विराटनगरमा बन्यो अन्तराष्ट्रिय स्तरको कृषि तरकारी तथा फलफुल थोक बजार

विराटनगरमा बन्यो अन्तराष्ट्रिय स्तरको कृषि तरकारी तथा फलफुल थोक बजार

विराटनगर, २९ असोज ।
विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा आज भन्दा करिब २ बर्ष अघि निर्माण शुरु भएको तरकारी तथा फलफुट थोक बजारको निर्माणको अन्तिम चरणमा पुगेको छ ।
निर्माण कम्पनीले बजारको निर्माणको काम पुरा गरेर असारमा हस्तान्तरणकोे योजना बनाएको भएपनि सम्पन्न नभएपछि दशै लगत्तै हस्तान्तरणको तयारी गरेको छ । दशैको बिदा भएको कारण काम गर्नको लागि केही बाँकी रहने भएकोले दशै लगत्तै बजार हस्तान्तरणको लागि तयारी तिब्र पारिएको हो ।
विराटनगरको गुद्री बजारलाई हटाउने गरी कटहरीमा क्षेत्रीय तरकारी बजारको अबधारणा आएको हो । कटहरी गाउँपालिकामा बजार निर्माण भए पनि उक्त बजार विराटनगर बजारसँगै जोडिएको छ । प्रदेश १ को राजधानी विराटनगरस्थित मूल सडकमा लाग्दै आएको साप्ताहिक हटियालाई उक्त बजारमा व्यवस्थापन गर्ने महानगरको योजना छ ।
व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरी को ४ बिघा २ कठ्ठा र १८ कठ्ठा २ धुर गरी कुल ५ बिघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा बजार निर्माण सुरु गरेको हो । बजार निर्माणको ठेक्का रमन र लामा कन्स्ट्रक्सन कम्पनी जेभिलेले लिएको हो ।
निर्माण कम्पनीका अबिनास बोहोराले दशैको पुर्णिमा लगत्तै बजार हस्तान्तरण गर्ने तयारी भईरहेको बताए । ‘अब बाटो ढलान, केही प्लास्टर, ट्रस्टको केही काम, झयाल र स्यानेटरी भवन निर्माण लयात पर्खाल लगाउने र रंग रोगन सहितको सबै काम सकिएको बताए । मुलगेटको माथिको ढलानको काम सकिने बितिकै निर्माणका कामहरु सकिने उनले जानकारी दिए । अहिले बजारमा प्रबेश गर्ने बितिकै डिजिटल सहितको बोर्ड समेत राखि सकिएको छ ।
विराटनगरको गुद्री बजारको फोहोर, घुइँचो, तरकारीको गाडी पार्किङ गर्ने ठाउँको अभावलाई यो बजार निर्माण भएसँगै ब्यवस्थित हुने अपेक्षा गरिएको छ । ठेकेदार कम्पनीले कामलाई अन्तिम चरणमा पुर्याएकोले काम द्ैत गतिमा अघि बढेको व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यान्वयन सहयोग समूह विराटनगरका प्रमुख भानुभक्त मैनालीले बताए ।
यो जग्गा बिद्यालयसँग ५० बर्षको लागि भाडामा लिईएको हो । विश्वबैंकको आर्थिक सहयोगमा ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाले क्षेत्रीय थोक कृषि बजारको रुपमा यसलाई निर्माण गरेको हो। ठेकेदार कम्पनीले सन् २०१६ अगस्त २६ मा सम्झौता गरेर १३ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम शूरु गरेको थियो । तर एक बर्ष अगाडी आएको बाढीका कारण पर्खाल भत्काएर निर्माण सामाग्री नै बगाएपछि काम प्रभाबित भएको थियो ।
कुल १७ हजार ८ सय ८१ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको बजार अत्याधुनिक सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्डमा बनाईएको छ । थोक बिक्रेताका लागि गोदाम सहितको १४ सय ८८ वर्गमिटरमा १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ दशमलव २ वर्गमिटरमा सटर, कृषकले आफ्नो उत्पादन आफंै बिक्री गर्न १ सय ३८ दशमलव ५ वर्ग मिटरको सेड निर्माण भईसकेको छ ।

बजारभित्र निर्माण भइरहेको तीन तले प्रशासनिक भवनमा प्रशासन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक काउण्टर रहने छ । तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेसिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलार व्याट्री, सिसिटिभी, सुरक्षा गार्ड पोस्ट र गाडी पार्किङको व्यवस्था तरकारी बजारभित्र रहने छ ।
यस तरकारी तथा फलफूल थोक बजारमा वर्षेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलफूल बिक्री हुने लक्ष्य रहेको छ ।
तरकारी बजार बनेपछि स्थानीय पछि खुसी भएका छन् । एउटा फोहोर र कामै नलाग्ने जमिनमा यसरी एकाएक राम्रो भएको देख्दा बिदेशको भन्दा राम्रो लागेको भुलन माझीले बताए । कटहरीमा नै घर भएका उनले तरकारी तथा फलफूल बजार अत्याधुनिक सुविधा सम्पन्न भएकोले निक्कै खुसी लागेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्