शिक्षामा भएको ब्यापारिकरण र माफिया विरुद्ध बिराटनगरमा विद्यार्थी आन्दोलित

शिक्षामा भएको ब्यापारिकरण र माफिया विरुद्ध बिराटनगरमा विद्यार्थी आन्दोलित

चन्द्र पौडेल बिराटनगर,१८ असार । सरकारले सार्वजनिक शिक्षालाई ‘निजीकरण, व्यापारीकरण र माफियाकरण’ गर्न सघाएको भन्दै विद्यार्थीहरुले बिराटनगर ट्राफिकचोक स्थित विभिन्न प्लेकार्डहरु सहित लामवद्द रूपमा विरोध गरेका छन् । शैक्षिक क्षेत्रमा जति जति परिवर्तनका कुराहरु उठ्दै जान्छन् उति उति विकृतिहरु बढ्दै गएको छ । सामान्यत: हो । भनिन्छ, कुनै पनि नागरिक शिक्षाबाट बञ्चित हुन नपरोस तर आर्थिक अभावकै कारण थुप्रै नेपाली नागरिकहरु शिक्षाबाट बञ्चित हुनु परेको छ । एका तर्फ शिक्षा सर्वसुलभ हुनु पर्ने आवाज उठेको छ भने अर्को तर्फ गुणस्तरियहिन शिक्षाका विरुद्ध चौतर्फी आवाज उठिरहेको छ । संयुक्त प्रतिपक्ष ८ विद्यार्थी संगठनले देशव्यापी रुपमानै शान्तिपुर्ण विरोध गरिरहेको छ ।

नेपालमा लामो समयदेखि विद्यामान नीजि र सरकारी गरी दुई खाले शिक्षा विद्यमान छ । विशेष गरी सरकारी शिक्षा गुणस्तरिय हुन सकिरहेको छैन भने गुणस्तरियको नाममा निजी शिक्षण संस्थाहरु खुल्ने क्रम बढी रहेको छ । एउटै शिक्षा प्रणालीलाई अंग्रेजी माध्यामबाट अध्यापन गराई गुणस्तरिय शिक्षा दिएको बाहना चर्को शुल्क अशुल्ने गरिएको छ । जसले गर्दा आर्थिक अभावकै कारण विपन्न वर्गका नागरिकहरु शिक्षाबाटै बञ्चित हुनु पर्ने अवस्था सिर्जना हुदै गएको छ । शिक्षा क्षेत्रमा भित्रीएको निजीकरण र ब्यापारीकरणले गर्दा शिक्षा क्षेत्रमा विकृतिहरु झागिंदै गएको छ । राज्यको निरिहताकै कारण शिक्षा क्षेत्रमा झाागिएको विकृतिहरु नियन्त्रण हुन नसकेको नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विधार्थी युनियन प्रदेश १ संयोजक कमल पोखरेलले बताउनु भयो । उहाँले शिक्षा क्षेत्रलाई कम्पनीका रुपमा दर्ज गर्दै राज्यले कम्पनी ऐन अन्तर्गत दर्ता गर्ने नियम लागू गरेपछि यस क्षेत्रमा खुला रुपमा नाफा कमाउने उद्देश्यले नै उद्योगीहरुको प्रवेशले चर्को शुल्क वृद्धि भएको जानकारी दिनुभयो ।

शैक्षिक माफियाहरुको प्रवेशले मुलुकमा क्रियाशिल साना ठूला दर्जनौ राजनीतिक दलका विद्यार्थी संगठनको आर्थिक स्रोत पनि तिनै शैक्षिक कम्पनीहरु हुने गरेका छन् । शिक्षामा ब्यापारीकरण मौलाउदै गएको कुरा पनि ध्रुव सत्य हो । शिक्षामा मौलाईरहेको ब्यापारीकरणको नारा सवै जसो विद्यार्थी संगठनहरुको साझा एजेण्डा बन्ने गरेका छन् । शिक्षामा ब्यापारीकरण बढेको र विकृतिहरु मौलाउदै गएको कुरा विद्यार्थी संगठनहरु मात्र होइन, स्वयं विद्यार्थी संगठनको नेतृत्व गर्ने राजनीतिक दलहरुले पनि बुझेका छन् । अनि सत्तामा आसिन तिनै राजनीतिक दलहरुले पनि शिक्षा सवैका लागि हुनु पर्ने र शिक्षामा आमुल परिवर्तन गर्ने ओठे प्रतिवद्धता जनाइरहेको सुनिन्छ । त्यसैले अव कसैको ओठे प्रतिवद्धता होइन, कार्यान्वयनको खााचो छ । शिक्षामा आमुल परिवर्तनको साझा एजेण्डा बोकेका विद्यार्थी संगठनहरु र वैज्ञानिक र ब्यवसायिक शिक्षा दिलाउने मुलुक हाक्ने दलहरुको प्रतिवद्धताको खाचो रहेको नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्