गाईघाटका युवा उखुको व्यापारप्रति आकर्षित

गाईघाटका युवा उखुको व्यापारप्रति आकर्षित

गाईघाट, मङ्सिर १८ गते । यहाँका केही युवा उखुको व्यापारमा आकर्षित भएका छन् । चिसो मौसममा पनि उखु खाने उपभोक्तामा कुनै कमी नआएपछि ग्रामीण क्षेत्रका युवामा उखुको व्यापारप्रति आकर्षण बढेको हो ।
गाउँका किसानले उत्पादन गरेको उखु बारीमै गएर आपूmहरूले ठेक्का लिने र हरेक दिन बजारमा लगेर बिक्री गर्ने गरेको त्रियुगा नगरपालिका ४ बगाहा गाउँका उखु व्यवसायी विजय नेपालीले बताउनुभयो ।

किसानको बारीमा गएर पाँच सयमा किनेको उखु बजारसम्म पु¥याउँदा एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेपछि आपूmलगायत गाउँका अन्य युवा उखु व्यापारमा लागेको नेपाली बताउनुहुन्छ ।
जाडो महिनामा उखु खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । त्यसैले उखुका उपभोक्ताको सङ्ख्या बढेसँगै आपूmहरूको दैनिक आयमा समेत वृद्धि भएको र यसबाट यहाँका उखु व्यवसायी थप उत्साहित बनेको उहाँको
भनाइ छ ।

नगदे बालीका रूपमा रहेको उखु व्यापारबाट वार्षिक तीन लाखभन्दा बढी आम्दानी हात पार्ने गरेको बताउँदै ऋण काढेर दलाललाई पैसा खुवाएर विदेशिनुभन्दा आफ्नै गाउँघर घुमेर उखु व्यापार गर्नुमा नै आफू सन्तुष्ट रहेको अर्का व्यवसायी चौदण्डीगढी नगरपालिका १० हडियाका हरिनारायण चौधरीले बताउनुभयो ।ukhu_3
जिल्लाको हडिया, सुन्दरपुर, बेल्टार, जोगीदह र बसाहा गाउँका कृषकले उत्पादन गरेको उखु घरघरमै पुगेर प्रतिलाँक्रा २० देखि ३० रुपियाँसम्मको मोलमोलाइमा ठेक्का लिएर विगतमा डोकोमा हालेर साइकलमार्फत गाईघाट बजारसम्म ल्याएर बिक्री गर्ने गरेकामा यस वर्षदेखि अझ सजिलो ई–रिक्साबाट ढुवानी गर्न थालिएको त्रियुगा नगरपालिका १ जोगिदहका उखु व्यवसायी फिरन सदाको भनाइ छ । ३० रुपियाँमा गाउँघरमा खरिद गरेको उखु बजारमा ६० देखि ७० रुपियाँसम्ममा बिक्री हुने गरेको र यसबाट सोचेभन्दा बढी नै आम्दानी हात पर्ने हुँदा यस वर्षदेखि गाईघाट बजारमा उखु व्यापार गर्ने व्यापारीको सङ्ख्यामा वृद्धि भएको छ ।

अघिल्लो वर्षसम्म चार÷पाँच जना व्यवसायी मात्रै रहेकोमा यस वर्षदेखि दर्जनको सङ्ख्यामा उखु व्यवसायी भएको र गत वर्ष १५ रुपियाँमा पाइने गरेको उखुको मूल्य बढेर यसवर्ष ३० रुपियाँसम्म पुगेको त्रिनपा ५ का अर्का व्यापारी रामेश्वर चौधरी बताउनुहुन्छ । उहाँका अनुसार मुनाफा राम्रो हुने भएकै कारण व्यापारीको सङ्ख्यासँगै उखुको मूल्य बढेको हो ।
उखु व्यापारबाट आएको मुनाफाले छोराछोरीको पढाइ खर्चदेखि घर व्यवहारको आर्थिक गर्जो टार्न मात्र नभई मासिक २० हजारभन्दा बढी नै रकम बचतसमेत हुने हुँदा शारीरिक रूपले सकुन्जेल आफूहरू यो व्यापार नछोड्ने व्यापारीहरू बताउँछन् ।

उखु बिक्रीको कुनै समस्या नरहेको बताउँदै अर्का व्यापारी रामकृष्ण चौधरीले भन्नुभयो, गाईघाट बजारमा माल पु¥याउनु मात्र पर्छ एकैक्षणमा सबै बिक्री हुने गरेको भन्दै प्रतिगोटा ३० रुपियाँका दरले तीन हजारमा किसानसँग किनेको सय लाँक्रा कालोज्ञावरा जातको उखु टुक्रा पारेर बिक्री गर्दा नौ हजारभन्दा बढी रकम हात पार्न सकिने भएकाले आफू यो व्यापारबाट ज्यादै सन्तुष्ट रहेकोे बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्