विराटनगरकाे विष्णुमाया पुस्तकालयको नमुना काम, विद्यार्थीलाई पढाउनेदेखि ई–लाईब्रेरीसम्म

विराटनगरकाे विष्णुमाया पुस्तकालयको नमुना काम, विद्यार्थीलाई पढाउनेदेखि ई–लाईब्रेरीसम्म

विराटनगर, १४ पुस । विराटनगरमा रहेको जनता नमुना माध्यामिक बिद्यालय बिद्यार्थी शिवशंकर शर्मा हरेक दिन बिहान विष्णुमाया पुस्तकालयमा भेटिन्छन् । उनको दैनिकी हरेक दिन बिद्यालयमा जानु भन्दा पुस्तकालयमा आउँदा फाइदा हुने उनको बुझाई छ । बिहान ६ बज्न भन्दा पहिला नै आउने उनीजस्ता धेरै बिद्यार्थी छन् यो पुस्तकालयमा । यो बर्ष मात्र ३१ जना बिद्यार्थी पुस्तककालय नियमित धाउँदै छन् । हरेक दिन विहान विद्यालय गएको जस्तोगरी पुस्तकालय जाने उनीहरु पुस्तकालयमा भएको पुस्तक पढ्को लागि हैन आफ्नो नियमित कक्षाको बिषय अध्ययनका लागि जाँदै आएका छन् । यसरी यहाँ धाउनेमा बिद्यालयमा नियमित पढ्ने तथा आर्थिक अबस्था कमजोर भएकाहरु मात्र रहेका छन् । उनीहरु हरेक दिन बिहानै आउने अनी ६ बजे देखि साढे ८ बजेसम्म नियमित कक्षा लिने र घर फर्कने गरेका छन् ।
पुस्तकालयले निशुल्क बिद्यार्थीलाई पढाउँछ भन्ने थाहा पाएर आएका बहिरा बिद्यार्थी शुसान्त क्षेत्री पढाईबाट निक्कै नै प्रभावित भएका छन् । सांकेतिक पढाई नहुने भएपनि साथिहरुको सहायताले आफुले धेरै सिक्ने गरेको उनको बुझाई छ । अहिले उनीजस्ता यहाँ ४ जना यसैगरी साथिभाईको सहयोगमा सिक्दै आएका छन् । सुनिल खनाल, नितेश मेहता, पारस थापा र शुसान्त क्षेत्री सूस्त श्रवण भएका बहिरा बिद्यार्थी हुन् । पुस्तकालयमा आएका उनीहरु सबै एसईई परीक्षाको लागि तयारीमा रहेका बिद्यार्थीहरु हुन् ।
विराटनगरमा रहेको पुरानो पुस्तकालय मध्येको एक विष्णुमाया पुस्तकालयले ट्युशन पढ्न नसक्ने तथा आर्थिक अबस्था कमजोर भएका बिद्यार्थी लक्षित कोचिङ कक्षा संचालन गरेको हो । बिद्यालयहरुले कोचिङको नाममा रकम लिने भएपछि त्यो रकम पनि तिर्न नसक्ने बालबालिकालाई लक्षित गरी हरेक बिद्यालयलाई पत्र काटेर बिद्यार्थी पठाउन आग्रह गरिएपछि विद्यालयले छनौट गरेका बिद्यार्थीहरुलाई पुस्तकालयले निःशुल्क शिक्षा प्रदान गरेको पुस्तकालयले जनाएको छ ।पुस्तकालय सामुदायिक भवनका अध्यक्ष दामोदर प्रसाद घिमिरेले आर्थिक अबस्था कमजोर भएर अतिरिक्त कक्षा लिन नसक्नेहरुको लागि पुस्तकालयले निःशुल्क पठन पानठनको ब्यवस्था मिलाएको बताए । यसरी कक्षा संचालन गर्नको लागि समिति नै बनाईएको छ । बि. सं. २०७२ सालबाट पुस्तकालयले शुरु गरेको यो अभियानको संयोजनको काम प्रध्यापक चन्द्र उपाध्यायले गर्दै आएका छन् । पोखरीया, जनता र राधाकृष्ण माध्यामिक बिद्यालयलाई आग्रह गरियो त्यसैको आधारमा विद्यालयहरुले पनि विद्यार्थी पठाएपछि पुस्तकालयले शिक्षक खोजेर पठनपाठन गर्दै आएको संयोजक उपाध्यायले जानकारी दिए । पठन पाठनको क्रममा बिद्यार्थीलाई अंग्रेजी, गणित र विज्ञान बिषय अध्ययन गराईएको भएपनि बिद्यार्थीको माग अन्य बिषयमा पनि भएकोले ८ वटै बिषयमा अध्यापन गराउने गरिएको शिक्षक ओमप्रकाश दाहालले बताए । पुस्तकालयले पुस २ गतेदेखि शुरु भएको कक्षा तीन महिनासम्म संचालन गर्नेछ । यसरी पढाउने शिक्षकमा ओम प्रकाश दाहाल, दिलिप कोईराला, विजय मेहता, चन्द्र उपाध्याय, दिनेश ढुङ्गाना र सकुन्तला भट्टराई रहेका छन् । 
भिख मागरेर विद्यार्थी शिक्षा

हरेक बर्ष ३० देखि ४० जनालाई निशुल्क पढाउने पुस्तकालयको आफ्नै आम्दानी भने छैन । केही सटरभाडाबाट उठेको रकमबाट आन्तरिक ब्यवस्थापनको काम गरेको भएपनि बिद्यार्थीलाई अध्ययन गराउने शिक्षकहरुको लागि टोकन मनीको रुपमा केही रकम दिँदै आएको छ ।
हरेक महिना ५ हजारको दरले ३ महिनासम्म ६ जना शिक्षकलाई मासिक ३० हजार खर्च गर्नुपर्ने हुन्छ । त्योरकम कहाँबाट जोहो गर्ने भन्ने चिन्ता हुँदा हुँदै पनि बिभिन्न क्षेत्रका दातृ संघ संस्थालाई आफ्ना कुरा सुनाउने र भिख मागेर उनिहरुलाई शिक्षा दिन पाउँदा निक्कै खुसी लाग्ने गरेको सामुदायिक भवनका अध्यक्ष घिमिरे सुनाउँछन् । २०७२ साल देखि हरेक बर्ष भिख मागेर नै कमजोर बिद्यार्थीलाई शिक्षा दिने गरिएको उनको भनाई छ ।
यस्तो पुस्तकालय
विराटनगर महानगरपालिका, १ पोखरियामा रहेको बिष्णुमाया पुस्तकालय ई–लाइब्रेरीमा परिणत भएको पुस्तकालय हो । २०२४ सालमा स्थापना भएको पुस्तकालयलाई २०७५ साउनदेखि ई–लाइब्रेरीमा रुपान्तरण गरिएको हो । ई–लाइब्रेरीमा परिणत भएपछि बिष्णुमाया पुस्तकालयमा विदेशमा रहेका नेपाली समेत सदस्य बन्ने क्रम बढेको पुस्तकालयका अध्यक्ष केशव गौतमले बताए । 

अहिले नेपालबाट भन्दा पनि बिदेशबाट सदस्य बन्ने तथा अध्ययन गर्नेको संख्या धेरै रहेको उनको भनाई छ । यसरी सदस्य बन्नेहरुमा रुस , अमेरिका , अष्टे«लिया, जर्मनी , क्यानडा , जापान लगायत एक दर्जन बढी देशमा बस्ने ५० भन्दा बढी नेपालीहरु ईल–लाइब्रेरीको सदस्य बनिसकेका छन् । ई–लाइब्रेरी स्थापनका लागि महायज्ञको आजोजना गरिएको थियो । महायज्ञमा संकलित एक करोड २५ लाख रुपैँया र स्वच्छिक दानबाट ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको हो । अहिले पुस्तकालय सुबिधा सम्पन्न पुस्तकालयको रुपमा अगाडी बढ्ने क्रममा रहेको छ ।
नमुना अध्यन केन्द्र 
बिष्णुमाया सामुदायिक भवन समिति अध्यक्ष दामोदर प्रसाद घिमिरेले पुस्तकालयलाई नमुना अध्ययन केन्द्रको रुपमा विकास गर्न लागिएको बताए । विष्णुमाया पुस्तकालय र सामुदायिक भवनलाई नमुना अध्ययन र सेवा केन्द्र बनाउने कामलाई तिब्र बनाईएको उनको भनाई छ । पुस्तकालयमा सुबिधा सम्पन्न सेमिनार हल र परिसरमा १२ वटा कोठाहरु निर्माण भईसकेको छ ।

यसैगरि जेष्ठ नागरिक ग्रीन सेवा र सेवा मुलक सहकारी संचालन समेत पुस्तकालयले काम शुरु गरिसकेको छ । हरेक दिन २ बजेपछि पुस्तकालयमा जेष्ठ नागरिक भजन किर्तन गर्ने मात्र हैन एक आपसमा दुःख बिसाउने चौतारीको रुपमा लिँदै आएका छन् । पुस्तकालयले विगतदेखि नै अध्ययन, स्वास्थ्य उपचार तथा अन्य कार्यका लागि आउने सर्वसाधारणलाई निःशुल्क बास र खानाको व्यवस्थासमेत गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्