विराटनगरका ब्यापारीले मन्त्री फुक्र्याए, नेपाली उद्योगलाई १५ प्रतिशत ईन्सेन्टिभको माग

<span class='c1'>विराटनगरका ब्यापारीले मन्त्री फुक्र्याए, नेपाली</span> <span class='c2'>उद्योगलाई १५ प्रतिशत ईन्सेन्टिभको माग</span>

विराटनगर, ११ चैत ।
उद्योगी ब्यवसायीले अहिले अर्थमन्त्री डा. युवराज खतिवडालाई खुलेरै फकाएका छन् । बर्षौ देखि पर्खिएर बसेका व्यवसायिले अहिले पनि पर्खिएर बसेकोले मन्त्री भएपछि ब्यवसायिक क्षेत्रमा उत्साह थपिएको बताएका हुन । ‘व्यवसायिको चाहना अनुसारको मन्त्री ब्यवसायिले पाएका छन्, उद्योग संगठन मोरङका पुर्ब अध्यक्ष शिवशंकर अग्रवालले भन्नुभयो, उद्योगी ब्यवसायिहरुलाई राहतको महसुस भएको छ ।’
ब्यवसायिका समस्याहरु धेरै रहेकोले तत्काल समाधानको लागि अब सरकारको तर्फबाट पहल हुनु पर्ने उद्योगीको माग छ । आएका माल सामान अहिले पनि भन्सारमा थन्क्याएर राख्नु पर्ने अबस्था आएकोले सहज आयात निर्यातको अबस्था बनाउने माग गरेका हुन ।
उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ब्यवसायिले अर्थमन्त्री डा. खतिवडालाई १५ प्रशित सम्म ईन्सेटिभ दिन माग गरे । मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले २०÷२५ बर्ष देखि संचालनमा रहेका उद्योगहरुलाई स्थानीय तहलले दुख दिने गरेको आरोप लगाउनु भयो । ‘स्थानीय तहले बिभिन्न नाममा कर असुली रहेका छन्, त्यसले पुराना उद्योगहरुलाई निर्वाध संचालनको वातावरण बनेको छैन, सारडाले भन्नुभयो, स्थानीय तहले उद्योगहरुलाई बिभिन्न नाममा लिने करलाई एकद्धार प्रणालीबाट ब्यवस्थित गर्नुपर्छ ।’
२० प्रतिशतले ब्यापार घाटा बढेको अबस्थामा स्वदेशी उत्पादन गर्ने उद्योगलाई सहुलियत नदिने हो भने उद्योग फस्टाउनै नसक्ने उद्योगीको भनाई छ । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले राष्ट्रको समृद्धीको लागि लगानी मैत्री वातावण उद्योगीले खोजेको अबस्थामा त्यस्ता खालका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । विदेशी लगानीबाट संचालित उद्योगलाई प्रात्साहन गर्ने अनी आफ्नै देशका लगानीमा रहेका उद्योगलाई हेला गर्ने खालका गतिबिधि सरकारबाट हुनु नहुनेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रबैक सिथिल भयो
विराटनगरका ब्यवसायिले पछिल्लो समय राष्ट्रबैंक सिथिल भएको बताएका छन् । बैंकले दिने ऋणमा पनि एक रुपता नभएको कारण समस्या झेल्दै आएका ब्यवसायिले राष्ट्रबैकको पनि आलोचना गरेका हुन । बारम्वार भईरहने तरलताको अभावले ब्याजका दरमा भईरहने परिवर्तनका कारण दिर्घकालिन परियोजनाहरुमा आशंका र अनिश्चितता सिर्जना गरेको कारण लगानी सुनिश्चित हुन नसकेको ब्यवसायिको भनाई छ । उद्योगी सुयेश प्याकुरेशलले १ बर्षमा शत्प्रतिशत ब्याजदर बृद्धी भईरहेकोले फिक्स टर्म लोनमा कम्तिमा ५ बर्षसम्म ब्याजदर स्थीर रहने नीति अबलम्बन गरिनु पर्ने बताउनुभयो ।
डुईङ विजनेश प्रतिबेदन अनुसार १०५ औ नम्बरमा रहेको नेपाललाई आगामी १ बर्षमा कम्तीमा १० स्थान माथि ल्याउने गरी काम थाल्नु पर्नेमा ब्यवसायिको जोड छ । यसैबिच अर्थमन्त्री डा खतिवडाले सरकारले उद्योगी ब्यवसायिलाई तर्साउने खालको नीति अबलम्बन नगरेको बताउनु भएको छ ।
लहडमा शेरयरमा लगानी नगर्नुहोस
अर्थमन्त्री डा. युवराज खतिवडाले लहडका भरमा शेयरमा लगानी नगर्न सर्वसाधरणलाई आग्रह गर्नु भएको छ । उद्योग संगठन र मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना सरकारको निर्णयले शेयर बजार नघटेको स्पष्ट पार्नु भएको हो । ‘हामीले गरेको आर्थिक विकास र समृद्धता, सरकार र निजी क्षेत्रको प्रतिबद्धता विषयक छलफलमा शेयर बजारलाई आफ्नै बाटोमा हिंड्न दिएका छौं, मन्त्री खतिवडाले भन्नुभयो, हस्तक्षेप गरेका छैनौं, तर बजार घटेको छ ।’
अर्थमन्त्रीले शेयरको बढी आपूर्ति भएका कारण घट्नु अनौठो विषय नभएको बतनाउनुभयो । कम्पनीको प्रोफाइल नहेरी लगानी नगर्न र दीर्घकालीन रुपमा सोच्न आग्रह गर्नुभयो । आपुर्ति बढ्ला बजार मुल्य घट्नलाई स्वभाबिक लिनुपर्ने बताउनुभयो । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले मार्जिन कल ५० बाट बढाएर ७० पु¥याउनु पर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्