गरिखानेका कुरा : समयले बाध्य बनायो, २५ बर्ष पहिला श्रीमानले छाडे–अहिले छोराछोरीले

गरिखानेका कुरा : समयले बाध्य बनायो, २५ बर्ष पहिला श्रीमानले छाडे–अहिले छोराछोरीले

विराटनगर, २८ असोज ।
कोशी हरैचाको विराटचोकमा कपाल सेत्तै पाकेकी आमा निगुरो बेच्दै थिईन् । कापाल सेत्तै फुलेकोले पनि होला कपाल मेहन्दीले रंगाएको जस्तो पनि देखिन्थ्यो । उनीसँगै अन्य केही युवतीहरु, बालबालिका तथा अधबैशे महिलाहरु पनि लाईनमा निगुरो बेच्दै थिए ।
उमेरले ६५ बर्षकी सीता दर्नालसँग केही कुरा गरौँ भन्ने लाग्यो र हामीप्नि उनीसँग कुरा गर्न थाल्यौ । उनीसँग आजभन्दा २५ बर्ष पहिला श्रीमान पनि थिए छोरा छोरी सबै थिए । अहिले उनी एक्ली भएकी छिन् । २ छोरी र एक छोराकी आमा ६५ बर्षे बृद्ध उमेरमा उनी आफु एक्लो महसुस गर्छिन । भएका २ छोरीको विवाह गरेर पठाई सकेकी सीताले भएको एउटा छोरो सँगै राख्ने र छोरोले पाल्ला भन्ने थियो । तर भईदियो अर्कै । २५ बर्ष पहिला श्रीमान्ले अर्को विवाह गरेर हिँडेपछि उनमा बज्रपात पर्यो । उनको पहाड घर भोजपुर, २५ बर्ष पहिलासम्म उनी श्रीमानको साथ छोराछोरीको मायाँमा बस्दा उनको सामु जो कोही डराउँथे । जब श्रीमानले गाउँकी अर्कै लिएर हिँडे अनी उनलाई कहिलै नमेटिने घाउ लाग्यो । केही बर्ष त गाउँमै छोराछोरीलाई पालन पोषण गरिन गाउँमै बसिन् । तर श्रीमान बेगरको त्यो गाउँपनि उनका लागि शुन्य लाग्न थाल्यो, गाउँका मान्छेहरु जो कोही मन पर्न छाडे । उनलाई गाउँ नै छाडेर हिडाँै जस्तो लाग्न थाल्यो । हो उनी गाउँमा केही बर्षको बसाईपछि उनी आफ्नो गाउँ नै छाड्ने मनस्थितीमा पुगिन् । मधेश त झरिन तर मधेश झरेर मात्र उनलाई आफ्नो पिडा कहिल्यै निको भएन । दुःख झन बढ्दै गयो, उनले सुनाईन् ।
गाउँमा भए त बनिबुतो गरेर पनि चल्ने थियो तर मधेशमा के गर्ने नगर्ने उनी अन्यौलमा परिन् । भएका दुईटी छोरीको विहे भयो छोराले पनि बिहे गरेपछि ईटहरीमा बसेर आफ्नो गुजारा चलाउन थाल्यो, त्यसपछि आफु एक्ले भएको उनले सुनाईन् ।
‘के गर्ने गरिबको आफ्नो भन्ने कोही हुन्न रहेछ, आफ्नै सोचेको श्रीमान्ले अर्कै लिएर हिँड्यो अहिले विराटचोकमा कोठामा छु,’ उनले गहभरी आँसु पार्दै भनिन् ।
उनले भोजपुर छाडेपछि उनको श्रीमानसँग ईटहरीमा एक÷दुई पटक भेट पनि भयो । तर कुटपिट गर्ने वास्ता नगर्ने भएपछि उनको मन थप भाँडियो । शुरुका दिनहरुमा कोठामा नै बस्दापनि घरभरी छोरा छोरी थिए ।
उनी यो विराटचोक रुँगेर बस्न थालेको पनि ७ बर्ष नाघि सकेको छ । उनकोे दैनिकी भनेको जंगलमा गएर निगुरो खोेजेर ल्याउने अनी बेच्ने नै हो । उनले हरेक दिन जंगल धाईनन् भने बेलुका घरमा गएर के खाने भन्नेमा छट्पटीमा हुन्छिन् । यो निगुरो मात्र हैन सिजन अनुसारको फलफुल तथा तरकारी अनी साग ल्याएर बेच्नेकाममा यिनी लाग्दै आएकी छिन् । तर यिनले बढी समय निगुरो बेचेर बिताउने गरेकी छिन् ।
निगुरो कथा
निगुरो खोज्न जानेहरु एक÷दुई जना मात्र हैन चार-पाँच जनाको समुहमा जंगलमा जान्छन् । जंगललाई बिभिन्न भागमा बाँडेर कित्ता छुट्याउँछन् । यसरी कित्ता छुट्याईएको ठाउँमा निगुरो उम्रिएको आफ्नो हुन्छ । सीता सहितका ८ जनाको २ वटा समुह कोही भाउन्नेको जंगलमा जान्छन् भने केही लक्ष्मी मार्गको जंगलमा जाने गरेको उनको भनाई छ ।
यसरी जंगलमा रहेको निगुरो टिप्न एक्लै जाँदा डर हुने भएकोले ४जनाको समुह बनाएर ल्याउने गरेको उनको अनुभव छ । तर धेरै जना निगुरोमा जाँदा भन्दा आफुु एक्लै जाँदा चाँडो पनि र धेरै निगुरो ल्याउन पाउने उनले सुनाईन् । तर एक्लै जाँदा जंगलमा डर हुने भएकोले जानै नसकिने उनको भनाई छ ।
यसरी जंगलबाट ल्याईएको निगुरोको मुठामाको १५ पैयाँसम्म फाईदा हुने गरेको भएपनि बाहिर किनेर ल्याएको निगुरोबाट १० रुपैयाँसम्म आम्दानी गर्न सकिने उनले बताईन् । मेहनत अनुसार एक मुठामा १० रुपैयाँ फाईदा राखेर बिक्री गर्नु आफ्नो बाध्यता रहेको उनको भनाई छ । उनले शुरुका दिनमा त भागी–भागी, लुकी लुकी निगुरो खोज्न जान्थिन् । त्यो बेला छोरासँगै बिराटचौकमा थिइन् । तर जब छोरा बुढी आमालाई छाडेर र्ईटहरी गए अनी उनी एक्लिईन र निस्फिक्री निगुरोले उनको दैनिकी चल्न थाल्यो ।
कमाई
करिब ७ बर्ष पहिला देखि यो निगुरोको ब्यापारबाट जीवन धान्न थालेकी सीता कति दिनसम्म भोकै बसिन् । अरुको भरमा बाँच्नु पर्ने हो की भन्ने सोच्ने सीताले अहिले यही ब्यवसाय गरेर आफ्नो जीवन धान्दै आएकी छिन् । निगुरो बेचेर पनि उनले दैनिक ३ सय बढी कमाई गर्ने गरेको उनको भनाई छ । त्यही दिनभरी कमाएको पैसाले आफु बस्ने कोठाभाडा तिर्ने र घरखर्च लगाउने गरेको उनले सुनाईन । भनिन्, ‘कमाएको पैसाले घर खर्च त चलेको छ नै नाती नातिनीको खुब मायाँ लाग्छ, उनीहरुलाई पनि केही पैसा जम्मा गरेर दिन्छु ।’ (प्रस्तुती : सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्