबरजस्ति भएमा यासको परिणम राम्रो नहुने संघर्ष समिति लगायत स्थानिय ६ वार्डकै जनताको भनाई रहेको छ । स्थानिय जनताको राय वा मत बिना राजनैतिक दलका नेताहरु खुसुक्क जिल्ला गएर सम्झौतामा हस्ताक्षर गर्दैमा सर्वोपरि नहुने स्थानिय जनताको भनाई छ । अचम्मको कुरो यहा“ छ जिल्लामा कसैले हस्ताक्षर गरेकोछैन यो विषयमा यदाकदा सुनिन्छ कुरो कतिको सत्य हो, यदि हस्ताक्षर नगरेको भए यस्तो प्रस्ताव जिल्लाबाट कसरि आयो ? स्थानिय राजनैतिक दल सहमति नभई जिल्लाबाट कसरि यस्तो खाकाको प्रस्ताव आयो ? कित स्थानिय राजनैतिक दलहरुले कुनै वास्ता नगरेको कारणले जिल्लाले आफ्नै ढङगबाट यस्तो खाकाको प्रस्ताव ल्याएको हुनुपर्छ । यादी जिल्लाका नेताहरुको मनसायले यो संरचना खाका बनाई पास गर्न लागेको हो भने के कारणले ३ वटा वार्ड उर्लाबारी र ६ वटा वार्ड तल्लो भेगमा समेटिन खोजिएको हो । आम राजघाटका जनतालाई प्रश्ट्याउनुपर्ने स्थानिय राजघाट ८ का युवा विजय आङबुहाङको भनाइ छ ।
यस्तो अवस्थामा राजघाटका राजनैतिक दलहरु समय लम्बाउन त होइन कहिले कुन पार्टी कहिले कुन पार्टी भन्दै बैढकमा व्यस्त छन । बैठक बसि दुःख गर्नु पर्दैन राजनैतिक दलहरुले यसको समाधान स्थानिय सबै पार्टीहरुले जनता कता जान तयार छन त बृहत भेलागरी वा हस्ताक्ष्यर संकलन गरे पुग्ने राजघाट ९ का युवा रमेश धिमाल बतबउछन । अहिले यो समय भनेको गोप्य बैठक बस्ने समय होइन । उर्लाबारी नगरपालिकाले आफ्नो सिमाङकन भन्दा टा“ढा रहेको गाउ“ विकास समितिलाई आफुतिर तान्न जोड गर्नु भन्दा पनि जोडीएर रहेको गाउ“ विकास समितिको केही वार्ड भन्दा पनि पुरै गाविस नै समेटिदीए बेस र हरेक सुविधाको हिसावले राजघाट उर्लावारी नगरपालिका संगै गाभिन राम्रो हुने स्थानिय शिक्षक सन्त आङबुहाङ बतोछन ।
विगतका दिनमा आफ्नो ठाउ“को अस्तित्व रहदैन भन्दै नगरपालिको नाम के राख्ने भन्ने सवालमा छलफल हुदै अस्ताएको अवस्था थियो । कता जादा वा कता तिर समेटीदा राम्रो भन्ने सवालमै अलमल्ल भएको पक्कै हो तर राजघाटका जनता अल्मलिएको हैन रहेछ नेताहरु अल्मलिएको प्रष्ट छ । मधुमल्ला, उलावारी र राजघाट मिलेर नगरपालिका भए सुनमासुगन्ध थपिने स्थानिय रमेश माङदेन बताउछन । थप्दै सय कारणले सुनमासुगन्ध मधुमल्लामा भनेको जंगल, ढुङगा, गिटि, वालुवा उर्लावारीमा व्यपार व्यवसाय, उद्दोग कलकारखाना, विशाल शहरी क्षेत्र यता राजघाटमा कृषि योग्य जमिन जसबाट उब्जेको हरेक कुराहरु आफ्नै नगरपालिकामा खपत भै भारत लैजान नपर्ने अवस्था हुन्थ्यो र हयो नगरपालिकाको नाममा अस्तित्व कायम राख्न बक्राहा नगरपालिका नाम रहे उत्तम । अस्तित्व यसरि कायम हुन्छ बक्राहा नगरपालिकाको मधुमल्ला, बक्राहा नगरपालिकाको उर्लावारी र बक्राहा नगरपालिकाको राजघाट भन्न सकिन्न र ?
जनताको यी कुराहरु बुझ्दा राजनैतिक खिचातनि वा भागबन्डा नेताहरु बिच भएको प्रष्टिन्छ । राजघाटका नेताहरुको अस्तित्व नै पो हराउने होकी भन्ने सवालमा मुटु बढी धड्कीनु स्वभाविक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्