मनकारीको काम- चिसाङ खोला पुलमुनीकी आमाछोरी नौ बर्ष पछि घरमा

मनकारीको काम- चिसाङ खोला पुलमुनीकी आमाछोरी नौ बर्ष पछि घरमा

विराटनगर, ८ चैत ।
करिव नौ बर्ष यता मोरङको कानेपोखर गाउँपाकिाल ५ चिसाङ खोलाको पुलमुनी बसोवास गर्दै आएका आमाछोरीले नौ बर्षपछि आफ्नै घर पाएका छन । उनिहरुलाई केही महिना अघि माघ घरवार बिहिन यि यी आमाछोरीको बारेमा समाचार प्रकाशित भएको थियो । नीहरुको उद्दार गरी आफ्नो घर नभएका ६० बर्षीया कुस्मी उराव र ३० बर्षीया छोरी दयावतीलाई विराटनगर स्थित ओरेकको सेफ हाउसमा राखिएको थियो ।
घर निर्माण पछि खाट ओछ्यान,लत्ताकपडा,भाडाकुडा सहित खाद्य सामाग्री प्रदान गरिएको छ । बर्षौपछि उनिहरु आफ्नै घरमा बस्न पाएका छन् । सहयोगी संघसस्थाका प्रतिनिधी सहित कानेपोखरी गाउपालिकाकी उपप्रमुख राजकुमारी इङनाम, ५ नम्बर बडाका बडाअध्यक्ष चरण गुरुङले आमाछोरीलाई घरको चावी दिएर उनीहरुलाई घर हस्तान्त्रण गरिएको थियो ।
यसरी उद्दार भएको थियो
करिब ४ महिना अघि स्थानीय संचार माध्याम रेडियो पत्रपत्रिका र अनलाईनहरुमा समाचार प्रकाशित भएपछि महिला तथा बालबालिका कार्यालय मोरङका प्रमुख दुर्गा भण्डारी वराल सहितको टोली ति आमाछोरीको अबस्था बुझ्नको लागि केही संघ संस्थाका प्रतिनिधि लिएर कानेपोखरीको चिसाङ खोलाको पुलमुनी पुगेको थियो । यसरी त्यहाँ पुगेको टोलीले आमाछोरीलाई तत्कालै उद्दार गर्नुपर्ने निश्कर्ष निकाल्यो । अनी त्यसको केही दिनमै उनीहरुको उद्दार भयो र बिराटनगरमा रहेको ओरेक नेपालको सेफ हाउसमा ल्याएर राखिएको थियो । उनिहरुको उद्दार भएको थाहा पाएका केही संघ संस्थाले कसैले घर बनाईदिने कसैले जग्गा दिने समेत बचन बद्धता जनाए । त्यसैको आधारमा कामपनि भयो । विभिन्न संघसस्था, जनप्रतिनिधी र गाउलेहरुको सहयोगमा सोही गाउमा घर निर्माण पनि भयो । माइती नेपाल विराटनगरको संयोजनमा विभिन्न सस्थाको तिन लाख रुपैया सहयोगमा, टिनको छाना लगाएर इटाको घर र शौचालय निर्माण गरिएको माइती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले बताउनुभयो ।
यस्तो दैनिकि थियो
करिव चार महिना अघि कुस्मी र अपाङगता भएकी(बोल्न नसक्ने) दयावतीको घर पुलमुनी थियो । पुर्ब पस्चिम राजमार्गको मुख्य सडकको चिसाङ खोला कहिले पानी बिहिन हुन्छ अनी कहिलेकाँही उर्लार सबै बगाउला झै गरेर आउथ्यो । त्यही खोलाको पुलमुनी एउटा सानो ओढार थियो । त्यही ओढारमा बसेर आमा छोरीको दैनिकी चल्दै थियो । ओढारको बसाई सालको पात र निगुरो बेचेर उनीहरुले आफ्नो गुजारा चलाउँदै थिए । गुजारा चलाउनको लागि उनीहरुलाई त्यो रकमले पुग्दैन थियो । दैनिक साथिहरुसंग जंगल जाने, पात र निगुरो टिपेर ल्याएर बेच्यो त्यसले खानै नपुगने भएपनि के गर्नु जीवन त चलाउनै थियो । अपाङगता भएकी छोरी संगै कष्टकर जिवन विताउदै आएकी कुस्मीको घर(ओढार)मा नत घेरावार , नत पानी विजुली केही नै थिएन । त्यसैमा नौ बर्षसम्म आफ्नो मनको पिडा र कुण्ठा आफैसँग साँचेर जिवन बिताएका थिए । पुल छानो, पुलमुनीका छेउका पुल अड्याउन लगाईएका ढुङ्गा उनीहरुको सुरक्षा कवचको रुपमा थियो । भए खायो नभए भाकै पेट मिचिमिचि सुत्नु पर्ने उनीहरुको दैनिकी बाध्यता थियो ।
तर अहिले समय फेरिएको छ । उनीहरुलाई चार महिना बिराटनगरको बसाई पछि फेरी त्यही गाउँमा फर्काईएको छ । कानेपोखरी गाउँपालिकाकाले सुविधाको ब्यवस्था गरिदिने बचन बद्धता सहित सयोग पनि गरेको छ । पुलको छानोबाट टिनको छानो र घेरावारा विहिन ओढारबाट आफ्नो घर पाउदा धेरै खुसी लागेको कुस्मीले सुनाउनुभयो । आफ्नो नागरिकता भएपनि कुस्मीले छोरीको नागरिकता बनाउन सक्नु भएको छैन । महिला तथा वालवालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले गाउपालिकाको सहयोगमा नागरिकता बनाएपछि अपाङगता परिचय पत्र बनाउने र सामाजिक सुरक्षा भक्ताको ब्यवस्था गरिदिने प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्