नेपालका नदीमा पानीजहाज: प्राविधिक अध्ययन तत्कालै सुरु गर्ने सहमति

नेपालका नदीमा पानीजहाज: प्राविधिक अध्ययन तत्कालै सुरु गर्ने सहमति

भउचप्रसाद यादव

काठमाडौँ, फागुन २५ गते । नेपाल तथा भारतका अधिकारीहरूले नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन तत्कालै सुरु गर्न सहमति जनाएका छन् । जलमार्गबाट नेपाल भारतबीच नयाँ सम्पर्क स्थापना गर्ने विषयमा प्राविधिक पक्षबारे छलफल गर्न नेपाल र भारतका अधिकारीको काठमाडौँमा सम्पन्न दुईदिने संयुक्त बैठकले यस्तो निर्णय गरेको हो
बैठकमा नेपालको तर्फबाट सहभागी ऊर्जा आयोगका सहसचिव तथा जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासेले अब प्राविधिक अध्ययन तत्कालै सुरु हुने बताउनुभयो । दुई दिन कोसी र नारायणी नदीको स्थलगत अध्ययनपछि काठमाडौँमा बिहीबार सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको छ ।pani jahaj

बैठकले नेपाल तथा भारत बीचमा ‘इनल्यान्ड वाटर–वे’ को सम्भावना तथा विकासको सम्बन्धमा विभिन्न निर्णय गर्नुका साथै भारतले हाल गङ्गा नदीमा विकास गरिरहेको जल यातायातबाट नेपालले तत्काल लाभ लिनसक्ने गरी नेपाल भारतबीच सन् १९९९ मा भएको पारवहन सन्धिमा संशोधन गरी थप तीनवटा मार्ग संलग्न गर्न तथा चारवटा मार्गलाई संशोधनका लागि सिफारिस गर्न दुवै देशबीच सहमति भएको छ ।
थप हुने पहिलो मार्गमा कोलकाता÷हल्दिया साहिबगञ्ज, साहिबगञ्ज–मरिहारीः मरिहारी–जोगबनी÷विराटनगर रहेको छ । त्यसैगरी दोस्रो मार्गमा कोलकाता÷हल्दिया–साहिवगञ्जः साहिबगञ्ज भागलपुर–जोगबनी÷विराटनगर परेको छ । त्यस्तै तेस्रो रुटमा कोलकाता÷हल्दिया–कालुघाट, कालुघाट रक्सौल÷विराटनगर सडक रहेका छन् ।
त्यसैगरी, संशोधनका लागि सिफारिस भएका थप मार्गमा कोलाकता÷हल्दिया–साहिबगञ्ज, साहिबगञ्ज–मरिहारी, मरिहारी–पानीटङ्की÷काँकडभिट्टा परेको छ । दोस्रोमा कोलकाता÷हल्दिया–वराणसी, वाराणसी–सुनौली÷भैरहवा परेको छ भने तेस्रोमा कोलकाता÷हल्दिया–कालुघाट, कालुघाट–वाल्मिकीनगर÷गण्डक व्यारेज र चौथो रुटको रुपमा कोलकाता÷हल्दिया–साहिबगञ्ज, साहिबगञ्ज– भीमनगर÷कोशी व्यारेज रहेको जानकारी जलमार्ग अध्ययन समितिका संयोजक बेल्बासेले दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१८ को अप्रिल ६ देखि ८ सम्म भएको भारत भ्रमणको अन्त्यमा जारी भएको संयुक्त वक्तव्यको बुँदा ९ मा उल्लेख भएको ‘न्यु कनेक्टिभिटी विटविन इन्डिया एन्ड नेपाल थ्रो इनल्यान्ड वाटर–वेज’ को अनुसार नै दुई देशका प्रतिनिधि सहभागी संयुक्त टोलीको बैठकले उक्त निर्णय गरेको हो ।
संयोजक बेल्बासेका अनुसार, बैठकमा नेपालले भारतले गङ्गा नदीमा विकास गरिरहेको जल यातायात रुटमा नेपालमा दर्ता भएका पानीजहाज सञ्चालनको संभावना सम्बन्धमा प्रस्ताव राखेकोमा भारतीय पक्षबाट यस सम्बन्धी कानुनी प्रावधान अध्ययन गरी जानकारी गराउने बताएको थियो ।
त्यसैगरी, नेपालमा यातायात सञ्चालन गर्न प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा भारतमा यस्तो कार्यक्रम सञ्चालन गर्न काठमाडौँस्थित भारतीय राजदूतावाससँग छलफल गरी सम्भावना पहिल्याउने सहमति बैठकमा भएको थियो ।
संयुक्त वैठकको नेतृत्व नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासे तथा भारतको तर्फबाट ‘इनल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’ का उपाध्यक्ष प्रबिर पाण्डेले गर्नु भएको थियो । बैठकमा नेपालतर्फको टोलीमा विभिन्न मन्त्रालयका गरी १७ जना र भारतीय टोलीमा नौ जनाको सहभागिता थियो ।
यसअघि, मङ्गलबार र बुधबार सो संयुक्त टोलीले नेपालका कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनका क्रममा टोलीले नेपालमा पानीजहाज रोकिने ठाउँ (टर्मिनल) स्थानको खोजी पनि गरेको थियो । त्यसक्रममा टोलीले नेपालमा पानीजहाज रोकिने ठाउँ (टर्मिनल) को समेत खोजी गरेको थियो ।
संयुुक्त टोलीले कोशीमा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन गर्नुका साथै नेपालतर्फ जहाज रोकिने ठाउँ (टर्मिनल) निर्माणका लागि कोशी ब्यारेजको एक किलोमिटर दक्षिण हनुमान नगर क्षेत्रमा सम्भावित ठाउँका लागि अध्ययन गरेको जानकारी ऊर्जा, जल तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले दुईटै नदीको पानी, बालुवा र माटोको अवस्थाबारे समेत अध्ययन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्