राजविराज विमानस्थलको धावन मार्ग अझै बन्न सकेन

राजविराज विमानस्थलको धावन मार्ग अझै बन्न सकेन

माला कर्ण, सप्तरी, पुस १४ गते । वर्षाैैंदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थल एक वर्ष भित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइए पनि ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसक्दा निर्माणमा ढिलाइ भएको छ । एक वर्ष भित्र नै निर्माण सम्पन्न हुनुपर्नेमा समय सीमा नाघिसक्दा पनि काम सम्पन्न हुन नसकेको हो ।
राजविराज विमानस्थलको कच्ची धावनमार्गका कारण विगत नौ वर्षदेखि यहाँ हवाई सेवा सञ्चालन हुन सकेको छैन । ३० करोड ३० लाख ७४ हजार ५२८ रुपियाँ
(भ्याट सहित) को लागतमा सुरु गरिएको धावनमार्ग ग्राभेल र पिचिङ गर्ने कामको राजधानीका कान्छाराम एण्ड रौहतास कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ । २०७३ मङ्सिर ८ गतेदेखि सुरु भएको काम २०७४ मङ्सिर मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्ने म्याद रहे पनि वर्ष दिन पार गरिसक्दा पनि पिचिङको काम अझ सुरु हुन सकेको छैन ।
कुल एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा १०५ मिटर लामो र २० मिटर चौडा ट्क्यासी वेमा माटो, ग्राभेल, सबबेस र घेरबारको कार्य सकिए पनि पिचिङको काम अझ सुरु हुन सकेको छैन । वर्ष दिन पुार हुँदा पनि निर्माण कार्यले गति लिन नसकेकोमा चिन्ता व्यक्त गर्दै सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधानले यसलाई तीव्रता दिनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयोे, गएको असोज कात्तिकमै यसको निर्माण कार्य पूरा हुनुपर्ने थियो तर गति लिन नसक्नु चिन्ताको विषय हो ।

विमानस्थलको स्तरोन्नति पछि नियमित विमान सेवा सुरु हुने र जिल्लाको विकासमासमेत सकारात्मक परिवर्तन आउने आशमा बसेका सप्तरीवासी निर्माण कार्यमा भइरहेको ढिलाइले निराश भएका छन् । विमानस्थलसम्म पुग्ने नौ सय मिटर सडक खण्ड र कार्यालय भवन पनि अत्यन्त जीर्ण भएकाले धावनमार्गसँगै त्यस्ता संरचनाको पनि जिर्णाेद्धार गर्नुपर्ने प्रधानको भनाइ छ । सप्तरीका पूर्व जिल्ला विकास समिति सभापति सचिन्दर यादवले राजविराज विमानस्थल सप्तरीको मात्र नभई सगरमाथा अञ्चलकै विकासको लागि महìवपूर्ण हुँदा यसको अविलम्ब निर्माणकार्य सकेर सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
कामको ठेक्का पाएका कान्छाराम एण्ड रौहतास कन्स्ट्रक्सन कम्पनीका इन्जिनियर जितेन्द्र यादवले निर्माण कार्य केही सुस्त भएको स्वीकार्र्दै यसका लागि मधेस आन्दोलन, निर्वाचन र मौसम कारक भएको बताउनुभयो । उहाँले भन्नुभयो, मधेस आन्दोलनका क्रममा बन्द हडतालले निर्माण सामग्री र उपकरण ओसारपसारमा समस्या भयो । त्यसपछि गत साउन अन्तिम साताको बाढीले पनि समस्या पा¥यो । इन्जिनियर यादवले पिचिङको काम सुरु गर्न २० डिग्री भन्दा माथिको तापक्रम उपयुक्त हुने र अहिले १० देखि १२ डिग्रीसम्म मात्र भएकाले पिचिङ टिकाउ नहुने भएकाले केही प्रतिक्षा गरेर काम सुरु गर्ने योजना रहेको बताउनुभयो । आफूहरू फागुन चैत्र महिनाभित्र काम सम्पन्न गर्न प्रयत्नरत रहेको जनाउँदै उहाँले भन्नुभयोे, पिचिङका लागि फागुन चैतको महिना र समय उपयुक्त हुन्छ, हामी त्यस अवधि भित्रै काम पूरा गर्छाै । सप्तरी सदरमुकाम राजविराजसँग जोडिएको विष्णुपुर गाउँपालिकामा अवस्थित राजविराज विमानस्थलको २०१६ सालमा तात्कालिन उद्योगमन्त्री गणेशमान सिंहद्वारा शिलान्यास गरिएको थियो । त्यसपछि पटक–पटक विमान सेवा सञ्चालनमा आए पनि धावनमार्ग पक्की नहुँदा सेवा बन्द
हुँदैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्