खुल्ला रुपमा दुध बेच्न नपाउने निर्देशिकाको बिरोधमा डेरी ब्यापारी,आन्दोलन गर्ने चेतावनी

खुल्ला रुपमा दुध बेच्न नपाउने निर्देशिकाको बिरोधमा डेरी ब्यापारी,आन्दोलन गर्ने चेतावनी

प्रेम देवान ।
विराटनगर, १३ फागुन । खुला रुपमा बेच्दै आएको दुध तथा दुग्धजन्य पदार्थ बेच्न सरकारले रोक लगाउन लागेको भन्दै डेरी व्यावसायीहरुले विरोध गर्ने जनाएका छन् ।

नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले दुध र दुधजन्य पदार्थको नयाँ निर्देशिका २०७५ कार्यान्वयनमा ल्याइएसंगै चैत ४ गतेदेखि बन्द गराउने चेतावनी दिएका छन् । सरकारले ल्याएको यस्तो निर्देशिका बनाउँदा किसान सहकारी संस्था डेरी पसल र उपभोक्ता विच समन्वय नगरी ल्याएको निर्देशकिाले आफूहरुको रोजिरोटि खोसिने व्यावसायीहरुको गुनासो छ ।
नेपाल सरकारले निर्देशिकामा सर्वसाधण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न दुध तथा दुग्धजन्य उत्पादनदेखि उपभोगको चरणसम्म स्वच्छता एवम् उचित स्तर कायम राख्न वान्छनिय भएकाले खाद्य नियमावली २०२७ को नियम ३३ (क) ले दिएको अधिकारको प्रयोग गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो निर्देशिका जारी गरेको छ ।
सरकारले संरक्षण गर्नुपर्नेमा निर्देशिकाको नाममा डेरी व्यावसायीलाई चौपट पार्न खोजिएको भन्दै तत्काल जारीको निर्देशिका कार्यान्वय नगर्न समेत डेरी व्यावसायीले माग गरेका छन् । प्रत्येक डेरी पसलले ३ देखि २५ लाखसम्म र कुल ४० करोड भन्दा बढी डेरी पसलमा लगानी गरेको व्यावसाय डुब्ने भएपछि जारी निर्देशिका तत्काल आफूहरुलाई मान्य नहुने डेरी व्यावसायी संघ विराटनगरका अध्यक्ष मजोज भुजेलले बताए ।
हाल विराटनगर भित्र दैनिक ८ हजार लिटर दुध बिक्री हुदै आएको भने ५६ हजार लिटर ताजा दुध डेरी पसलहरुबाट विक्रि विरतण हुदै आएको उनले जानकारी दिए ।
निर्देशिका बनाउँदा आफूसँगहरुलाई यसबारे कुनै जानकारी नगराई निर्देशिका ल्याएको र धेरैलाई यसबारेमा जानकारी नभएको डेरी व्यावसायीले बताएका छन् । विराटनगर भित्र मात्रै २ सय ४५ वटा डेरी रहेका छन् भने दैनिकी १ सय लिटर देखि ५ सय लिटर सम्म दुग्ध जन्य पदार्थ वितरण प्रति डेरीले गर्दै आएको डेरी व्यावसायी संघका सचिव विवेक कट्वालले जानकारी गराए ।
अनुज्ञापत्र नलिइ ब्यवसाय संचालन गरेका र जथाभावी भारतबाट दुध ल्याएर चोक चोकमा गाईको दुध भनि बेच्नेलाई कारबाही गरिनु गर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्