नेपालको सडक यात्रा जोखिमपूर्ण : बढ्दैछ सडक दुर्घटना

नेपालको सडक यात्रा जोखिमपूर्ण : बढ्दैछ सडक दुर्घटना

देवबहादुर कुँवर

काठमाडौं, पुस ९ गते । देशका विभिन्न भाग हुने गरेका सवारी दुर्घटनाको खवर सुन्ने वित्तिकै सामाखुशीका ६५ वर्षीय रामचन्द्र तिवारीलाई खाना रुच्नु त परैजाओस रातभर निद्रा पनि पर्दैन ।  पुख्र्याैलीघर झापाबाट दशै मनाएर राजधानी फर्किदै गरेका दुई सन्तान (छोरा) बस दुर्घटनामा परी त्रिशुलीनदीमा विलय भएको १० वर्ष वितिसक्दा पनि तिवारी दम्पतीलाई त्यो दर्दनाक पिडाले छोडेको छैन ।

‘सन्तान जन्माउन र हुर्काउन कति दुख गरियो वखान गर्नुको अर्थ छैन,’ उहाँ भन्नुहुन्छ–तर, दुर्घटनाले वेसाहारा बनाई दियो । तिवारी दम्पतीका लागि बुढेसकालको सहारा के कस्तो होला भन्ने लागेको छ ।
त्यस्तैं, पीडाबाट विक्षिप्त हुनुहसन्छ, कैलाली लम्की घरभई हाल नेपालटार बस्दै आएकी मानमति शाही । उहाँले पनि सवारी दुर्घटनामा केही वर्ष अघि श्रीमान् दुई छोरा र एक छोरी गरी चारजना गुमाउनु प¥यो ।

जेठो छोराको अमेरिकाको लागि अध्ययन भिषा लागेपछि पहाडमा रहेका आफन्तलाई भेटघाट गरी भीमदत्त राजमार्ग हँुदै कैलाली फर्किने क्रममा बस दुर्घटना हुँदा चारैजनाको एकै चिहान भएको पीडा उहाँले सुनाउनु भएको हो ।
बढ्दो सवारी दुर्घटनाका कारण तिवारी दम्पती र मानमतिकै जस्तो दुख र पिडा भोग्नेहरूको संख्या दिनप्रति दिन थपिदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्त भन्नुहुन्छ,‘दुर्घटनाले सिंगो घरपरिवार नै सखाप बनाएको घटना छन् । ’

‘दुर्घटनामा सन्तान गुमाएर बा–आमा वेसहारा मात्र होइन धेरै बालबालिकालाई टुहुरो बनेका छन्, नव विवाहित नारीको सिँउदो पुछिएका घटना ताजै छन् ’ उहाँले थप्नुभयो,‘तर, के गर्ने कानुन लाग्ने भए कारवाही गथ्यौं ।’
उहाँका अनुसार, केहीवर्ष यता भएका सवारी दुर्घटनामा मर्नेहरूमा युवकहरूको संख्या अधिक रहेको छ । १६ देखि २८ वर्ष उमेरका युवाहरू बढी दुर्घटनामा पर्ने गरेका छन् । यही मङसिर महिना यता भएका सवारी दुर्घटनामा उक्त उमेर समूहका युवाहरुको मृत्यु बढी देखिन्छ ।

डडेलधुराको रडुवाखोला, नुवाकोटको दुप्चेश्वर घ्याङडाडा, दाङको राम्री भएको ठूलो सवारी दुर्घटना र राजधानीमा हुने मोटरसाइकल दुर्घटनामा मर्नेहरुमा पाको उमेरको भन्दा १६ देखि ३५ वर्ष उमेर समूहका बढी छन् ।
महाशाखा प्रमुख पन्तका अन्ुसार, यो उमेर समूहका युवाहरू दुर्घटनाप्रति सचेत भएपनि अटेरी हुन्छन् । उनीहरु सुरक्षित यात्राभन्दा पनि रमाइलो गर्नु प्रति बढी लालायित हुन्छन् । युवा जोश हुने भएकाले बसको सिटमा होइन, हुँट वा छतमा बस्न रुचाउछन् ।

सवारी दुर्घटनाका विभिन्न कारणहरु मध्ये सडक, सवारी र चालकलाई मुख्य रुपमा लिने गरेको छ । यसमा पनि चालकलाई बढी जिम्मेवार मान्ने गरेको पाइन्छ । प्रहरीका पूर्व डिआइजी केशव अधिकारी यात्रुको लापरवाही पनि दुर्घटना मुख्य कारण बन्ने गरेको बताउनुहुन्छ ।

यात्रुमात्र सचेत भइ दिने हो भने ५० प्रतिशत सवारी दुर्घटना नियन्त्रणा आउने भनाई विज्ञहरूको छ । यात्रु सचेत हुँदा चालकले पनि लापरवाही गर्न पाउदैन, मदिरा सेवन गर्दैन, क्षमताभन्दा बढी लोड हुदैन र गतिमा नियन्त्रण हुन्छ ।
ट्राफिक महाशाखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷७३ देखि चालु आर्थिक वर्ष सवारी दुर्घटनाको तथ्याङले दुर्घटना प्रत्येक वर्ष बढी रहेको छ भने मर्नेको संख्या पनि त्यतिकै रहेको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा पाँचहजार पाँचसय रहेको सवारी दुर्घटनाको संख्या २०७४÷७५ मा एकहजारले बढेको छ । यो तथ्याङ्क काठमाडौं उपत्यकाको मात्र हो । गत साउन महिनायता काठमाडौंँ उपत्यका एकसय १५ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

पीडितहरुले सवारी दुर्घटनालाई ‘विपद’को रुपमा राख्नु सरकारसँंग आग्रह गरेका छन् । दुर्घटनामा संलग्न चालक तथा सवारी साधन फरार हुने र सवारी धनीले घाइतेको उपचारमा आनाकानी गर्ने भएकाले उद्धार तथा उपचारका लागि सरकारी पहल आवश्यक रहेको भनाई उनीहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्