विराटनगरको चक्रपथ दुई दशकदेखी अलपत्र, ट्रयाक समेत खुलेन

<span class='c1'>विराटनगरको चक्रपथ दुई दशकदेखी</span> <span class='c2'>अलपत्र, ट्रयाक समेत खुलेन</span>

विराटनगर, २६ असोज ।
बिक्रम संवत २०५४ सालबाट निर्माण शुरु भएको बिराटनगरको चक्रपथको निर्माण कार्य २ दशक बितिसक्दा पनि ट्रयाक खोल्ने कामले नै पुर्णता पाउन सकेको छैन । तत्कालिन योजना तथा भौतिक यातायात मन्त्री बिजय कुमार गच्छदारले ४२ किलोमिटर लामो चक्रपथको सिलान्यास गरेका थिए । २२ बर्ष अघि जग्गा रिङरोडमा परेको भएपनि अहिलेसम्म तिनै सर्बसाधारणले रिङरोडमा परेको जग्गाको मालपोत तिरिरहेका छन् । २२ बर्षमा समेत आफ्नो नाममा ल्याउन नसकेको रिङरोडको जग्गा सहरी विकास डिभिजन कार्यालयले कसरी निर्माण सम्पन्न गर्ला भन्ने स्थानीय रमेश प्रसाद शर्माको प्रश्न छ । रिङरोड परियोजनाले जग्गा लिएको बर्षौ भएपनि अझै जग्गाको मालपोत स्थानीयले तिर्दै आएका छन् । हरेक बर्ष अउने २ करोड ५ लाख बजेट गिटी रबालुवा हालेरै सकिने गरेको स्थानीय बताउँछन । ‘गिटी र बालुवाको भरमा कतिदिनसम्म चल्ने हो ? स्थानीय भन्छन्, कालोपत्रे कहिले हुने हो र भएको ठाउँमा प्रबिधिक जाँच बिनै बनाईँदा दिगो हुँदैन ।’ बिराटनगरको दरहैया बस्तीको रिङरोडमा स्थानीयले घेराबेरा गरी बाली लगाउन थालिसकेका छन् । कसैले चासो नदिने हो भने एकजनाले त्यसो गर्दा अर्कोले पनि त्यसै गरे चक्रपथ अतिक्रमणको जोखिममा पर्ने छ ।
सहरी विकास डिपभजन कार्यालयका प्रमुख श्यामकिशोर सिंहले पहिला बाँझै रहेको जग्गा रिङरोड पुगेसँगै चम्कीएको दाबी गर्छन् । चक्रपथ निर्माणको लागि २ सय ११ बिगाहा जग्गा आबस्यक पर्छ । चक्रपथ निर्माणको जग्गा सर्बसाधारणबाट निशुल्क प्राप्त गर्ने अपेक्षा परियोजनाको छ । हालसम्म धेरै जग्गा निशुल्क प्राप्त भएको छ तर ब्यवस्थित सहरी विकासको योजना भने आफै अब्यवस्थित रुपमा चल्दा अपेक्षा अनुसारको काम देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्