बिराटनगरको नोबेलको एमबिबिएसमा १ सय सिट,बिराटले पायो ७५ सिट

<span class='c1'>बिराटनगरको नोबेलको एमबिबिएसमा १ सय</span> <span class='c2'>सिट,बिराटले पायो ७५ सिट</span>

काठमाडौं असोज ८  । नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको चालु आर्थिक वर्षको सिट संख्या निर्धारण गरेको छ । काउन्सिलले त्रिभुवन विश्व विद्यालय अन्तगर्तका ७ वटा मेडिकल कलेजसँगै काठमाडौंँ विश्वविद्यालय अन्तर्गतका १० मेडिकल कलेजको संख्या निर्धारण गरेको हो ।

त्रिवि अन्तगर्तका मेडिकल कलेजमा महाराजगन्ज मेडिकल कलेजले एमविविएसको ७५ सिट पाएको छ । नेसनल युनिभर्सल मेडिकल कलेज भैरहवा, मेडिकल कलेज वीरगन्ज, नेपाली सेनाको मेडिकल कलेज र चितवन मेडिकल कलेजहरुले १–१ सय सिट पाएका छन् । ती बाहेकको गण्डकी मेडिकल कलेजले ९५ सिट पाएको छ भने किस्ट मेडिकल कलेजले ९० सिट पाएको छ ।

त्यसैगरी, डेन्टलतर्फ चितवन मेडिकल कलेज र किस्ट मेडिकल कलेज दुवैले  ४०–४० सिट पाएका छन् । त्यसैगरी,  पिपल्स कलेजले ५०, युनिभर्सलले ४०, महाराजगन्ज मेडिकल कलेजले २५ र गण्डकी मेडिकल कलेजले पनि २५ सिट पाएका छन् । तर, जानकी मेडिकल कलेजको यस बर्षको सिट निर्धारण प्रक्रिया विचाराधिन रहेको र केडिया डेन्टल कलेजको सिट नछुट्याईने चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम)का डिन डा. जगदिशप्रसाद अग्रवालले बताए ।  “अहिले तत्कालका लागि जानकी मेडिकल कलेजलाई सिट निर्धारण प्रक्रिया विचाराधिन राखिएको छ ”उनले भने “जानकी मेडिकल कलेजले सबै कर्मचारीलाई तलब चुक्ता गर्नुकासाथै १ करोड धरौटी राखेमा मात्र सिट संख्या तोकिने छ ।” गत वर्ष जानकी मेडिकल कलेजले एमविविएसका लागि ८० सिट पाएको थियो । कलेजमा विद्यार्थी पढ्न नआएपछि कलेजले आधाभन्दा बढी भारतीय विद्यार्थी भर्ना गरेको बताइएको थियो । यस वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६५ सिट पाएको छ भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १ सय  सिट पाएको छ ।

काठमाडौ मेडिकल कलेज अन्तर्गतका कलेजमा विराट मेडिकल कलेजले ७५सिट पाएको छ । देवदह मेडिकल कलेज रुपन्देहीले एमबीबीएसमा ४० सिट, काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलले एमबीएसका लागि ७५ सिट पाएको छ । भरतपुर मेडिकल कलेज, नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, मणिपाल, नेपालगन्ज, काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले क्रमस १ सय सिट पाएका छन् ।

त्यस्तै,  डेन्टलतर्फ भरतपुर मेडिकल कलेजले ४० सिट पाएको छ भने कान्तिपुर डेन्टल कलेजले ५० सिट पाएको छ । काठमाडौं मेडिकल कलेजले ५०, काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलले ५०, नेपाल मेडिकल कलेजले ५० र नोबेल मेडिकल कलेजले ३५ सिट पाएका छन् । काउन्सिलका पदाधिकारी तथा विश्वविद्यालयका विज्ञहरुले गरेको अनुगमनमा बुझाएको प्रतिवेदनका आधारमा सिट संख्या निर्धारण गरिएको काउन्सिलका सदस्य ढुण्डिराज पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्