विराटनगरको कटन मिलका मजदुर ३५ दिने सुचनाले त्रासमा (मजदुरका पिडा २)

विराटनगरको कटन मिलका  मजदुर ३५ दिने सुचनाले त्रासमा (मजदुरका पिडा २)

प्रेम देवान
विराटनगर २४ बैशाख ।
विराटनगर १६ मा रहेको गणपति कटन उद्योगको क्वाटरमा २३ बर्ष अघिदेखि बसोबास गर्दै आएका मजदुरका परिवारलाई गायत्री डेभ्लोपरर्स कम्पनीले एका एक हटाउन खोजेको भन्दै मजदुर त्रसित बनेका छन् ।
श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल संघर्ष समितीले सोमबार पत्रकार सम्मेनको आयोजना गरी मिलको क्वाटरमा बस्दै आएको र अहिले अचानक हटाउन लाग्दा विचल्लीमा हुन लागेको बताए ।
बिक्रम संवत २०३१ कात्तिकमा स्थापना भएको नेपालकै पुरानो टेक्सटायल उद्योग गणपति कटन उद्योग बन्द भएपछि धेरैको बिल्लीवाठ भएको छ । कतिपयले पाउनु पर्ने पारिश्रमिक भुक्तानी नपाउँदैै ज्यान गुमाएका छन् भने कतिपयको दिनचर्या कष्टकर बन्दै गउकोछ।
करिब दुई सयको हाराहारीमा रहेका मजदुर तथा कर्मचारीले तलव नै नपाई २३ वर्षदेखि अझै तलव पाउने आशामा छन् । अहिले क्वाटर लगायत मिलको कम्पनीमा ६२ घर परिवार बसोबास गर्दै आएका छन् । गायत्री डेभ्लोपरर्सले क्वाटरको कम्पाउण्डमा ३५ दिने सुचान जारी गरेको छ । ३५ दिन भित्र जग्गा खाली गर्न भनिएको छ ।
नातामा पुर्ब राजा ज्ञानेन्द्रका मामा पर्ने सुशील समशेर जवराले उद्योग भारतिय नागरिकसँगको सहकार्यमा संचालन गर्दै आएको मिल २०५२ सालमा बन्द भएको थियो । उनीसँगै यसरी उद्योगमा लगानी गर्नै अन्य ५ जना भारतीय नागरिकको नाममा समेत उद्योग संचालकमा नाम रहेको छ ।
बैंकको ऋण तिर्न नसकेर २०५२ सालमा ओरालो लागेको उद्योगले कर्मचारीको समेत तलव दिन सकेको थिएन । त्यस यता अहिलेसम्म काम गरेको तलव नपाएर धेरैले ज्यान गुमाई सकेका छन् । पारिश्रमिकको पर्खाईमा रहेका श्रमिक, मजदुर तथा कर्मचारीहरुले मर्ने बेलामा समेत पाउनु पर्ने रकम नपाईकनै धेरैले ज्यान नै गुमाईसकेका छन् ।
यसरी तलवै नपाई ज्यान गुमाउनेमा अजय चौधरी, कामेश्वर कामत, काजीमान लिम्बु, खोकन मजुम्दार, ईन्द्र राई, चन्देश्वर माझी, असर्फी राउत, मिना राउत, किशोर साह, देवनाथ सिंह, मुलुकसिंह राई, भोला यादव, उमा शंकरको आफुले पाउनु पर्ने ज्याला नै नपाई ज्यान गुमाएको आवास गृहमा बस्दै आएका दल बा. लिम्बुले बताए ।
मर्ने त मरिहाले अब बाँच्नेलाई पनि एक रुपैयाँ नदिई हटाउने भन्दैछ अब हामीहरु कहाँ जाने ? लिम्बुले अनुत्तरित प्रश्न गरे ।
पहिलाको ज्याला पर्खेर बसेका उनीहरुले ३ बर्षसम्म विना तलव त्यसै उद्योग रुँघेर बसे । त्यसको हिसाव त उनीहरुले खोजेका छैनन् । तर मिल बन्द हुनुभन्दा अगाडीको रकम भने उनीहरुको मागको बिषय बन्दै आएको छ । उनीहरुले मिल बन्द भएको २०५२ सालमा नै रकम दिएर निकाल्न भनेका थिए । तर उद्योगले भोली भोली भन्दै टार्दै आएको थियो ।
काम गर्दै आएका मजदुरलाई एकाएक क्वाटरमा लामो समयदेखि बासोबास गर्दै बसिरहेका भएको २३ बर्ष पुरा भईसकेको छ । तर २३ बर्ष पहिलाको रकम मजदुर तथा कर्मचारीले अझै यो बेलासम्म पाउन सकेका छैनन । पारिश्रमिक नपाएको झोकमा त्यही कटनमिल उद्योगको आवास भवनमा आएर बसेको पनि २३ बर्ष नै पुगेको छ । अहिले उद्योगको नाममा भएका सबै जग्गा बिक्री भईसकेको छ । ठुला उद्योगी घरानाको हातमा कटन उद्योगको जग्गा गईसकेको छ । दिपक मलोहत्रा र प्रदिप मुरारकाले यो जग्गा खरिद गरेको श्रोत बताउँछ । तर शुशिल शम्शेर जबराले भारतीय ५ जना सहित रहेको यो जग्गा कसरी बेचे भन्ने बिषयमा त्यहीँ काम गर्दै आएका कर्मचारीहरु नै अन्यौलमा छन् ।
उद्योगका मजदुर तथा कर्मचारी बस्दै आएको आवासगृह पनि बिक्री भईसकेको छ । अहिले ३५ दिने म्याद टाँस गरेर उनीहरुले पाउनु पर्ने रकमै नदिई हटाउने प्रपञ्च रचिएको श्रीबंशीधर ईण्ष्ट्रिज युनिट गणपति कटन मिल संघर्ष समितीका संयोजक उत्तम कुमार लामाले बताए ।
(जग्गा कसरी बिक्री भयो बाँकी अर्को अंकमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्