रवी आधारभुत विद्यालय जहाँ दलित बालबालिका मात्र पढ्छन्, नयाँ भवन पछि विद्यार्थीमा खुसी

रवी आधारभुत विद्यालय जहाँ दलित बालबालिका मात्र पढ्छन्, नयाँ भवन पछि विद्यार्थीमा खुसी

विराटनगर, १४ पुस ।
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको एउटा बिद्यालय हो, रवि आधारभुत बिद्यालय । विद्यालयको मुख्यद्धारबाट छिर्ने बितिकै दायाँपट्टी फुलवारी बनाउन खोजिएको छ । वायाँपट्टी एउटा पुरानो घर अनी अलिक पर एउटा चिटिक्क परेको नयाँ भवन भर्खरै बनेको छ । यही बिचमा निर्माण पुरा भएको यो भवनको उद्घाटन भने भईसकेको छैन ।
२०४५ सालमा स्थापना भएको यस बिद्यालयमा सबै दलित बालबालिका मात्र अध्ययन गर्दै आएका छन् । कक्षा ७ सम्म पढाई हुने भएकाले स–साना बालबालिका मात्र बिद्यालयमा देखिन्छन् । शुरुका दिनमा गाउँमा बिद्यालय नहुँदा झोराहाट पुग्न टाढा हुने भएकोले स्थानीय सरदार समुदायका केही ब्यक्ति मिलेर बिद्यालय संचालनको योजना बनाए ।
अहिलेको बिद्यालय भएको ठाउँमा त्यो बेला बाँसघारी थियो । त्यही बाँसघारी फाँडेर बिद्यालय निर्माणको काम शुरु भएको हो । यसरी बिद्यालय बनाउनु पर्छ भन्ने २–४ जना मात्र थिए । गाउँका करिब २०–२२ जना बालबालिका भेला पारेर २०४५ सालमा विद्यालय संचालनाको अबधारणा अघि सरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रकुमार सरदारले बताए ।
त्यो बेला गाउँका कोही पनि बिद्यालय नजाँदा गाउँमा निक्कै समस्या थियो त्यो समस्या समाधानको लागि शिक्षा नै पहिलो आधार भएकोले आफुहरु बिद्यालय निर्माणमा लागेको सरदारले बताए । शुरुमा विद्यालयको अबस्था बाँसको बेरा र प्लाष्टिकको छानोमा संचालनमा थियो । त्यसपछि रेडक्रसले बनाएको टीनको छानो भएको भवन २०७२ सालमा आएको भुईँचालोले भत्काएपछि बालबालिकाले त्यही भत्किएको घरभित्र बसेर पढ्नु पर्ने अबस्थामा पुगे । पठन पाठनमा समस्या भएको कुरा बिद्यालयका प्रधानाध्यापकलाई मात्र हैन बिद्यालय ब्यवस्थापन समितिलाई पनि थियो । तर भवन बनाउने कसरी भन्ने चिन्तामा बिद्यालय ब्यवस्थापन समिति देखिएको छ । झण्डै २ बर्षसम्म भत्किएको भवनमा बसेर पढेका बालबालिकाहरु अब भने नयाँ भवनमा पढ्न पाउने छन् । अहिले यस विद्यालयमा २६० जना  विद्यार्थी अध्ययन गर्दै अाएका छन्  ।
यसरी बन्यो नयाँ भवन
जिल्ला शिक्षा कार्यालय देखि बिभिन्न सांघ संघ संस्थासम्म बिद्यालयको समस्या सुनाउँदै हिँडेको बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थमपन समितिले कतैबाट पनि श्रोत नपाएपछि त्यही ग्रामथान गाउँपालिकामा काम गर्दै आएको एमडिएमएस मार्फत वल्र्ड भिजनसम्म त्यो कुरा पु¥यायो । वल्र्ड भिजनबाट आएका ३ जनाको समुहले आएर बिद्यालयको अबस्थाको बारेमा जानकारी लियो । पुरानो भवन भुकम्पका कारण भत्किएको थियो । टिनमा खिया लागेको थियो । करिब ४ पटक अनुगमन आएपछि मात्र बिद्यालयमा भवन बनाउने बिषयमा दातृ निकाय भवन निर्माणमा सकारात्मक देखिएको बिद्यालयका प्रधानाध्यापक जीतेन्द्र सरदारले बताए ।
करिब ६१ लाख लाग्ने अनुमान गरिएको बिद्यालयको २ कोठे भवन सहित शौचालय बनाउने काम ५१ लाख सकिएको हो । जोशिला संकल्प कन्ष्ट्रक्सनले निर्माण शुरु गरेको करिब ६ महिनाको अबधिमा बिद्यालयले खोजेको जस्तै भवन निर्माण भएको प्रधानाध्यापक सरदारले जानकारी दिए ।
बिद्यालय भवन सँगै शौचालय पनि निर्माण भएको छ। बालमैत्री, बालिका मैत्री र अपाङग मैत्री शौचालय बनाईएको छ । यहाँको भवन तथा शौचालय निर्माणको फाईदा बिशेषगरी स–साना बालबालिकालाई तथा अपाङ्गता भएका बालकलाई भएको छ । ह्वील चियरमा बिद्यालयमा आउने बालबालिकालाई पनि नयाँ निर्माण भएको भौतिक पुर्बाधारले सहज बनाएको उनको भनाई छ ।
भवन निर्माण भएसँग बिद्यालयको ब्यवस्थापन समिति भने थप बिद्यालयलाई कसरी सुन्दर बनाउने भन्ने पक्षमा देखिएको छ । दलित मात्र अध्ययन गर्ने यस छात्र भन्दा बढी छात्रा रहेका छन् । विद्यालयको आयश्रोत नै नभएको अबस्थामा आर्थिक अबस्था कमजोर भएका दलित बालबालिकाको पक्षमा संघ संस्थाले सहयोग प्राप्त हुनुले बिद्यार्थीलाई सहज भएको प्रधानाध्यापक सरदार बताउँछन् ।
बढ्दै बिद्यार्थी
यस बिद्यालयमा प्रधानाध्यापक पनि दलित समुदायकै रहेकोले बिद्यालयलाई बनाउनको लागि कम्मर कसेर लागेका छन् । एक त बिद्यालयमा अपाङग मैत्री, किशोरी मैत्री, अनि बालकका लागि छुट्टै शौचालयसँगै खानेपानीको ब्यवस्थापन भएको छ । बिद्यालयमा सरसफाईको बारेमा सिकाईएका छन्, भत्किएको पुरानो भवनलाई बालमैत्री तथा अपाङ्ग मैत्री बनाईँदा बिद्यालय छाड्ने बालबालिका नियमित बिद्यालय आउन थालेको बिद्यालयकी शिक्षक कविता भट्टराई लुईँटेल बताईन् । त्यस्तै बिद्यालयले बिदालयको पठन पाठन सुधारको लागि अभिभावक, बिद्यार्थी, बिद्यालय ब्यवस्थापन समिति र शिक्षकहरुको लागि छुट्टा छुट्टै आचारसंहिता बनाएर होर्डिङर्डमै टाँसेर सबैलाई आचार संहितामा बाँधिएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्