इलामको माङमालुङलाई चियाको ‘टि टेस्टिङ हबका’ बनाउन लागि माग

<span class='c1'>इलामको माङमालुङलाई चियाको ‘टि टेस्टिङ</span> <span class='c2'>हबका’ बनाउन लागि माग</span>

विष्णुप्रसाद पोखरेल, दमक, पुस १९ गते । झापासँग सीमा जोडिएको इलामको माङमालुङलाई चियाको ‘टि टेस्टिङ हबका’ बनाउन लागि माग गरिएको छ । २०५१ सालमा स्थापना भएको इलामको माङमालुङ चिया लिमिटेडको २२औँ साधारणसभाको अवसरमा यसका सञ्चालकले यस्तो माग गरेका हुन् ।
अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले किसान तथा सेयर सदस्यको सहकार्यमा सञ्चालनमा ल्याइएको माङसेबुङ चिया बगान पूर्वी नेपालकै ठूलो भएकोले यसलाई चियाको टेस्टिङ हब बनाउन माग भएको हो । झापाको दमकबाट करिब २५ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा रहेको माङसेबुङ चिया बगानको साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले किसानहरू सधैँ शोषण र दबाबमा रहेको बताउँदै यसको अन्त्य आवश्यक भएको बताउनुभयो । उहाँले चिया क्षेत्रको विकासका लागि सबै एक हुनुपर्ने बताउँदै यहाँका किसानले उत्पादन गरेको चियाको मूल्य निर्धारण अरू कसैले नभएर आफै निर्धारण गर्ने अवस्था सिर्जना गराउन आवश्यक पहल गरिने भनाइ राख्नुभयो । उहाँले चिया उत्पादन गर्ने किसान अहिले पनि साहूले निर्धारण गरेको मूल्यमा चियापत्ती बिक्री गर्न बाध्य रहेकोे बताउनुभयो । कृषिमा आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र आर्थिक समृद्धिको सपना साकार हुने भन्दै यसका लागि आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा चिया बगानका सञ्चालक केन्द्र प्रसाईले २०५१ सालमा स्थापना भएकोे माङमालुङ चिया बगान विस्तार गर्ने काम भइरहेको जानकारी दिनुभयो । अहिले पाँच हजार २१ रोपनी जग्गामा चिया लगाइएको उहाँले बताउनुभयो । माङसेबुङ साथै यस क्षेत्रको विकास गर्न पर्यटन र चियालाइ जोड्नु पर्ने उहाँको भनाइ थियो । माङसेबुङको माङमालुङलाई टि टेस्टिङ हबका रूपमा विकास गराउन आफूहरू प्रयत्नशील रहेको भन्दै यसमा सहयोग गर्न आग्रह गर्नुभयो । एक सय ५४ वर्ष अघिबाट नेपालमा चिया रोपनका थालनी भएको भए पनि अहिलेसम्म चियाको विषयमा राज्यले ठोस नीति तथा कार्यक्रम नल्याएको माङमालुङ चिया लिमिटेडका कार्यकारी निर्देशक केदार लामिछानेले बताउनुभयो । उहाँले आफूहरूले विषादीरहित चिया उत्पादनमा जोड दिएकोसमेत जानकारी दिनुभयो । माङमालुङ चिया बगान एक हजार सात सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा रहेको छ भने यहाँको पर्यटकीय क्षेत्र मिक्लाजुङ्ग दुई हजार पाँच सय मिटरको उचाइमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्