आचारसंहिता बिपरितका प्रचार सामग्रीको उत्पादनको बजार ह्वात्तै बढ्यो

<span class='c1'>आचारसंहिता बिपरितका प्रचार सामग्रीको</span> <span class='c2'>उत्पादनको बजार ह्वात्तै बढ्यो</span>

भउचप्रसाद यादव,काठमाडौँ, कात्तिक २८ गते ।  निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पोस्टर, ब्यानर, तुल, झन्डा, ब्याच, क्याप, टी–सर्टलगायत विभिन्न प्रचार सामग्रीमा आचारसंहिताअनुरूप नीति बनाएरै मार्गनिर्देश गरे पनि त्यस्ता सामग्रीको उत्पादनको बजार भने ह्वात्तै बढेको छ ।  सहरका भित्ता, खम्बा, सामाजिक सञ्जाल लगायतमा विभिन्न राजनीतिक दलका पोस्टर, ब्यानर, तुल, झन्डा लगायतका प्रचार सामग्री जताततै देख्न पाइन्छ ।  यस्ता प्रचार सामग्रीको व्यापारसँग जोडिएका व्यापारीसमेत चुनावको मिति नजिकिएसँगै झन्डा, ब्यानर लगायतका चुनाव प्रचार सामग्रीको माग अत्यधिक बढेको बताउँछन् ।
निर्वाचन आयोगले यस्ता प्रचार सामग्रीको प्रयोगलाई निर्वाचन आचारसंहिता उल्लङ्घनअन्तर्गत मार्गनिर्देश गरे पनि सोको प्रयोग किन आचारसंहिताअनुरूप हुन सकेनन् भन्ने जिज्ञासामा निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले पोस्टर, ब्यानर, तुल लगायतको प्रयोग गरेका राजनीतिक दल र उम्मेदवारलाई आयोगले नियमानुसार कारबाही गरिरहेको बताउनुभयो ।  चुनावको मिति नजिकिएसँगै तुल, ब्यानर, पोस्टर र झन्डाको माग अत्यधिक बढेको व्यापारीहरू बताउँछन्  ।  मुख्य रूपले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को तर्फबाट पार्टीको झन्डा बनाउन बढी ‘अर्डर’ आउने गरेको व्यापारीहरूको भनाइ छ ।  ललितपुर कुपण्डोलमा फ्लेक्स प्रिन्ट, तुल, ब्यानर, पोस्टर र झन्डाको व्यापार गर्दै आउनुभएका रञ्जित कपुरले सुरुमा निर्वाचन आयोगले तुल, ब्यानर, पोस्टर र झन्डाको प्रयोगमा आचारसंहिता लगाएको सुनेर यसपालिको निर्वाचनमा चुनाव प्रचार सामग्रीको व्यापार कम हुन्छ कि भन्ने चिन्ता लागेकोमा त्यस्तो नभएको बताउनुभयो ।  उहाँका अनुसार प्रचार सामग्रीको व्यापार राम्रै चलेको छ ।  अहिले अरू सामग्रीको व्यापारभन्दा निर्वाचनसँग सम्बन्धित प्रचार सामग्रीको व्यापार राम्रो भइरहेको उहाँले बताउनुभयो ।
कम्युनिस्टको भन्दा काँग्रेसको झन्डा बनाउन महँंगो रहेको बताउँदै उहाँले झन्डा बनाउनमा लाग्ने कपडा, समयअनुसार यसको मूल्य निर्धारण हुने गरेको भन्नुभयो ।  “एमाले र माओवादी पार्टीको झन्डा बनाउन सहज हुन्छ तर नेपाली काँग्रेसको झन्डा बनाउन बढी कपडा र समय लाग्ने गर्छ, त्यसैले कम्युनिस्टको झन्डाभन्दा काँग्रेसको झन्डा महँगो पर्न जान्छ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्