वर्षमा दुइ पटक मनाइन्छ छठ पर्व, भर्खरै सकियाे चैत्र महिनामा मनाइने दाेश्राे छठ पर्व

वर्षमा दुइ पटक मनाइन्छ छठ पर्व, भर्खरै सकियाे चैत्र महिनामा मनाइने दाेश्राे छठ पर्व

तराइकाे महान पर्वकाे रूपमा मनाइने छैठ पर्व वर्षकाे दुइ पटक मनाइन्छ भन्दा धेरैलाइ अचम्म लाग्ला ।
पहिलाे छठ पर्व तिहार सकिएकाे छैठाै दिन मनाइने गरिएकाे छ यसै गरि चैत्र महिनामा अर्काे छठ मनाइन्छ । यसबारेमा हाम्रा पाठक गाैरव राैनियारले भर्खरै विराटनगरकाे सिंघिया खाेला किनारमा छठ पर्व मनाउदै गर्दा अचम्म लागेर उनलाइ यस पर्वका बारेमा थप जानकारी दिन हामीले अनुराेध गर्याैं । उनले चैत्र महिनामा मनाइने छठ पर्वका बारेमा लेखेकाे छाेटाे जानकारी मुलक लेख यहाँ प्रस्तुत गरेका छाें ।

हिन्दू क्यालेन्डरको अनुसार वर्षको अन्तिम महीना अर्थात चैत्रको षष्ठी तिथिमा मनाउनुको कारण यो पर्व लाई चैती छठ भनिन्छ।
कर्तिक छठ सरह नै चैती छठ पनि ४ दिनको पर्व हो जसमा – नुहाएर खाने, खरणा, संध्या घाट र भोरवा यानी बिहानको घाट सम्मिलित छ।

सुख-समृद्धिको कामना र अरु मनाेकामनाहरू पूर्तिको लागी छठ पूजा गरिन्छ। सूर्य आराधनाको यो पर्व वर्ष मा दूई पटक मनाइनछ ।- चैत्र षष्ठी र कार्तिक षष्ठीमा। चैत्र शुक्ल पक्ष षष्ठीमा मनाइने छठ पर्वको चैती छठ वा कार्तिक शुक्ल पक्ष षष्ठीमा मनाउने पर्व लाइ कार्तिकी छठ भनिन्छ। कयाै दिनसम्म चलने यो पर्वको पवित्रता र प्रकृतिबाट मानवलाई जोड़ने उत्सव हो। यसमा उर्जाको अक्षय स्रोत सूर्यको आराधना गरिन्छ र सरोवरों, नदि या पानीको अन्य स्राेतको किनारमा मनाउने गरिएकाे छ। छठमा पहिलाे दिन डूबेको सूर्यलाइ अर्घ दिइन्छ, साथै अर्को दिन उदाउदै गरेको सूर्यको पूजा गरिन्छ। छठ पूजामा अर्ग दिएर मनको इक्छा पूरा भए पछी ,आउने वर्षमा पनी छठ पर्व गर्ने गरेकाे, र इच्छा पूरा भएकाहरूले निरन्तरता दिने गरेकाले यो पर्व को महत्व बढ्दै गएकाे छ ।

यो पर्वलाइ नेपालको तराई भागमा एकदम उत्साहको साथ मनाइने गरिएको छ । साथै यो पर्व मनाउने र बिस्वास गर्नेको संखया वर्षै पीच्छे बढ्दै गएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्