(कविता) बा ! -मिलन बराईली

(कविता) बा !  -मिलन बराईली

यो बर्ष तलब होइन बा !
यो बर्ष तलब होइन बा !!
तनाब मात्र वृद्धि होला जस्तो छ।

यो बर्ष खशी होइन बा !
यो बर्ष खशी होइन बा !!
मेरै दशा काट्नु पर्ला जस्तो छ ।

त्यसैले यो बर्ष बा !
त्यसैले यो बर्ष बा !!
पुरानै कोट टाल्नु होला
टाल्नु होला
सके दुई चार ,सके दुई चार खसी बोका पाल्नु होला ।

थाहा थियो मलाई
थाहा थियो मलाई खण्ड बृष्टि ,अति बृष्टि,अना बृष्टि भनेर
थाहा थिएन मलाई
थाहा थिएन मलाई अना बृष्टि मेरै भागमा पर्छ भनेर

त्यसैले यो बर्ष बा !
त्यसैले यो बर्ष बा !!
पुरानै कोट टाल्नु होला
सके दुई चार ,सके दुई चार खसी बोका पाल्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्