सडकमा लाग्ने हाट बजारले विराटनगर अस्तब्यस्त, हटाउने तयारी

<span class='c1'>सडकमा लाग्ने हाट बजारले</span> <span class='c2'>विराटनगर अस्तब्यस्त, हटाउने तयारी</span>

विराटनगर, २७ माघ ।
प्रददेश १को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हटिया ब्यवस्थापन हुन सकेको छैन । अस्थायी राजधानी भएसँगै विराटनगरमा चहलपहल बढेको छ । सडकमा सवारी साधनको चहल चाप पनि बढ्दो क्रममा रहेको छ। सातै दिन हरेकवार महानगरका कुनै न कुनै स्थानमा हाट बजार लाग्ने गरेको छ । हटियामा खासगरी तरकारी, अन्न, हाँस, कुखुरा, माछा जस्ता कृषि जन्य उपजहरु बिक्री बितरण हुन्छ । मुल सडक देखि सहायक सडकहरुमा लाग्ने साप्ताहिक हटियाले महानगरमा ट्राफिक जामको समस्या समेत थपेको छ । सडकमै लाग्दै आएको हटियाले महानगरको सौन्दर्य र वस्तीलाई समेत असर पारेको छ । विराटनगरको गुद्री स्थीत तरकारी बजार बर्षौ देखि सडक नै ढाकिने गरि लाग्दै आएको छ । स्थानीय अशोक मण्डलले बर्षौदेखि सडकमा लाग्दै आएको हटियाको कारण आउजाउमा समस्या हुँदै आएको बताए । गुदी हटियाबाट बिराटनगर महानगरले बार्षिक १२ लाख ३५ हजार राजश्व संकलन गर्दै आएको छ । यो हटिया मात्र हैन विराटनगर महानगरपालिका भित्रमात्र एक दर्जन बढी ठाउँमा हटिया लाग्दै आएको छ ।
ब्यवस्थापनको सजिलो बाटो
प्रदेश नम्बर १ को राजधानी विराटनगरका मुख्य सडकमा लाग्ने हाट बजार सारिने भएको छ । प्रदेश राजधानीका मुख्य सडकमा दैनिक तथा साप्ताहिक हाटहरू लाग्ने गरेका छन् । व्यस्त सडकमा लाग्ने हाटबजारलाई महानगरपालिकाले व्यवस्थितत गर्न लागेको हो । तर हटाउन निक्कै चुनौती छ । बर्षौदेखि सयडक नै ढाकिने गरी भएका लाग्ने हाट बजारले निक्कै समस्या सिर्जाना गर्दै आएपछि महानगरको बजार विराटनगर–२ तीनपैनी पूर्वको सिंघिया खोलाको किनारमा निर्माण भैरहेको कृषि बजारमा त्यस्ता हाटबजार सार्न लागेको हो । अहिले कृषि बजार निर्माणको चरणमा रहेको छ ।अबको फागुन भित्र निर्माण सम्पन्न गर्नेगरी काम भईरहेको बिराटनगर महानगरपालिकाकाले जनाएको छ ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले कृषि प्रदर्शनी केन्द्र निर्माण भए आउँदो वर्षबाट कृषि बजार सारिने जानकारी दिए । विराटनगरको गुद्रीचोकमा दैनिक तरकारी बजार लाग्ने गरेको छ । महानगरले पहिलो चरणमा गुद्रीको बजार सार्ने तयारी गरेको पराजुलीले बताए ।

विराटनगरमा गुद्री बजारसहित अन्य १८ वटा हाटबजार लाग्दै आएका छन् । ती बजार अव्यस्थित र साँघुरा छन । साँघुरो बजारमा फोहोर, घुँइचो, तरकारीको गाडी पार्किङ्ग गर्ने ठाउँको अभाव पनि छ । बजार भित्रको ट्राफिक व्यवस्थापनका लागि पनि बजार सर्न लागिएको हो ।
व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा र १८ कठ्ठा २ धुर गरि कूल ५ विघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रूपैयाँ लागतमा एक बर्ष अघि नै बजार निर्माणको काम शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्