के डायबिटीज रोगबाट बच्न सकिन्छ ?

के डायबिटीज रोगबाट बच्न सकिन्छ ?

बीबीसी । विश्वभर मै डायबिटीज अर्थात मधुमेह रोगले बालबालिकादेखि युवालाई तिव्रताका साथ आफ्नो निशाना बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिले ४२.२ करोड मानिसहरु डायबिटीज अर्थात मधुमेह रोगबाट पीडित छन् ।

विगत ३० वर्षमा मधुमेह पीडितहरुको संख्यामा चार गुणा वृद्धि भएको छ । डायबिटीजबाट पीडित मानिसहरुलाई ‘हार्ट–अट्याक’ र ‘हार्ट स्ट्रोक’ हुन सक्छ । यसका साथ–साथै डायबिटीजबाट किडनी फेल हुनुका साथै खट्टा निष्क्रिय हुने जस्ता समस्याहरुको सामना गर्नुपर्ने पनि हुन सक्छ । तर पनि आम नागरिकमा यो रोग लाग्नुको कारण, लक्षणहरु र बच्ने तरिकाका बारेमा जागरुकता देखिदैन ।

किन हुन्छ डायबिटीज ?

मानिसको शरीरमा रहेको रगतले चिनी (सुगर) को मात्रा सोस्न असमर्थ भएपछि डायबिटीज जन्माउछ । सामान्यतया हामीले केही खानोकुरा खाँदा हाम्रो शरीरले कार्बोहाइड्रेटलाई ग्लुकोजमा परिणत गर्दछ ।

त्यस पछि पेङ्क्रियाजबाट इन्सुलिन नामको एक हार्मोन उत्पन्न हुन्छ । जसले हाम्रो शरीरका कोशिकाहरुलाई ग्लुकोज सोस्ने निर्देशन दिन्छ । जसबाट हाम्रो शरीरमा ऊर्जा उत्पन्न हुन्छ । तर इन्सुलिनको फÞ्लो रोकिदा हाम्रो शरीरमा  ग्लुकोजको मात्रा बढ्न सुरू हुन्छ ।

टाइप १, टाइप २ डायबिटीज भनेको के हो ? 

डायबिटीजका प्रकारहरु कयौं हुन्छन् । तर टाइप १, टाइप २ र गेस्टेशनल डायबिटीजसँग जोसडएका बिरामीहरु बढी मात्रामा पाइने गरेको छ ।

टाइप १ डायबिटीजमा तपाईंको पेङ्क्रियाजमा हार्मोन इन्सुलिन उत्पादन हुन बन्द हुन्छ । जसका कारण रगतमा ग्लुकोजको मात्रा बढ्न सुरु हुन्छ । वैज्ञानिकहरुले अहिलेसम्म यस्तो हुनुको कारण पत्ता लगाउन सकेका छैनन् ।

तर यसमा वंशाणुगत गुण र भाइरल इन्फेक्शनलाई जोडेर हेरिदै आइएको छ । डायबिटीजबाट ग्रसित बिरामी मध्ये झण्डै १० प्रतिशत मानिसहरु टाइप १ डाटबिटीजबाट पीडित हुन्छन् ।

त्यस्तै टाइप २ डायबिटीजमा पेङ्क्रियाजमा आवश्यक मात्रामा इन्सुलिन उत्पादन हुदैन अथवा हार्मोनले सही ढंगबाट काम गर्दैन ।

टाइप २ डायबिटीज यि मानिसहरुलाई हुन सक्छ–

१) युवा र वृद्ध–वृद्धा

२) मोटा र शारीरिक श्रम नगर्ने युवा

३) दक्षिण एशियाली मुलुकमा रहने मानिसहरु

केही गर्भवती महिलाहरु जेस्टेशनल डायबिटीजबाट पीडित हुन सक्छन् । यसमा महिलाको शरीरले आफूलाई र गर्भमा रहेको बच्चालाई आवश्यक पर्ने इन्सुलिन पर्याप्त मात्रामा उत्पादन गर्न सक्दैन । अलग–अलग मानदण्डका आधारमा गरिएको अध्ययनमा ६ देखि १६ प्रतिशत महिलाहरु जेस्टेशनल डायबिटीजबाट पीडित हुन सक्ने सम्भावना देखिएको छ ।

गर्भवती महिलाले यसबाट जोगिन आफ्नो डाइटलाई नियन्त्रणमा राखेर सुगर लेवललाई नियन्त्रित राख्नु पर्दछ । यसका साथै इन्सुलिनको प्रयोगबाट यसलाई टाइप २ डायबिटीजमा परिणत हुनबाट रोक्न सकिन्छ ।
डायबिटीजका लक्षण के–के हुन् ?

१) तिर्खा बढी लाग्नु

२) सामान्य अवस्थामा भन्दा बढी पिसाब लाग्नु (विशेष गरेर राति)

३) थकान महसुस

४) प्रयास बिना नै तौल घट्न

५) मुखमा छाला निस्कनु

६) दृष्यशक्ति कमजोर हुनु

७) घाउभरिन समय लाग्नु

ब्रिटिश नेशनल हेल्थ सर्भिसका अनुसार टाइप १ डायबिटीजको लक्षण सानै उमेरमापनि देखिन सुरु हुन्छ । टाइप २ डायबिटीज युवा अवस्थाका मानिसहरु (दक्षिण एशियाली नागरिकका लागि २५ वर्षको उमेरमा) परिवारका कोही सदस्य डायबिटीजबाट पीडित हुँदा र दक्षिण एशियाली देशहरु, चीन, एफ्रो–क्यारेबियन, अफ्रीकाबाट आउने अश्वेतलाई यो रोग हुने खतरा बढी हुन्छ ।

के डायबिटीजबाट बच्न सकिन्छ ?

डायबिटीज वंशाणुगत र पर्यावरणीय कारणहरुमा आधारित हुन्छ । तर तपाईंले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गरेर आफूलाई डायबिटीजबाट जोगाउन सक्नुहुन्छ । र सन्तुलित आहार तथा व्यायाम गरेर ग्लुकोज नियन्त्रण गर्न सकिन्छ ।
त्यस्तै यसको सट्टामा तपाईले आफ्नो दैनिक आहारमा सागपात, फलफूल, र साबुत अनाज समावेश गर्न सक्नुहुन्छ । यसका साथ–साथ स्वस्थकर तेल, बदामका साथ–साथ सार्डाइंस, सालमन र मेकेरल जस्ता माछालाई पनि आफ्नो आहारमा समावेश गर्न सकनुहुन्छ । किनकी यसमा ओमेगा ३ तेलको मात्रा अत्यन्त धेरै हुन्छ । शारीरिक व्यायामबाट पनि ब्लड सुगर लेवल कम गर्न सकिन्छ ।
ब्रिटिश नेशनल हेल्थ सिस्टमका अनुसार मानिसले एक हप्तामा झण्डै अढाई घण्टा एरोबिक्स एक्सरसाइज गर्न आवश्यक छ । जसमा तीव्र गतिमा हिड्नु र सिढीमा चढ्नु पनि पर्दछ । तपाईको शरीरको तौल नियन्त्रणमा भए तपाईले ब्लड सुगर लेवललाई सहजै कम गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्