विराटनगर नाकाबाट अक्टोबर अन्त्यसम्म रेल भित्रने, भारत रेल लाउँदै–नेपालले मुआब्जा पनि मिलाएन

विराटनगर नाकाबाट अक्टोबर अन्त्यसम्म रेल भित्रने, भारत रेल लाउँदै–नेपालले मुआब्जा पनि मिलाएन

विराटनगर, कार्तिक १  ।
सामान आयातमा पुर्बको लाईफलाईन भनेर निर्माण शुरु भएको कटहरी–बथनाहा रेल्वे निर्माणको काम अहिले तिब्र गतिमा अघि बढेको छ । कटहरी–बथनाहा रेलमार्गको प्रगतिबारे रेल विभागले समेत पटक पटक जानकारी लिँदै आएको छ । रेल विभागका प्रमुख बलराम मिश्रसहितको टोली केही दिन अघि रेलको लिक निर्माण स्थलमा भारतीय पक्षका ठेकेदार कम्पनीसँग जानकारी लियो । जानकारीका क्रममा भारतीय पक्षले रेल निर्माणका क्रममा सुरक्षा चुनौति रहेको, विद्युतको लाइनको प्रबन्ध नभएको गुनासो गरेका थिए ।
मिश्रले उक्त समस्या समाधानका लागि पहल गर्ने भारतीय पक्षलाई विस्वस्त पारेका छन् । बिभिन्न कारणले निर्माणमा ढिला भएको बथनाहा–कटहरी रेल्वे निर्माणको काममा भारतीय निर्माण कम्पनीले सुरक्षा तथा अन्य बिभिन्न बहानाहरु गरिरहेको छ । भारतीय पक्षले समयमै काम सम्पन्न गर्न तयार भएको भएपनि नेपालकै विभिन्न समस्याले काममा अबरोक आएको जनाएको छ ।
भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म ८ किलोमिटर पर्छ । यस क्षेत्रमा भने अहिले लिक बिछ्याउने काम सकिएको छ । बाँकी रहेको ८ किलोमिटर क्षेत्रमा भने लिक बिछ्याउने काम भइरहेको छ। भारतीय निर्माण कमम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
भारतीय ३ सय ७३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त परियोजनाको काममा हालसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको परियोजनाले जनाएको छ । बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत र बाँकी रहेको नेपाल तर्फको बाँकी क्षेत्रमा पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीका जोइन्ट जेनेरल मेनेजर प्रदीप कुमारले बताए ।
भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८.६ किलोमिटर रहेको छ । प्रदीप कुमारले यही अक्टोबरको अन्त्यसम्ममा बुधनगरसम्म परीक्षणका लागि रेल ल्याउने तयारी भएको जानकारी दिए ।

नेपाल तर्फ मुआब्जा विवाद
नेपाल तर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण कामले गति लिन भने सकेको छैन। सन् २०११ जनवरी २८ देखि सुरु भएको आयोजना लामो समयसम्म मुआब्जा विवादले समस्यामा परेको हो। सन् २०१३ डिसेम्बरमा सम्पन्न गर्नेगरी भारतीय निर्माण कम्पनी इर्कनले ठेक्का लिएको काम बिभिन्न समस्या तथा ढिलासुस्तीका कारण सात वर्ष बित्न लाग्दा समेत काम सकिएको छैन ।

तेश्रो मुलुकको सामान ल्याउने मुख्यनाका
रेल संचालनमा आएसँगै तेस्रो मुलुकबाट आयात हुने माल वस्तु कोलकत्ता बन्दरगाहबाट सिधै बिराटनगर नाकासम्म ल्याउन सहज हुने ब्यापारीको भनाई छ । कोलकताबाट विराटनगर नाकासम्म रेल मार्फत माल बस्तु आयात गर्ने बाहक रेलको सुविधा केही महिना अघि देखिमात्र शुरु भएको हो । जोगबनीमा कन्टेनर राख्ने ठाउँ नभएकाले कोललकत्ताबाट रेल मार्फत ढुवानी भएको आयातित बस्तु बथनाहामा नै राख्ने गरिएको छ । बुधनगरसम्म रेलको नियमित संचालनले पनि ब्यवसायीलाई ठुलो रहत मिल्ने नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले बताए । तर यो त्यहीँसम्म मात्र सिमित रहने भन्दापनि कटहरीसम्म नै आउँदा ब्यापारीको लागतमा धेरै कमी आउने उनको भनाई छ । रेलको लिक विछ्याउने काम चाँडै सकियो भने रेल सीमा क्षेत्रमा मात्रै नभएर कटहरीसम्म आउनेछ र त्यसबाट नेपाललाई ठूलो राहत हुने राउतको तर्क छ ।
नेपाल र भारत सरकारले सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले नै गर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले ब्यहोर्ने समझदारी गरिएको थियो। त्यही योजना अनुसार भारत सरकारले रेलको ट्याक निर्माणको काम शुरु गरेको थियो । जनकपुरमा केही दिन अघि नै रेलको परिक्षण गरिसकिएका अबस्थामा बिराटनगरमा कहिले रेल आउने हो त्यो सबैको चासोको बिषय बनेको छ । बिराटनगरमा बिशेषगरी मालबस्तुको आयातको लागि रेल मार्ग निर्माण गरिएको हो । मालबस्तुको आयातमा सहजताको लागि रेल संचालनले महत्वपुर्ण भुमिका खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्