विराटनगर स्थायी राजधानी हुने यस्ता अाधार प्रस्तुत (भिडियाे सहित)

<span class='c1'>विराटनगर  स्थायी राजधानी हुने</span> <span class='c2'>यस्ता अाधार प्रस्तुत (भिडियाे सहित)</span>

विराटनगर, १९ असाेज । एक नम्वर प्रदेशकाे अस्थायी राजधानी विराटनगरबाट अन्यत्रै लग्न लागिएकाे भन्दै अावाजहरु उठी रहेकाे  छ । विराटनगरका उद्याेगी ब्यवसायीले स्थायी राजधानी विराटनगर हुनु पर्ने भन्दै ज्ञापन पत्र पनि बुझाईएकाे छ छ । ब्यवस्थापिका र कार्यपालिका फरक फरक स्थानमा राख्ने कुराले साम्सदहरु रुष्ट देखिएका छन् भने मुख्यमन्त्रीभने राजधानी बिराटनगरलाई घाेषणा गरेर ब्यवस्थापिका बिराटनगर बाहिर लग्ने दाउमा छन् ।  विराटनगरलाई स्थायी राजधानी तोकेर मन्त्रालयहरु विकेन्द्रीत गर्ने कुराले अहिले बजार तर‌ङ्गित भएकाे हो । त्यसको लागि संसद भवन ईटहरी लग्ने अनी अन्य मन्त्रालयहरु विराटनगरमा राख्ने भन्ने बिषय अाएपछि  विराटनगर अन्यत्र सार्न खाेजिएकाे भन्दै प्रदेश सरकारकाे अालाेचना शुरु भएकाे छ । विराटनगरका ब्यापारी सहितका  विभिन्न ब्यक्त्ति तथा स‍स्थाले विराटनगर राजधानीका लागि केही अाधारहरु तय गरेका छन्  ।

https://www.facebook.com/ourbrt/videos/104744217133886/

मुख्यमन्त्रीलाई बुझाईएकाे ज्ञापन पत्रमा बुझाईएका अाधारहरु यस्ता छन् 

माननीय मुख्यमन्त्रीज्यू,
औैद्यौगिक एवं व्यापारिक राजधानीको रुपमा परिचित विराटनगर राजधानी (काठमाण्डौ) पछिको प्रमुख शहर पनि हो । विराटनगर नेपालको औद्योगिक क्षेत्रको अलावा पूर्वाञ्चलको आर्थिक, सामाजिक र राजनैतिक केन्द्र विन्दुको रुपमा पनि चिनिन्छ । विराटनगर शुरुदेखिनै व्यापार तथा राजनैतिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको कुरा सबैमा बिदितै छ । सम्पूर्ण पूर्वाधार र भविष्यको सम्भावनालाई हेरेर विराटनगरलाई अस्थायी राजधानी तोकिएबाट पनि यसको महत्व स्पष्ट हुन्छ ।
माननीय मुख्यमन्त्रीज्यू,
यसै सन्दर्भमा, विराटनगरलाई राजधानी बनाउनु पर्दछ भन्ने विषयमा औद्योगिक तथा व्यवसायिक क्षेत्र, सञ्चार क्षेत्र, विद्धतवर्गले आवाज उठाउँदै आएको व्यहोरा अनुरोध छ । औद्योगिक एवं राजनैतिक थलोको रुपमा रहेको ऐतिहासिक नगरी विराटनगरलाई स्थायी राजधानी नबनाउने चलखेल शुरु हुनु दुःखद कुरा हो । साथै, विराटनगरलाई राजधानी बनाउनु पर्ने कुरामा निम्न आधारलाई समेत हामीले हेर्नु पर्ने हुँदा यस सम्बन्धमा माननीय मुख्यमन्त्रीज्यू सकारात्मक भई विराटनगरलाई स्थायी राजधानी बनाउन पहल गर्नु हुनेछ भन्ने विश्वास समेत लिएका छौँ ।

पौराणिक स्थलः
पौराणिक ग्रन्थहरु, लोककथा एवं महाभारतमा वर्णित
विराट राजाको राजधानी
सन् १९६८ मा भेडीयारी क्षेत्रमा पुरातत्व विभागबाट एउटा प्राचिन मन्दिरको उत्खनन् गर्दा पाकोइटाबाट निर्मित अण्डाआकारको गर्भगृह भटिएको तथा ४० वटा चाँदीका पञ्चमार्क सिक्का समेत फेला परेको ।
पुराना इनार, घरका जग लगायतका समाग्रीहरु भेटिएको ।

ऐतिहासिक स्थलः
-वर्तमान विराटनगरको इतिहास वि.सं. १९६० को दशकबाट सुरु भएको ।
- भारतको तर्फबाट सीमावर्ती क्षेत्रसम्म विस्तार हुँदै गएको रेल सेवा, सडक सञ्जाल, बजार, उद्योगका साथै उत्तरी क्षेत्र तिब्बतसम्म आवत÷जावत गर्ने नाका आदि कुराले विशेष बल पु¥याएको ।
- यो क्षेत्र धान, तोरी, सनपाट जस्ता कृषि उत्पादन र काठपाठ, जडीबुटी को विशाल बजारमा परिणत हुँदै गएको ।
-भारतसँगको आयात निर्यातको मूलढोका बन्दै गएको ।
- प्रदेश नं. १ मै प्रमुख केन्द्रको रुपमा क्रमशः अघि बढेको ।
- १९९० को महाभुकम्प र त्यसपछिको विशाल आगलागीको क्षतीको अवलोकन गर्न श्री ३ जुद्धशम्शेरको दौडाहा आएपछि मात्र विराटनगर शहरले औपचारिक सरकारी मान्यता पाएको । यसका साथै, सामाजिक, आर्थिक, राजनैतिक र साँस्कृतिक पहिचानका अन्य थुप्रै घटनाहरु यस ऐतिहासिक शहरसँग जोडिएका छन् । जसमध्ये केही अविस्मरणीय घटनाहरु यस प्रकार छन् ।

राजनैतिकः
- नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यालय स्थापना,
- २००७ सालको सशस्त्रक्रान्तीका लागि बख्तरबन्दर ट्याङकर र हातहतियार उत्पादन गर्ने शहर,
- एकै परिवारका ३ जना प्रधानमन्त्री, प्रथम जननिर्वाचित प्रधानमन्त्री र ८ जना प्रधानमन्त्रीको बासस्थान रहेको शहर,
औद्योगिक एवं व्यवसायिकः
- आषाढ ३०, १९९३ मा तत्कालिन सरकारद्वारा विराटनगर जुट मिल्स लि.को स्थापना गरी विराटनगरबाटै देशको औद्योगिकरणको शुभारम्भ गरिएको र नेपालकै प्रथम औद्योगिक शहर भनिएको ।
- वि.सं. २००७ सालमा व्यवसायिक हक–हितको लागि व्यापार तथा उद्योग संघ संगठनको स्थापना शुरु ।
- नेपालमा सर्वप्रथम निजी क्षेत्रबाट जलविद्युत उत्पादन र विक्री वितरण गर्ने शहर,
- भारतसँग सीमा रेल सम्पर्क भएको प्रथम शहर,
- धानचामल र जुट सर्वाधिक उत्पादन, प्रशोधन र धेरै देशमा निर्यात गर्ने शहर,
- कृषिजन्य उत्पादनको सबैभन्दा ठूलो बजार,
भौगोलिक एवं सामाजिकः
- दोश्रो पुरानो हवाई अड्डा,
- सबैभन्दा बढि आदिवासी, जनजाती, भाषा–भाषी र धार्मिक जनसमुदायको बसोवास र साम्प्रदायिक सद्भावना भएको शहर,
- कहिल्यै बेरोजगार र भोको बस्नु नपर्ने शहर ।
- नेपालमा सर्वप्रथम रेडियो सञ्चारको स्थापना भएको शहर,
- काठमाण्डौंपछि दोश्रो नगरपालिका स्थापित भएको शहर (वि.सं. २००९ साल)

विराटनगर स्थायी राजधानी भए के हुन्छ ?
आजकाल दिगो शहरी विकासको होडवाजी विश्वव्यापिरुपमा नै भैरहेको छ । तिव्रगतिले शहरीकरण भैरहेको छ । शहरलाई मानव सभ्यता र आधुनिक प्रविधि हस्तान्तरणको समुन्नत केन्द्रका रुपमा लिइएको छ । हाम्रो देशमा पनि शहरप्रतिको आकर्षण तिव्र भएको ज्वलन्त उदाहरण काठमाडौंमा ७७ जिल्लाका मानिसको बसाइसराइले देखाएको छ । विराटनगर राजधानी घोषणा भएपश्चात् यहाँको भौतिक र अभौतिक संरचनाको ठूलो विकास भई प्रदेश नं. १ का जनताले निम्न सुविधाहरु उपभोग गर्न सक्ने छन् ।
-उच्च स्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध हुने ।
- सबैकोलागि खानेपानी जस्तो आधारभूत सुविधा प्राप्त हुने ।
- शान्ति, सुरक्षा र विपद् व्यवस्थापन, प्रकोप नियन्त्रण आदिमा शिघ्र राहतको अनुभूति हुने ।
- सुलभ र बहुआयामिक यातायात–संचार सेवा प्राप्त हुने ।
- रोजगारी र आवासको पर्याप्त अवसर सिर्जना हुने ।
- आर्थिक, उद्यम, बजार पहुँच, वित्तिय सेवा, मनोरञ्जन, प्रविधि विकासले जिवनस्तर उकास्ने ।
- फोहोरमैला विर्सजन, वातावरण संरक्षण, प्रभावकारी भू–उपयोग भई नगरवासीले लाभ प्राप्त गर्न सक्ने ।
- आन्तरिक र बाह्य सम्बन्ध–सम्पर्क सुढृड भई विश्वकै मानचित्रमा विराटनगरले आफ्नो पहिचान बनाउन सक्ने ।
- विराटनगर राजधानी भए अन्तर्राष्ट्रिय समुदायमा विराटनगर व्यवस्थित शहर रहेको सन्देश
जानेछ । जसबाट यस क्षेत्रमा विदेशी लगानी भित्रिने निश्चित छ । उद्योगको हकमा नेपालमै सबैभन्दा उपयुक्त ठाउँ रहेकाले यहाँ विदेशी लगानीमा उद्योगको स्थापना भए पूर्वाञ्चल क्षेत्रकै फड्किलो विकास हुनेछ ।
- हाल घोषणा भएका राजधानी शहरहरु बिबादित बन्दै गएका छन जस्ले आउने दिनहरुमा काठमाण्डौमा नै अझै बसाई सराई बढी हुनेछ । विराटनगर स्थायी राजधानी घोषणा भए पूर्वबाट राजधानी तर्फ हुने बसाई सराई न्यून गर्न सकिने छ ।
विराटनगरलाई राजधानी बन्न चाहिने मुख्य पूर्वाधारहरु पर्याप्त रहेका छन् । ती मध्ये केही मुख्य पूर्वाधारहरु निम्न अनुसार रहेका छन् ।
- विराटनगरमा ३ लाख भन्दा बढी जनसंख्या रहेको तथ्यांक सन २०११ को जनगणनाले देखाएतापनि विगतको ५ वर्षमा यस बिराटनगर क्षेत्रमा अत्याधिक वसाई सराई भएको तथा दैनिक कामकाजले अन्यत्र जिल्लाका दैनिक ५०,००० भन्दा बढी मानिस आवत–जावत गर्ने गरेकोले व्यवहारिक रुपमा हाल विराटनगरको जनसंख्या लगभग ५ लाख रहेको छ ।
- हजारौँको संख्यामा घरेलु तथा साना उद्योग र जुट मिल, खाद्य प्रशोधन, स्टील, विद्युत उपकरण लगायतका दजनौं मझौला र ठूला उद्योग संचालनमा रहेको । साथै सबै उद्योगको ऋयचउयचबतभ इााष्अभ रहेको ।
- २० वटा भन्दा अधिक नीजि तथा सरकारी अस्पताल र नर्सिङ होम तथा अन्तर्राष्ट्रियस्तरीय आँखा अस्पताल यस क्षेत्रमा संचालनमा रहेको तथा मुलुककै दोश्रो ठूलो स्वास्थ्य हवको रुपमा रहेको ।
- थोक तथा खुद्रा पसलहरु, सपिङ्ग कम्पेक्स, डिपार्टमेण्ट स्टोर, फलफूल तथा तरकारी बजार उपलब्ध रहेको तथा नगरका प्राय सबै वडाहरुमा साप्ताहिक हाट बजार सातै दिन लाग्ने गरेको ।
- आसपासका जिल्ला नगरपालिका एवं गाउपालिकाबाट दैनिक उपभोग्य वस्तु, मिल–मेसिनरी, लत्ताकपडा, विद्युत्तिय उपकरण, निर्माण सामग्री खरिद गर्ने केन्द्र रहेको ।
- देशको मुख्य विद्युत उत्पादन केन्द्र र भारतबाट आयात गरिने विद्युत प्रशारण लाइनसँग जोडिएको हुँदा विद्युतशक्तिको भरपर्दो केन्द्र रहेको । विद्युत प्रशारण लाईनअन्तरगत कुशाहा–कटैया अन्तर्राष्ट्रिय ग्रिड, पूर्वबाट आएको कावेलीको लाईन र आउँदो समयमा पूर्व क्षेत्रमा ठूलो मात्रामा आउने जलविद्युतका परियोजनाहरुको केन्द्रीय कार्यालय विराटनगरमा रहेको ।
- देशका प्राय सबै शहरसँग कोशी राजमार्ग र अन्य सडकसंजालबाट जोडिएको, सयौँ यात्रुवाहक र मालवाहक ढुवानी सेवा संचालनमा रहेको, भारतसँग रेल र सडक यातायात जोडिएको तथा हवाई यातायातमा पूर्वाञ्चलको हव रहेको । बिराटनगरको प्राय सबै टोल वस्तीमा (४५० कि.मि.) सडक पहुँच रहेको । साथै, निर्माणाधिन हुलाकी मार्ग तथा चक्रपथ बनिसकेपछि अझ व्यवस्थित भई बढी जनसंख्या थेग्न सक्ने शहर हुने ।
- ५० को संख्यामा दैनिक, साप्ताहिक, मासिक र अन्य पत्रपत्रिका निस्कने गरेको, २ वटा दूरसंचार प्रदायक कृयाशिल रहेको, २ वटा केबुल र सेटलाइट टेलिभिजन सेवा प्रदायक रहेका, इन्टरनेट, हुलाक, द्रुतसेवा, कुरीयर सेवा लगायत १० वटा एफ.एम. रेडियो संचालनमा रहनुका साथै गोरखापत्र संस्थानको प्रकाशन गृह सहितको कार्यालय निर्माण भई संचालनको तयारीमा रहेको ।
- नेपाल राष्ट्र बैंकका साथै ५७ वटा बैंक तथा वित्तिय संस्थाहरु रहेको ।
- करिव ८ करोडको लागतमा २ तले आधुनिक टर्मिनलसहितको बस पार्क निर्माणाधिन रहेको ।
- हाल विराटनगरमा रंगशाला, कभर्डहल र ठूला खेलमैदानहरु रहेको ।
- बिराटनगरको स्वामित्वमा सभागृह रहेको र विभिन्न स्थानहरुमा समुदायिक भवन, सांस्कृतिक केन्द्र, नाट्याशाला, बैठक हल तथा कक्षहरु रहेको ।
- नगरमा ७ वटा ओभरहेड टेंकबाट खानेपानी वितरण भईरहेको, भूमिगत जलश्रोत प्रचुरमात्रामा उपलब्ध रहेको । हाल एसियाली विकास बैंकको सहयोगमा करिब ६ अरबको लागतमा आधुनिक ढल निमार्ण कार्य सुचारु रहेको ।
- बिराटनगर क्षेत्र भित्र ४ तारे ठूला होटल लगायत सयौँको संख्यामा सामुदायिक धर्मशाला र होटलहरु रहेको र थप तारे होटलहरु निर्माण हुँदै आएको ।
- बिराटनगरका विभिन्न स्थानमा सार्वजनिक शौचालय रहेको र थपिने क्रममा रहेको ।
- आधुनिक वधशाला निर्माणाधिन रहेको र पशुसेवा विभागबाट थप निर्माण अनुदान प्राप्त हुने क्रममा
रहेको ।
- बिराटनगरका विभिन्न स्थानहरुमा संस्कार अनुसार जलाउने घाट, गाड्ने चिहान तथा दफनाउने कब्रस्थानहरु सार्वजनिक तथा सामुदायिक रुपमा संचालन भईरहेको ।
- एक विश्वविद्यालय, एम.फिल एवं पि.एच.का कलेज, ३ वटा मेडिकल कलेज, स्नातकोत्तर तह सम्मका ५ वटा क्याम्पस, नर्सिङ, इन्जीनियरिङ्ग विषयका स्नातकतहका ४ वटा प्राविधिक क्याम्पस, टेक्नीकल एस.एल.सी.देखि डिप्लोमा तहका विभिन्न प्राविधिक शिक्षालयहरु आधा दर्जन, सामुदायिक, संस्थागत, मदरसा लगायत करिव १४५ विद्यालयहरु संचालनमा रही देशकै दोश्रो ठूलो शैक्षिक हवको रुपमा रहेको ।
- बिराटनगर क्षेत्रमा रहेका उब्जाउ भूमि सिंचाईकालागि सुनसरी मोरङ सिंचाई आयोजना अन्तरगतको नगर प्रणाली शाखा नहरबाट सिंचाई सुविधा उपलब्ध रहेको ।
- नगर भित्र २ वटा हरियाली पार्क, २ वटा स्वीमिङपुल रहेको र नगरको २ पट्टीबाट बग्ने साना नदी किनारामा प्रशस्त खाली जमीन रहेकोले थप पार्क निर्माण गर्न सकिने ।
-नगरमा ३ वटा बाल आश्रम, २ वटा बृद्धाश्रम र १ अनाथाश्रम संचालनमा रहेको ।
- ८१ वटा मन्दिर, ४ वटा मस्जीद लगायत करिब १०० को संख्यामा यस्ता धार्मिक स्थलहरु रहेका छन् ।
- १४ वटा प्रहरी चौकी तथा कार्यालय र नगर प्रहरीको १ समूह कृयाशिल रहेको ।
- २२ वटा सार्वजनिक पुस्तकालय संचालनमा रहेको ।
-२९ वटा खेल सम्बन्धित र ८ वटा स्वास्थ्य तथा शारीरिक सु–संगठन सम्बन्धी क्लबहरु संचालनमा
रहेको ।
- सभागृह १, रंगशाला १ र वैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको प्रस्तावित रंगशालाका साथै १५ देखि २५ सय सिट क्षमता भएको अन्तराष्ट्रिय स्तरको अत्याधुनिक सभाहल निर्माणका लागि डि.पि.आर तयार भई कार्यप्रारम्भ हुन लागेको ।
- नगरक्षेत्र भित्र विभिन्न सभा, बैठक, विवाह तथा यस्तै सामाजिक समारोह संचालन गर्ने सुविधायुक्त १० वटा समारोह आयोजना स्थल रहेको ।
- उद्योग संगठन मोरंगको नेतृत्व तथा प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालय र विराटनगर महानगरपालिकाको सहयोगमा विराटनगरमा ५ सय फिटको भ्यू टावर निर्माणका लागि कार्य प्रारम्भ हुन लागेको छ ।
- उद्योग संगठन मोरंगको नेतृत्वमा प्रदेश न. १ आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकासंगको सहकार्यमा अन्तराष्ट्रिय स्तरको अत्याधूनिक सुविधा सम्पन्न प्रदर्शनी स्थल निर्माण प्रारम्भ हुन लागेको ।

यी माथि उल्लेखित विवरण तथा तथ्याङ्कको विश्लेषण गर्दा स्थानीय निकाय संरचना गर्ने आयोगले तोकेको सबै आधार पूरा भएको मात्र नभई अन्य धेरै सेवा सुविधा तथा पूर्वाधार र भिन्न क्षमता यो नगरमा रहेको स्पष्ट छ ।

विराटनगरका अरु केही महत्वपूर्ण सबल पक्षहरुः–
- यो शहरमा जिल्लाको सदरमुकाम रहेको, अस्थायी राजधानी बिराटनगर घोषण भइ धेरुे पूर्वाधार निर्माण भइ ब्यवस्थापन भैसकेको छ ।
- ७२ वटा सरकारी कार्यालयहरु रहेकोमा हाल न.१ का प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ७ वटा मन्त्रालय, संसद भवन, सबैलाई आवाश ब्यवस्थापन समेत भइसकेको छ ।
- जिल्ला अदालत र क्षेत्र नं. १ को उच्च अदालत, राजस्व न्यायाधीकरणको कार्यालय रहेको ।
- ३६ वटा सार्वजनिक संस्थानका कार्यालयहरु रहेको ।
- अन्तर्राष्ट्रिय तथा राष्ट्रिय र स्थानीय तहका गरी ६३ वटा गैह«–सरकारी संस्थाहरुको कार्यालय रहेको ।
- नेपाल भारत संयुक्त सप्तकोशी, अरुण तेश्रो जस्ता ठूला भारतीय आयोजना आदिका कार्यालयहरु
रहेको ।
- मोरङ्ग जिल्ला मात्र नभएर सिंगो पूर्वाञ्चलकै व्यवसायिक केन्द्र रहेको ।
- विराटनगरमा सरकारी खाली जग्गाहरु प्रचुर रहेकोले प्रदेश नं. १ का सम्पूर्ण संरचनाहरु बनाउन उपयुक्त स्थान रहेको र आउने दिनहरुमा बढ्दै जाने जनसंख्यालाई समेत थेग्न सक्ने शहरको रुपमा रहेको ।
- शसस्त्र द्वन्द, तराई मधेश आन्दोलन, सीमा नाकाबन्दी, चक्काजाम जस्ता विषम समयमा पनि यहाँको दलीय र जातीय समन्वय उत्कृष्ट रहेकोले अन्य गाउँ शहरहरुको तुलनामा विराटनगरको जनजीवन कमै प्रभावित भएको,
- सामाजिक, साँस्कृतिक र साम्प्रदायिक सद्भाव कायम रहेकोले स्वतन्त्र पेशा व्यवसाय गर्ने र शान्तिपूर्ण जीवनयापन गर्न चाहनेहरु ठूलो संख्यामा यस नगरमा बसाई सराईको रोजाई रहेकोले यस नगरको जनसंख्यामा तिव्र बृद्धि हुने सम्भावना देखिएको ।
-विगतमा देशकै सबैभन्दा ठूलो औद्योगिक तथा व्यापारिक केन्द्र भएकोले यहाँ दोश्रो पुस्ताका कुशल उद्यमी तथा व्यवस्थापकहरुको ठूलो समूह कृयाशिल रहेको र नयाँ नयाँ उद्यम व्यवसायको सम्भावना रहेको । यस्ता प्रयत्नबाट नगरको आर्थिक बृद्धि र आर्थिक सम्पन्नतामा बढोत्तरी भई नगरको उन्नति र विकास अश्यमभावि रहेको ।
- प्रदेश नं. १ को राजधानीको लागि थप आवश्यक पर्ने सरकारी भवनहरु, खाली जमिन उपलब्ध हुनुका साथै नगर क्षेत्र भित्रै सस्तो जमिन सहजै प्राप्त हुन सक्ने । यस प्रकारको अनुकुलता यस प्रदेशका अन्य शहरहरुमा उपलब्ध हुन सम्भावना कमै रहेको ।
- सिमावर्ती शहर भएको कारणले विराटनगरमा भारत, बंगलादेश तथा भुटानसँग सोझै व्यापारिक सम्बन्ध विकास गर्ने क्षमता रहेको । व्यापारिक वस्तुको आयात निर्यातको पूर्वाञ्चलकै प्रमुख नाका रहेको र यहाँको भन्सार क्षेत्रमा सुख्खा बन्दागाह एवं मल्टी मोडेल ट्रान्सपोर्ट सुबिधाका कारण राष्ट्रिय प्राथमिकतामा परेको, जोगवनी किमाथान्का हुँदै तिब्बत जोड्ने छोटो राजमार्ग निर्माणाधिन रहेको, विराटनगर–जोगवनी–बंगलादेशको सिधा रेलवे संचालनको सम्भावना, निकट भविष्यमा नेपाल भारत संयुक्त भन्सार जाँच चौकी र विराटनगरसम्म रेल्बे विस्तार हुने हुँदा अन्तर्राष्ट्रिय व्यापार तथा परिवहनको अभिवृद्धिले नगरको आर्थिक हैसियत र प्रतिष्ठान बृद्धिभै बिराटनगरको विकासमा थप बल पुग्ने ।

संवैधानिक व्यवस्थाः
नेपालको संविधान २०७२मा राजधानी रहने ठाउँमा प्रदेशको उच्च अदालत रहने संवैधानिक व्यवस्था भए वमोजिम प्रदेश नं. १ को उच्च अदालत विराटनगर तोकिएको हुँदा राजधानी विराटनगरनै हुनु पर्दछ । अन्यथा संविधानको वर्खिलाप हुन जान्छ र संविधानको उपहास हुन जान्छ ।

निष्कर्षः
- उपरोक्त लेखिए बमोजिम विराटनगरमा रहेका पूर्वाधार र अवसरले यस शहरलाई स्तरोन्नोति गरी स्थायी राजधानी घोषणा गर्न गर्न पर्याप्त आधार रहेको बुझन सकिन्छ ।
- विराटनगरलाई स्थायी राजधानी घोषणा गरिए प्रदेश नं. १ का सबै जनता प्रत्यक्ष लाभान्वित हुने ।
- विराटनगरलाई राजधानीमा स्तरोन्नती भए पूर्वबाट काठमाण्डौँ तर्फ हुने बसाई सराई न्यून गर्न सकिने ।
- यो शहरलाई स्थायी राजधानी घोषणा गरिए सिङगो नेपालकै आर्थिक विकासमा विशेष टेवा पुग्ने देखिन्छ ।
- प्रदेश न. १ को एकमात्र महानगरपालिका जुन स्वदेशमा मात्र नभएर विदेशमा समेत आफनो शाख विस्तार गर्न सफल भएकाले अन्तराष्ट्रिय क्षेत्रमा आफैमा परिचित शहर ।
अतः माननीय मुख्यमन्त्रीज्यू, विराटनगरलाई स्थायी राजधानी बनाउन पर्याप्त मात्रामा साधन श्रोत तथा सुविधा सम्पन्न रहेको हुँदा विराटनगरलाई स्थायी राजधानी बनाउन हामी जोडदार माग गर्दै माननीय मुख्यमन्त्रीज्यूमा सादर अनुरोध गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्