‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराकासाथ आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराकासाथ आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

सविता शर्मा

काठमाडौं, साउन २७ गते । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आइतवार विश्वभर १९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।
सार्वजनिक कार्यक्रममा युवाको सम्मानपूर्वक सहभागितालाई जोड्दै युवा दिवसको नारा तय गरिएको राष्ट्रिय युवा नीति– २०७२ तथा युथ भिजन–२०२५ निर्माण कार्यदलका सदस्य प्रदीप परियारले बताउनुभयो ।
परियारका अनुसार नेपाली परिवेशमा युवा महिलाको हकमा यसपटकको नारा अझ बढी सान्दर्भिक छ । नेपालका किशोरी र युवा महिलाले धेरै समस्या झेल्नुपरेको प्रसङ्ग उठाउँदै उहाँले भन्नुभयो, ‘युवा महिलालाई सुरक्षित वातावरण कसरी दिन सकिन्छ भन्नेमा केन्द्रित हुन सके अझ राम्रो हुने थियो ।’

नेपालको सन्दर्भमा हरेक वर्ष करीब पाँच लाख युवा श्रम बजारमा आउने गर्छन् । वैदेशिक रोजगारीमा जाने युवाले कठिन र जोखिमपूर्ण काम गर्नुपरेको छ । बैदेशिक रोजगारीमा जाने नेपाली युवाको अवस्थासँग जोडेर हेर्दा नारा निकै सान्दर्भिक समेत देखिन्छ । 
युवा तथा श्रम विज्ञ विष्णु खत्रीले ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नारालाई अवसर, सूचना, साधन÷स्रोतको पहँुच, युवाको पेशागत भविष्य, रोजगारीका अवसर, क्षमता विकासका लागि सुरक्षित वातावरण निर्माण गर्ने सन्दर्भसँग जोडिनुपर्ने बताउनुहुन्छ ।
नेपाली समाजमा रहेको संरचनात्मक विभदेका कारण धेरै युवा विभेद र शोषणको अवस्थामा छन्, खत्रीले भन्नुभयो, ‘यस्तो अवस्थामा उनीहरूले सुरक्षित वातावरणको अनुभूति गर्न पाउने सम्भावना रहँदैन् ।’
युवा संस्था सञ्जालका सदस्य सरीता लामिछानेले युवाले आफ्ना कुरा र विषयलाई खुलेर राख्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवाभित्रको विविधताको सम्बोधन हुनुप¥यो, सबैले आफ्नो पहिचानअनुसार बाँच्न पाउनुप¥यो, कसैलाई यो वा त्यो नाउँमा होच्याउने काम गर्न भएन ।”
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले युवाको नेतृत्व विकास र परिचालनमा केन्द्रित भएर परिषद्ले काम गरिरहेको बताउनुभयो । युवामा सकारात्मक सोचको विकास गर्ने, सम्भावना र आशा देखाउँदै आत्मविश्वास जगाउनका लागि परिषद्ले युवालाई परामर्श दिइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो । यस वर्ष युवा दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘सेफ स्पेस फर युथ’ भन्ने नारा बनाएको छ भने नेपालमा यसलाई ‘यूवाका लागि सुरक्षित वातावरण’ भनेर तय गरिएको छ ।
अहिले नेपालमा युवाको जनसङ्ख्या सबैभन्दा बढी ४०.३५ प्रतिशत छ । यसलाई अर्थशास्त्रीहरूले जनसाङ्ख्यिक लाभका रूपमा हेर्ने गर्छन् । धेरै मुलुकमा युवा जनसङ्ख्या बढी भएको समयमा विकासमा फड्को मारेका उदाहरण छन् । तर नेपाललले युवा जनशक्तिलाई सदुपयोग गर्न नसक्दा झण्डै ४० लाख युवा विदेशमा श्रम बेच्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्